Butwal Today

गुल्मी–२ मा दिउँसोदेखि गणना

५ मंसिर २०७९, सोमबार
अ+
अ-

बुटवल, ५ मंसिर ।

गुल्मी क्षेत्र नम्बर २ मा मंगलबार दिउँसोदेखि बल्ल मतगणना सुरु गरिने भएको छ । मतगणनाको लागि ११ बजे सर्वदलीय बैठक बसेपछि उक्त बैठकले संभवतः दिउँसोदेखि गणनाा सुरु गर्ने निर्णय गर्ने छ । । सबै क्षेत्रबाट मतपेटिका संकलन भैसकेकाले ११ बजेसम्म सर्वदलीय बैठक बस्ने भएको हो । निर्वाचन अधिकृत शिवबहादुर थापाले ११ बजे सर्वदलीय बैठकबसी मतगणना शुरु हुने बताएका छन् ।

गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेबाट गोकर्ण विष्ट र गठबन्धनबाट एकिकृत समाजवादीकी राम कुमारी झांक्रीबीच प्रतिस्पर्धा हुँदै छ।