ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

अहिलेको चुनाव महाभारतको युद्ध जस्तैः प्रचण्ड

३० कार्तिक २०७९, बुधबार
३० कार्तिक २०७९, बुधबार

परासी, २९ कात्तिक ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलको चनाव महाभारतको युद्ध जस्तो भएको बताएका छन् । सत्तारुढ दलको गठबन्धनलाई पाँच पाण्डव र केपी ओलीलाई कौरवको संज्ञा दिदै अध्यक्ष प्रचण्डले अहिले पाँच पाण्डव र कौरवको लडाई भएको र पाँच पाण्डवको पक्षमा मतदान गर्न आह्वान गरे । ‘यो चुनाव अन्य समयको जस्तो होईन्, अहिले महाभारतमा जस्तो हो, गठबन्धनका पाँच पाण्डव र ओली सहितको कौरवको गठबन्धनको लडाई हँुदैछ’– प्रचण्डले भने ।

मुलुकको समृृद्धि सुशासन र राजनैतिक स्थायित्व गठबन्धनको एक मात्र एजेन्डा भएको प्रचण्डको भनाई छ । संविधान जारी भएपछि अब सबै खाले आन्दोलन सकिएको भन्ने थियो तर संसद विघटनका कारण आन्दोलन अझै बाँकी रहेको महसुस भएको उनले बताए । संविधान उल्ट्याउन खोज्ने प्रवृत्ति विरुद्ध लड्न गठबन्धन गर्नुपरेको उनको भनाई थियो ।

नवलरासीमा गठबन्धन भित्रको असन्तुष्टि बारे प्रधानमन्त्री देउवाले केही नबोलेपनि प्रचण्डले भने गठबन्धनमा केही समस्या देखिएको र त्यस्लाई समाधान गर्नुपर्ने बताए तर कसरी समाधान गर्ने, प्रदेश सभा तर्फ को उम्मेदवारबारे भने बोलेनन् । गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने बताएपनि माओवादी केन्द्रकै उम्मेदवार विरुद्ध काग्रेसले उम्ेमदवारी दिएको विषयमा प्रचण्डले मुख नखोलेका हुन् ।

सो क्रममा सभामा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार उद्योगपति विनोद चौधरीले यस क्षेत्रको समस्या समाधानका लागि आफ्नो उम्मेदवारी भएको स्पष्ट पारे । डुबान कटान लगायत कृषि क्षेत्रमा थुप्रै समस्या देखिएको भन्दै त्यसलाई समाधान गर्ने आश्वासन दिए । यस्तै अर्का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार देवेन्द्रराज कंण्डेलले जिल्लामा मल अभावको समस्या जर्जर बन्दै गएको भन्दै शिर्ष नेतृत्वको ध्यानआर्कषण गराए ।

नवलपरासीमै मल कारखाना स्थापना गरेर मल अभावको समस्या समाधान गर्न उनले आग्रह गरे । साथै उनले यस क्षेत्रको डुबान कटानको समस्या दीर्घकालीन रुपमा समाधानका लागि पनि ठुलो आकारको बजेटको माग गरे । हेलिकप्टरबाट नवलपरासी आएका नेताहरु चुनावी सभा सकेपछि दैलेखको दुल्लुमा हुने सभालाई सम्बोधन गर्न त्यस तर्फ प्रस्थान गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?