Butwal Today

एमाले अध्यक्ष ओलीले गरे मतदान

४ मंसिर २०७९, आइतबार
अ+
अ-

काठमाडौं, ४ मंसिर ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मध्यान्ह १२ बजे मतदान गरेका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिकाको बालकोटमा रहेको मतदान केन्द्रबाट उनले मतदान गरेका छन् ।

उनले बालकोटस्थित महेन्द्र शान्ति विद्यालयको केन्द्रमा पुगेर मतदान गरेका हुन् । मतदान गरेपछि अध्यक्ष ओलीले एमालेले निर्वाचनमा बहुमत ल्याउने दावी गरेका छन् ।