ट्रेंडिंग:

>> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित

दाङको निर्वाचन तयारी सन्तोषजनक रहेको इन्सेकको निस्कर्ष

३ मंसिर २०७९, शनिबार
३ मंसिर २०७९, शनिबार

दाङ, २ मङ्सिर ।

यही मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका आवश्यक तयारी सन्तोषजनक रहेको अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले ठहर गरेको छ ।

निर्वाचनको पूर्व तयारी, आचारसंहिता पालना र मतदाताको मतदान गर्ने वातावरणको अवस्था बारे जानकारी लिन दाङ आएको इन्सेक केन्द्रीय प्रतिनिधि मण्डलले लुम्बिनी प्रदेशका सबै जसो जिल्लामा आयोगका तर्फबाट मतदाता शिक्षा अपेक्षित रुपमा हुन नसकेको जनाएको छ ।

इन्सेक लुम्बिनी प्रदेश प्रमुख भोला महतले रुपन्देही, कपिलवस्तु, दाङ, प्युठान र रोल्पा सहितका जिल्लामा निर्वाचनको तयारी सन्तोषजनक रहेको बताए । मानवीय त्रुटी र नीतिगत समस्या कही न कही भएपनि त्यो समाधान गर्न जरुरी रहेको औँल्याए । मतदान केन्द्रको तहगत सुरक्षा प्रदान गरिएको भएपनि मतदान स्थलमा हुन सक्ने असंगतिपूर्ण अवस्थाको जोखिममा विशेष ध्यान दिनुपर्ने उनको भनाई छ । खास मतदाताहरुमा निर्वाचनको महत्वसहित मतदाता शिक्षाको पहुँचमा लापरवाही भएको बताए । यसो हुनुमा संरचनागत र नीतिगत समस्या प्रमुख कारक मानिएको बताए ।

इन्सेक सदस्य शोभाकर बुढाथोकीले निर्वाचन कसरी सफल बनाउने भन्ने सवालमा अध्ययन, अनुगमनको पाटोमा निर्वाचन आयोगले काम गरिरहेको बताएपनि समग्र कामको अवस्थामा प्रश्न गर्न सकिने ठाउँ रहेको बताए । उनले अब मतदाता सचेतनामा परम्परागत शैली बदल्दै मतदाताको पहुँच र सुविधामा ध्यान दिनुपर्ने बताए । अहिले भौतिक उपस्थिति र प्रविधिको प्रयोगमा नागरिकको प्रभावकारीता हुने हुँदा त्यसतर्फ ध्यान दिन आवश्यक रहेको बताए ।

सो अवसरमा घोराही उपमहानगरपालिका उपप्रमुख हुमा डिसीले निर्वाचन प्रचारप्रसार, मतदान गर्दासम्मको अवस्थामा धेरै खालमा समस्या निम्तिने अवस्था आउनुका पछाडि कारण खोज्नुपर्ने बताइन् ।

छलफलमा प्रेस काउन्सिल सदस्य शरद अधिकारीले मतदान केन्द्रमा पर्यवेक्षणको जिम्मेवारी पाएकाले उचित दायित्व लिन सकेको अवस्थामा देखा पर्ने गरेका समस्या समाधान हुने बताए । निर्वाचन जहिले पनि निष्पक्ष, स्वतन्त्र र भयरहित भनिए पनि भयसहित हुने अवस्था आउने हुँदा त्यसतर्फ आचारसंहिता पालनामा ध्यान दिनुपर्ने बताए ।
नागरिक समाज दाङका संयोजक केबी मसालले विगतमा भन्दा अहिले दलहरुको प्रचारशैली सुधारिएको बताए पनि चुनावमा राजनीतिक दलका नजिकका बाहेक आम नागरिकहरुको चासो घट्दै गएको बताए । यसो हुनुको कारण पहिल्याउँदै मतदाताहरुमा उत्साह जगाउन जरुरी रहेको बताए । उनले मतदाता शिक्षा समय सापेक्ष हुने हुँदा नागरिकलाई सचेतना जगाउने काममा दलहरुको भुमिका हुनुपर्ने बताए ।

अधिकारकर्मी विकिरण गौतमले आचारसंहितामा प्रविधिको प्रयोग गर्दै दलहरूले उल्लंघन गरेको आरोप लगाए । पछिल्लो समय मतदाताहरुले मतदान गरेर के हुन्छ र भन्ने खालका अभिव्यक्ति दिने क्रम बढ्दै गएकाले जनताको बीचमा मत नहाल्दा यसको असर कस्तो पर्छ भन्ने विषयमा सचेतना बढाउँदै भ्रम चिर्न जरुरी रहेको बताए ।

जिल्लाको घोराही र तुलसीपुर कारागारमा रहेका कैदीबन्दीहरुलाई अस्थायी मतदान केन्द्र मार्फत मतदानको व्यवस्था मिलाईएको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले बताए ।

जिल्लामा कुल १ सय ५३ मतदान स्थल र ४ सय ६५ मतदान केन्द्र मध्ये १२ वटा अति सम्बेदनशील र १ सय ३० वटा मतदान स्थल सम्बेदनशील पहिचान गरिएको छ भने ११ वटा सामान्य पहिचान गरिएको छ । ४ लाख १९ हजार ९ सय २४ मतदाताले मतदान गर्न पाउने भएका छन् भने कारागारमा रहेका कैदीबन्दीहरुको लागि सोही ठाउँमा अस्थायी मतदान केन्द्र स्थापना गरी मतदान गर्ने व्यवस्था मिलाईएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?