ट्रेंडिंग:

>> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित

खुलेयाम तस्करी बढ्दै, संगठीत गिरोह सक्रिय

१ मंसिर २०७९, बिहीबार
१ मंसिर २०७९, बिहीबार

भैरहवा, १ मंसिर

नियमित रुपमा भन्सार तिरेर आइ रहेका सामान समेत पछिल्लो समय तस्करीको माध्यमबाट भित्रिन थालेका छन् । सरकारले सामान आयातमा अनिवार्य एलसीको प्रवधान ल्याएपछि साना व्यवसायीहरू समेत तस्करीमा लागेको आरोप छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार गस्ती टोलीका अनुसार बरामद सामानहरू बिगतमा भन्सार यार्डबाटै आइरहेका सामान छन् । साना व्यवसायीहरूले एलसी प्रक्रियामा जान झन्झटिलो मानेपछि संगठित रुपमा तस्करी हुँदै थालेको स्रोत दाबी छ ।

सुरक्षा निकाय र भन्सारको गस्ती टोलीबाट पछिल्लो समयमा बरामद अवैध वस्तु तिनै साना व्यवसायीका हुने गरेका छन् । बरामद वस्तुको प्रकृति हेर्दा कुनै न कुनै माध्यमबाट संगठित रुपमा तस्करी भइरहेको पुष्टि गर्छ । सरकारले विभिन्न शीर्षकका वस्तुहरूको आयात गर्दा अनिवार्य प्रतित पत्र (एलसी.)को व्यवस्था गरेसँगै यस असरले साना व्यवसायी तस्करी गर्नमा लागेका हुन् ।

५ पुसबाट लागु हुने गरी नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालय विदेशी विनिमय व्यवस्थापन विभागले ‘क’ वर्गको बाणिज्य बैक र ‘ख’ वर्गको विकास बैकलाई विभिन्न २० वटा हार्मोनिक कोड अन्तर्गतको वस्तुको एलसी खोल्दा अनिवार्य तोकिएको मार्जिन प्रतिशत लिनु भनि परिपत्र गरेको थियो । कडाई भएपछि एकातर्फ भन्सार आयात घटेको छ भने आउँदै गरेको राजश्व पनि गुमेर तस्करहरू मौल्याउँदै गएका छन् ।

भैरहवा भन्सार कार्यालय हुँदै नियमित रुपमा आइरहने सामान पनि आयातमा कडाई भएपछि ति सामान भन्सार यार्डमा नआई वैकल्पिक बाटो तस्करीको माध्यमबाट गइरहेकोे भैरहवा भन्सार कार्यालयका प्रमुख मनिराम पौडेलले न्युज कारखानालाई बताए । नियमित आउने सामान भारी कठौती भएको छ । परिपत्र लागु भएसँगै भैरहवा भन्सारसहित मुलुकका अधिकांस भन्सार कार्यालयबाट भारत तथा तेस्रो मुलुकबाट हुने आयात घटेको छ । जसले विभागबाट पाएको लक्ष्य प्राप्त हुन सकेको छैन ।

नेपालमा नियमित रुपमा आइरहने र प्रयोग भएका मसला, चकलेट, पेय पदार्थ, सुर्तिजन्य वस्तु, कस्मेटिक सामान, काठ र फर्निचर, जुत्ता चप्पल, टोपी, हेलमेट, टायल, मार्बल, ग्रेनाइट, सिसाका सामान, आर्टिफिसियल गहनाको अभाव छैन । अभाव नहुनु भनेकै कुनै न कुनै माध्यमबाट ती वस्तु आइरहेको छ । सरकारको तथ्यांकमा नआएको देखिए पनि नेपालमा ति वस्तु नियमित आपूर्ति भइरहेका छन् ।

नेपालमा तीन तरिकाबाट बैंक ग्यारेन्टीमा एलसी खोलेर, टिटी अग्रिम भुक्तानी र उधारोमा उद्योगी व्यवसायीले सामान आयात गर्दै आएका थिए । जारी व्यवस्थाले अनिवार्य शतप्रतिशत रकम पहिलै बैंक दाखिला गरेकोले उधारो र एलसी मार्फत काम गर्नेहरू करोबारबाट पछि हटेका हुन् । यो व्यवस्थाले साना व्यवसायी मर्कामा परेका छन् । भारतबाट सामान ल्याएर बेचेर केही समयपछि पैसा पठाउने गरेकोमा यो व्यवस्थाले अग्रिम पैसा फसाएर पुँजी ब्लक हुने उद्योगी व्यवसायीको भनाइ छ ।

भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी उपेन्द्र लामिछानेका अनुसार मंसिरसम्म लक्ष्य अनुरुप सफलता हासिल गर्दै गए पनि ५ पुसको व्यवस्थाअनुसार लक्ष्य प्राप्त नै नभई आयात घटदै गएको छ । यस आर्थिक वर्षको पहिलो महिना साउनमा ७१ प्रतिशत, भदौमा ६७ प्रतिशत लक्ष्य प्राप्त भएकोमा असोजमा ४१ प्रतिशत मात्रै लक्ष्य प्राप्त भएको छ ।

सीमा सुरक्षा र अवैध गतिविधि नियन्त्रण गर्न सशस्त्र प्रहरीको जिम्मेवारी छ । सशस्त्र प्रहरी बल नेपाल २७ नम्बर हेडक्वाटरले रुपन्देहीको लागि १५ वटा सशस्त्र प्रहरी बलको युनिट छन् । यता, जिल्ला प्रहरी कार्यालय प्रहरी उपरीक्षकको कमाण्डमा जिल्लामा कुल ७८ वटा प्रहरी युनिट छन ।

ठाउँ ठाउँमा अस्थायी चेकपोस्ट र मोबाइल टोली, तस्करी नियन्त्रण गर्न, अनुसन्धान र सुचना लिनका लागि भन्दै सादा पोशाकका प्रहरी पनि खटिने गरेका छन् । यसका अलावा राष्ट्रिय अनुसन्धान, संघीय प्रहरी कार्यालयलगायतका सुरक्षा संयन्त्र पनि छन् । सुरक्षा घेरा हुँदै गर्दा पनि तस्करका सामान निर्वाध भित्रिरहेका छन् । यसले सुरक्षा निकायमाथि नै चुनौती दिएको छ ।

निर्वाचनलाई मध्यनजर गर्दै रुपन्देहीमा हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको सुरक्षा अधिकारीहरु बताइरहेका छन् । सीमादेखि लिएर उम्मेदवारको सुरक्षा सम्मका प्रहरी परिचालन भइरहदा सीमामा भइरहेको तस्करीलाई भने सुरक्षा निकायले नजरअन्दाज गरिरहेका छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार यस आर्थिक वर्षमा एक करोड ७५ हजार पाँच सय २१ रुपैयाँ बराबरको किराना, विधुतीय, सवारीसाधन, लत्ताकपडा, तथा पशु चौपाय लगायतका चोरी तस्करीका सामान भैरहवा भन्सार कार्यालय पठाएको छ भने पाँच लाख ४९ हजार चार सय ११ रुपैयाँ बराबरको सुन बरामद गरी भन्सार पठाएको छ ।

यस्तै सशस्त्र प्रहरी बल नेपाल २७ नम्बर हेडक्वाटरका अनुसार यस आर्थिक वर्षमा दुई करोड दुई लाख ४४ हजार आठ सय ३४ रुपैयाँ बराबरको चिनी, कपडा, कुखुरा, माछा, मोटरपार्टस तथा हार्डवेयर, किरानालगायतका चोरी तस्करीका सामान भैरहवा भन्सार कार्यालय पठाएको छ ।

भैरहवा भन्सार कार्यालय मुद्दा शाखाका अनुसार चालु चालु आर्थिक वर्षमा नौ करोड ९५ लाख बराबरको अवैध सामान नियन्त्रणमा लिई दुई सय ६ वटा मुद्दा दर्ता भएको छ । नेपाल प्रहरीमार्फत दुई करोड ३३ लाखकोअवैध सामानसहित ६६ वटा, सशस्त्र प्रहरीको एक करोड २४ लाखसहित ५७ वटा र भन्सार कार्यालयको गस्ती टोलीबाट ८३ वटा मुद्दा ६ करोड ३७ लाख बराबरको अवैध चोरीपैठारीको वस्तुसहित भएको छ । न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?