ट्रेंडिंग:

>> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति 
निर्वाचन २०७९

रुपन्देहीमा १० निर्वाचन स्थल अपाङ्ग मैत्री

२ मंसिर २०७९, शुक्रबार
२ मंसिर २०७९, शुक्रबार

बुटवल, २ मंसिर ।

अपाङ्गता मैत्री निर्वाचन संरचना भएमा अपाङ्गता भएका व्याक्तिहरुका साथै अन्य सामान्य मानिसले समेत सहज रुपमा मताधिकार प्रयोग गर्न पाउने पाउँछन् । तर बजेट अभावको साथै अज्य विविध कारण देखाउँदै अपाङ्गता मैत्री निर्वाचन संरचना निर्माणमा आलटाल गरिदै आइएको छ । मंसिर ४ मा हुने प्रदेश सभा÷प्रतिनिधि सभा निर्वाचनको लागि रुपन्देहीमा १० वटा निर्वाचन स्थल अपाङ्गतामैत्री निर्माण गरिने भएको छ ।

दातृ निकायको सहयोगमा रुपन्देहीका विभिन्न स्थानमा रहेका १० वटा निर्वाचन स्थल अपाङ्गतामैत्री बनाउने गरी काम अगाडि बढेको अपाङ्गता अभियान्ता राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेशका निर्वतमान सदस्य सावित्रा घिमिरेले बताईन् ।

यसको लागि अपाङ्गतामैत्री निर्वाचन भौतिक संरचना पूर्णरुपमा कार्यान्वयन हुनको लागि १३ वटा विभिन्न सामग्रीको प्रयोग भएको हुनुपर्ने प्रवधान रहेको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ का लागि अपाङ्गता भएका व्यक्तिहरुका लागि पहुँचयुक्त मतदान केन्द्र अवधारणा पत्रमा नै नेपालको संविधानले प्रस्तावनामा नै बालिग मताधिकारको सुनिश्चितता गरेको छ । त्यसैगरी धारा ४३ मा प्रत्येक नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता हकको व्यवस्था अनुसार यो प्रकृतिको निर्वाचन संरचनाको अवाधारणा ल्याइएको हो ।

नेपाल अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी राष्ट्रसंघीय महासन्धिलाई सन् २००० मा अनुमोदन गरी पक्ष राष्ट्र पनि हो । यो महासन्धिले “अपाङ्गता भएका व्यक्तिहरुले अरु सरह समान रुपमा राजनीतिक अधिकार उपभोग गर्न पाउने व्यवस्था राज्य पक्षले प्रत्याभुत गर्ने छ” भनेको छ ।

यसमा निर्वाचन तथा मतदान प्रक्रिया एंव् निर्वाचन सामग्री अपाङ्गता भएका नागरिकहरुको लागि पहुँचयुक्त बनाउने, निर्वाचनका लागि उपयुक्त वातावरण बनाउने, सबै नागरिकले स्वतन्त्र किसिमले मताधिकार उपभोग गर्न पाउने सुनिश्चित गर्ने जस्ता कुराहरु पर्दछन् । नेपालको संविधानले नेपाल पक्ष राष्ट्र भएका अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरु कार्यान्वयन गर्ने व्यवस्था समेत उल्लेख गरेको छ ।

१३ वटा विभिन्न व्यवस्था अनुसार मतदानस्थलको भौतिक संरचनाको परिर्वतन र सहज पहुँचका साथै मतदान स्थलमा प्रयोग गरिएका विभिन्न समाग्रीहरु समेत अपाङ्गता भएका व्याक्तिहरुको अनुकुलन हुने गरी व्यवस्था गर्नुपर्ने कुरा उल्लेख भएको छ ।

ट्रान्सपरेन्ट मास्कः बहिरा तथा सुस्त श्रवण भएका मतदाताहरुले मतदानमा खटिने कर्मचारीहरुको बोली उनीहरुको ओठको चलाई हेरी बुझ्नको लागि व्यवस्था गर्नुपर्न उल्लेख छ ।

यस्तै अर्को शर्तमा सांकेतिक भाषासूचीः बहिरा तथा सुस्त श्रवण भएका मतदाताहरु र मतदानमा खटिएका कर्मचारीबीच सहज संवाद गर्नका लागि निर्वाचनको दिन मात्र प्रयोग गरिने शब्दावलीको सांकेतिक भाषा सहितको सूची राख्नुपर्ने उल्लेख छ ।

अभिमुखीकरणः सम्बन्धित मतदान केन्द्रमा खटिने कर्मचारीहरुका लागि उक्त सांकेतिक भाषाको प्रयोग सम्बन्धी अभिमुखीकरण प्राप्त गरेको हुनुपर्ने, ठुलो साइजमा छापिएको संकेतहरु (हातहतियार निषेध, धुम्रपान निषेध, महिला, पुरुष, भित्र, बाहिर, मतदाता वर्णानुक्रम, शौचालय, मतदान कक्ष, मतपेटिका, मतदाता नामावली रुजु, तथ्यांक फाराम, नङमा मसि लगाउने, प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यतर्फको पहिलो हुने निर्वाचित हुने र समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र लेखिएको छपाई सामग्री आदि) । मतदान केन्द्रमा न्यून दृष्टियुक्त मतदाताले मतदान प्रक्रिया बुझ्नका लागि कलर कन्ट्रयास्ट भएको प्रिन्टिङ्ग सामग्री हुुनुपर्ने अवधारणमा पत्रमा व्यवस्था गरिएको छ ।

रंगीचंगी डोरी तथा पोलः न्यून दृष्टियुक्त मतदाताका लागि स्पष्ट रुपमा कहाँ जाने भनी छुट्याउनका लागि कलर कन्ट्रयास्ट मिलाइएको रंगीचंगी डोरी तथा पोलमा पनि रंग लगाउने वा रंगीचंगी रिवनले बेरेको हुुनुपर्ने, र्याम्प शारीरिक अपांगता तथा ह्वीलचेयर प्रयोगकर्ता मतदाताहरुका लागि तोकिएको मतदान केन्द्रमा आवश्यकता अनुसार निर्माण गरिने । निर्माण गर्दा पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका, २०७९ बमोजिम तयार गर्नुपर्ने उल्लेख छ ।

यस्तै मतपेटिकामा प्वाल जनाउने चिन्हः न्यून दृष्टियुक्त मतदाताले मतपेटिकाको प्वाल सानो भई नदेख्ने हुनाले मतपत्र खसाल्न कठिनाई हुन्छ । त्यसकारण मतपेटिकाको प्वाल जनाउनका लागि प्वाल वरपर कलर कन्ट्रयास्ट भएको गोलो घेरा लगाएको हुनुपर्ने छ ।

स्पर्षयुक्त (ट्याकटायल) नमुना मतदाता शिक्षा सामग्रीः न्यून दृष्टियुक्त र दृष्टिविहीन मतदाताका लागि सही तरिकाले मतदान गर्ने सम्बन्धी स्पर्षयुक्त (ट्याकटायल) नमुना मतदाता शिक्षा सामग्र हुुुनुर्पे मापदण्डमा उल्लेख छ । यस्तै म्याग्नीफाइङ्ग ग्लासः न्यून दृष्टियुक्त मतदाताका लागि मतपत्रमा रहेका निर्वाचन चिन्ह स्पष्ट बुझ्नका लागि म्याग्नीफाइङ्ग ग्लासको व्यवस्था, मतदान केन्द्र निर्माण गर्दा महिला र पुरुषबीचको लाइन छुट्याउन गाडिएको दुईवटा बाँसको बीच दुरी सहजै ह्वीलचेयर प्रवेश गर्न सक्ने गरी निर्माण गर्नुपर्न उल्लेख छ ।

मतदान केन्द्रमा आरामदायी कुर्सीको व्यवस्थाः शारीरिक अपांगता भएका व्यक्तिले प्रयोग गर्नका लागि फराकिलो र आरामदायी कुर्सीको व्यवस्था सहित होचा पुड्का तथा ह्वीलचेयर प्रयोगकर्ता मतदाताहरुको सहजताका लागि मतदान कक्ष तथा मतपेटिका राख्न प्रयोग गरिने टेबुल मापदण्ड बमोजिम व्यवस्था गर्नुपर्ने कुरा यसमा उल्लेख छ ।

रुपन्देहीमा ६ लाख ३२ हजार ३ सय ६० जना मतदाता रहेका छन् । जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका अनुसार ३ लाख ८ हजार ५ सय ७४ महिला र ३ लाख २३ हजार ७ सय ७८ जना पुरुष रहेका छन् । यो पटक अन्य ८ जना मात्रै मतदाता रहेका छन् ।

रुपन्देहीका १ सय ८४ मतदान स्थल र ७ सय ४ वटा मतदान केन्द्रलाई अपाङ्गता मैत्री बनाउनको लागि पटक पटक आग्रह गरिएपनि विविध कारणले संभव नभएको प्रतिक्रिया निर्वाचन आयोगले दिएको छ । अभियान्ता सावित्रा घिमिरेका अनुसार निर्वाचनमा सबैको समान सहभागिता, अवसर र मत प्रयोग गर्न पाउनुपर्ने अधिकार समेत हो । त्यसलाई निर्वाचन आयोगले पूर्णरुपमा कार्यान्वयन गर्नुपर्ने छ ।

यी हुन अपाङ्गता मैत्री निर्वाचन संरचना हुने मतदान केन्द्र
सिद्देस्वरी लाल कुमारी माध्यमिक बिद्यालय दिप नगर बुटवल ।
गणेश मा बि गणेश नगर तिलोत्तमा,
कालिका माध्यमिक बिद्यालय कालिका नगर बुटवल ।
बस टर्मिनल भबन परिसर, नयाँ बसपार्क बुटवल ।
ज्योति आधारभूत बिद्यालय, ज्योति नगर तिलोत्तमा ।
अन्नपूर्ण माध्यमिक बिद्यालय चन्द्र नगर बुटवल ।
बुटवल बहुमुखी क्याम्पस , बुटवल ।
उमा आधारभुत बिद्यालय कुंजलापुर, तिलोत्तमा
भवानी माध्यमिक बिद्यालय बुटवल ।
प्रभात आधारभुत विद्यालय भलवारी तिलोत्तमा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?