Butwal Today

गुल्मीको भगवति माध्यमिक विद्यालयमा मतदान रोकियो

४ मंसिर २०७९, आइतबार
अ+
अ-

गुल्मी, ४ मंसिर ।

गुल्मीको क्षेत्र नं १ अन्तरगत कालिगण्डकी गाउँपालिका २ अर्बेनीमा रहेको भगवती माध्यमिक विद्यालयको क केन्द्रमा मतदान प्रकृया रोकिएको छ । निर्वाचन प्रक्रिया चलिरहेको अबस्थामा प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको मत पत्र दिने ठाउँमा प्रदेश सभाको प्रत्यक्ष तर्फको मत पत्र परेपछि निर्वाचन प्रक्रिया रोकिएको हो ।

त्यस्ता मत पत्र ५५ वटा रहेको बताईएको छ । निर्वाचन प्रक्रिया कसरी सुचारू गर्ने भन्ने विषयमा दलका प्रतिनिधिहरू विच छलफल भैरहेको मुख्य निर्वाचन अधिकृत बषन्तराज पौडेलले जानकारि दिएका छन् । २ लाख २३ हजार छ सय १५ मतदाता रहेको गुल्मीमा अहिलेसम्म ५५ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत पौडेलले जानकारी दिएका छन् ।

बुटवल टुडेको शैली तिमी भन्ने छ । सबै साथीहरुले शैली अपनाउनुहोला