ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक
निर्वाचन विशेष

अपाङ्गतामैत्री संरचना व्यवहारमा कहिले ?

प्रदेशमा ७५ हजार बढी अपाङ्गता भएका व्यक्ति प्रभावित हुँदै
३० कार्तिक २०७९, बुधबार
३० कार्तिक २०७९, बुधबार

बुटवल, ३० कात्तिक ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाको शिवपुर मा.वि. मतदान केन्द्रमा मतदान गर्न एक जना शरीरिक अपाङ्गता भएका व्याक्तिले आफ्ना सहयोग सहित भित्र गएर मतदान गर्न पाएनन् । गत स्थानीय तहको निर्वाचनमा आफू पूर्णरुपमा अपाङ्गता भएका उनी सहयोगीबिना ‘दुई पाईला पनि चाल्न सक्दैन्न’ । सहयोगी सहित मतदान केन्द्रमा गएपनि मतदान स्थलमा भने उनी एक्लै भुईमा घर्सिएर जानु प¥यो । घर्सिदै गएर उनले मतदान गरे । यस पटकको प्रदेश सभा र प्रतिनिधी सभा निर्वाचनमा उनी भोट हाल्नै नजाने मनस्थिति बनाएका छन् ।

रुपन्देहीको देवदह नगरपालिकामा रहेका बहिरा व्याक्तिहरुलाई निर्वाचन केन्द्रसम्म लगेर मतदानका लागि लगेपनि राजनीतिक दलका व्यक्तिहरुले त्यहीं नै छाडेर आए । जंगलको बाटो केही समूहमा रहेका उनीहरुले अव भोट हाल्न जाने की नजाने भन्ने मनस्थिति बनाएका छैनन् ।

बुटवल बहुमुखी क्याम्पसमा ह्वीलचियर प्रयोग गरी भित्र जाँदा संरचना नै ह्लीलचियर प्रयोग गरेर जाने गरी नबनाईएको कारण उनले सहयोगीलाई नै मत हाल्न भने, आफु केही भित्र सम्म मात्रै गएर फर्किए ।

बुटवल देवीनगरमा रहेको लुम्बिनी बाणिज्य क्याम्पसमा मतदान केन्द्र सबैभन्दा बढिव्यस्त, भिडभाड हुने केन्द्र हो । यहाँ ठुलो मतदाताको संख्या रहेको छ । ह्वील चियर सहित मतदान गर्न गएका देवीनगरमा शारीरिक अपाङ्गता भएका एक व्यक्तिले भित्र गएर मत पत्र लिए, छाप लगाउने स्थान र मत खाल्ने स्थान ह्वीलचियर जाने अवस्था नै नभएको कारण नजिकैका प्र्रहरीलाई भनेर मत खसालेर घर गए ।

यी केही उदाहरण मात्रै हुन । अघिल्लो स्थानीय तहको निर्वाचनमा मतदान गरेका केही अपाङ्गता भएका व्यक्तिहरुको विषयमा अध्यायन गरेकी रुपन्देही नेत्रहीन युवासंघ नेपाल अन्तर्गतको अपाङ्गता भएका व्यक्तिहरुको निर्वाचनमा पहुँच परियोजनाका प्रमोटर सुस्मा हुमागाईसंग अपाङ्गता भएका व्यक्तिहरुले व्यक्त गरेका विचार हुन् ।

रुपन्देही जिल्लामा मात्रै करिव १० हजार भन्दा बढी अपाङ्गता भएका व्यक्तिहरु रहेका छन् । त्यो मध्ये हालै मात्रै करिव ५ सय जना भन्दा बढी अपाङ्गता भएका व्यक्तिहरुलाई नेत्रहिन युवा संघ रुपन्देहीले निर्वाचन मतदाता शिक्षा दिएको छ । उनीहरु मतदान गर्न योग्य मतदान परिचय पत्र भएका व्याक्तिहरु हुन् ।

रुपन्देही जिल्लामा अपाङ्गता भएका व्यक्तिहरुले सहज रुपमा मतदान गर्न पाउनुपर्ने गरी परियोजना नै सञ्चालन गरिएको रुपन्देही नेत्रहिन युवा संघका अध्यक्ष टिकाराम पौडेल बताउँछन् । उनका अनुसार स्थानीय तहमा खासगरी दृष्टिविहनता भएका व्यक्तिहरुले आफ्नो सहयोगी समेत लैजान नपाउने अवस्था रहेको भन्दै कर्मचारी वा प्रहरीको सहायतमा मतदान गर्दा मतको गोपनियता पनि नभएको अवस्था आएको भन्दै यो पटकको निर्वाचनमा भने एक घरको परिवारलाई सहयोगीको रुपमा राखेर मतदान गर्न पाउने व्यवस्था गर्न उनले माग गरे । उनी भन्छन्–‘दृष्टिविहन मतदाताहरुले आफ्नो मताधिकार सहज रुपमा प्रयोग गर्न पाएको पाइएको छैन, यसलाई यो बर्ष सुधार हुने अपेक्षा गरेका छौं ।

उनका अनुसार निर्वाचनलाई अपाङ्गता मैत्री वनाउनको लागि मतदान अधिकृत सहित जिल्ला निर्वाचन कार्यालयका प्रमुख तथा पदाधिकारीहरुलाई समेत यो विषयमा पटक पटक ध्यानाकर्षण गराइएको छ । पटक पटक विज्ञप्ती मार्फत अपाङ्गता भएका व्यक्तिहरुले सहज रुपमा मताधिकार प्रयोग गर्न पाउने गरी व्यवस्थापका लागि आग्रह गरिएको उनको भनाई रहेको छ ।

निर्वाचनमा अपाङ्गता पहुँच परियोजनाका अधिकृत लक्ष्मी पाण्डेका अनुसार अघिल्लो स्थानीय तहको निर्वाचनमा अपाङ्गता भएका व्यक्तिहरुलाई लाईनमा बस्न नपर्ने गरी व्यवस्थापन गरिएको पाइएपनि भित्र गएपछि मताधिकार प्रयोगमा सहजीकरण नभएको पाइएको थियो । यो विषयमा पटक पटक निर्वाचन अधिकृत, कर्मचारी, मतदान अधिकृतहरुलाई जानकारी गराइएको यो पटक सुधार हुने अपेक्षा आफुले लिएको उनको भनाई रहेको छ ।

स्थानीय तह निर्वाचनअघि १८ वर्ष उमेर पूरा गरेका तीन लाख २३ हजार सात सय ७८ पुरूष, तीन लाख आठ हजार पाँच सय ७४ महिला र आठ जना तेश्रो लिङ्गी गरी रुपन्देहीमा जम्मा मतदाता ६ लाख ३२ हजार तीन सय ६० जना मतदाता रहेका थिए ।

स्थानीय तहको निर्वाचनपछि सात हजार आठ सय ९४ पुरुष, सात हजार दुई सय २८ महिलाले नाम दर्ता गराएको थिए, जसअनुसार ६ लाख ४७ हजार चार सय ८२ जना मतदाता रहने अनुमान निर्वाचन कार्यालय रुपन्देहीको छ । जिल्लामा मतदान स्थल २ सय ८ तथा केन्द्र छन् । ६ लाख ४७ हजार चार सय ८२ जना मतदाता रहेको निर्वाचन कार्यालय रुपन्देहीले गरेको छ ।

कार्यालयका अनुसार निर्वाचन क्षेत्र १ मा एक लाख ४१ हजार पाँच सय नौ जना मतदता रहेका छन् । जसको (क) मा ७३ हजार तीन सय २७ र (ख) मा ६८ हजार एक सय ८२ जना मतदाता रहेका छन् । क्षेत्र नम्बर २ को (क) मा ६४ हजार चार सय ५२ र (ख) मा ६४ हजार दुई सय २५ गरी एक लाख २८ हजार ६ सय ७७ मतदाता रहेका छन् । निर्वाचन क्षेत्र ३ को (क) मा ६६ हजार तीन सय ३१ र (ख) मा ६८ हजार चार सय ३३ गरी कुल १ लाख ३४ हजार सात सय ६४ मतदाता रहेका छन् ।

यस्तै, निर्वाचन क्षेत्र नम्बर ४ को (क) मा ५३ हजार नौ सय ९१ र (ख) मा ५८ हजार ७० गरी कुल एक लाख १२ हजार ६१ मतदाता रहेका छन् भने निर्वाचन क्षेत्र नम्बर ५ को (क) मा ७५ हजार पाँच सय २८ तथा (ख) मा ५४ हजार नौ सय ४३ गरी एक लाख ३० हजार चार सय ७१ मतदाता रहेका छन् ।

रुपन्देहीका १० वटा निर्वाचन केन्द्र अपाङ्गमैत्री

यो पटक रुपन्देहीका १० वटा निर्वाचन केन्द्र अपाङ्गता मैत्री निर्वाचन केन्द्र बनाईने भएको छ । विदेशी दातृ निकायको सहयोगमा रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर १ र २ का १० वटा निर्वाचन क्षेत्र अपाङ्गता मैत्री बनाउन लागिएको हो । अभियान्ता सावित्रा घिमिरेका अनुसार बुटवलको दिपनगरमा रहेको सिद्धेश्वरी लालकुमारी मावि मतदान केन्द्र, बुटवल बहुमुखी क्याम्पस मतदान केन्द्र, जनजागृती मावि योगीकुटी मतदान केन्द्र सहित १० वटा लाई अपाङ्गता मैत्री मतदान केन्द्र बनाउने पहल भएको हो ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपालका लुम्बिनी प्रदेश अध्यक्ष हुमनाथ अधिकारीले नेपाल अपाङ्गता भएका व्याक्तिहरुको अधिकार सम्बन्धी अन्तराष्ट्रिय महासन्धी(युएनसिपीआरडी) को सदस्य राष्ट्र भएको कारण सहज रुपमा विना अवरोध अपाङ्गता भएका व्यक्तिहरुले मतदान गर्न पाउनुपर्ने गरी व्यवस्थापन हुन अवाश्यक रहेको बताउँछन्् । नेपालको संविधान २०७२, अपांगता भएका व्यक्तिहरुको अधिकारसम्बन्धी ऐन २०७४ को दफा ११ तथा अपांगता भएका व्यक्तिहरुको अधिकारसम्बन्धी अन्तराष्ट्रिय महासन्धिको धारा २९ ले अन्य व्यक्ति सरह अपांगता भएका व्यक्तिहरुले पनि राजनीतिमा सहभागिता हुन पाउने हक सुनिश्चत गरेको छ भन्दै उनले यसमा सबैले सहयोग, साझेदारी गर्नुपर्ने बताउँछन् ।

यद्यपि, अपांगता भएका व्यत्तिीहरु विभिन्न भौतिक, सामाजिक तथा सञ्चारजन्य अवरोधका कारण योग्य भइकन पनि आफ्नो मताधिकारको प्रयोग गर्ने अवसरबाट वञ्चित हुनुपर्ने अवस्था कायमै छ । उनले लुम्बिनी प्रदेशमा किरव १ लाख ५० हजार भन्दा बढी अपाङ्गता भएका व्यक्तिहरु रहेको तथ्यांक रहेकोका करिव ५० देखि ५५ प्रतिशत अपाङ्गता भएका व्यक्तिहरु निर्वाचनमा मतदाता रहेका छन् । अपाङ्गतामैत्री संरचना पूर्णरुपमा कार्यान्वयन नभएको कारण लुम्बिनी प्रदेशमा करिव ७५ हजार भन्दा बढी अपाङ्गता भएका व्यक्तिहरु यसबाट प्रभावित हुने निश्चित रहेको अध्यक्ष अधिकारीको भनाई रहेको छ । उनी भन्छन्–‘मतदान स्थल अपाङ्गता मैत्री बनाउनको लागि हामीले पटक पटक भन्दै आएका छौ, तर बजेट कम छ, स्रो साधान छैन भन्दै निर्वाचन आयोगले भन्दै आएको छ ।’ अपाङ्गता मैत्री संरचना निर्माणमा भौतिक संरचनाको लागि बजेट भन्दा पनि स–सानो कुरामा ख्याल गरी चौरमा गरिने मतदान स्थललाई परिमार्जन गरेपनि धेरै सहज हुने उनको भनाई रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?