ट्रेंडिंग:

>> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ?

चुनावी गठबन्धनको शिकार महिला उम्मेदवार

३० कार्तिक २०७९, बुधबार
३० कार्तिक २०७९, बुधबार

बुटवल, ३० कात्तिक ।

प्रतिनिधिसभाको निर्वाचनका लागि मुख्य दलहरूले नै महिला सहभागिताको विषयलाई प्राथमिकता दिएका छैनन् । संख्याका हिसाबले राष्ट्रिय दलहरूमध्ये सबैभन्दा धेरै नेकपा (एमाले) ले ११ जना महिला उम्मेदवार उठाएको छ जुन उसले उठाएका १३९ मध्ये झण्डै ८ प्रतिशत हो । तर पाँचदलीय गठबन्धनमा रहेका नेकपा (माओवादी केन्द्र) ले आफूले उठाएका उम्मेदवारका हिसाबले झण्डै १६ प्रतिशत, नेपाली कांग्रेसले झण्डै ५ प्रतिशत उठाएका छन् ।

लुम्बिनी प्रदेशमा पनि राजनीतिक दलहरुले महिला उम्मेदवार निकै कम उठाएका छन् । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा उम्मेदवारी उत्साहजनक देखिएपनि महिला सहभागिता भने निराशाजनक देखिएको हो ।

समानुपातिक तर्फ लुम्बिनी प्रदेशमा महिला उम्मेदवारको ३५ सिट रहेको छ । महिला अधिकार, महिला सशक्तिकरण, सहभागिता र नेतृत्व समावेशीमा बुलन्द दाबी गर्ने दलहरु नै महिला उम्मेदवार बनाउने चुनावी सन्दर्भ र सवालमा भने पछि देखिएका छन् ।

निर्वाचन कार्यालयको तथ्याङ्क अनुसार रुपन्देही क्षेत्र नं १ मा प्रतिनिधि सभाका उम्मेदवार कुल २१ जना मध्ये महिला १ जना र पुरुष २० जना रहेका छन् भने क्षेत्र नं १(१) मा प्रदेश सभा निर्वाचनका उम्मेदवार कुल ११ जना मध्ये महिला १ जना र पुरुष १० जना रहेका छन् । क्षेत्र नं १(२) मा १४ मध्ये महिलाको उम्मेदवारी शुन्य रहेको छ भने पुरुष १४ जना रहेका छन् ।

क्षेत्र नं २ मा प्रतिनिधि सभा निर्वाचनका उम्मेदवार १५ जना मध्ये महिला २ जना र पुरुष १३ जना रहेका छन् । त्यसै गरी प्रदेश सभा निर्वाचनमा क्षेत्र नं २(१) मा १२ जना प्रदेश सभा उम्मेदवार मध्ये महिला ३ जना र पुरुष ९ जना रहेका छन् । त्यसैगरी क्षेत्र नं २(२) मा ११ जना उम्मेदवार मध्ये महिलाको संख्या शुन्य रहेको छ भने उम्मेदवार पुरै ११ जना पुरुष नै रहेका छन् । क्षेत्र नं ३ मा प्रतिनिधि सभा निर्वाचनका २२ जना उम्मेदवार मध्ये महिला ४ जना रहेका छन् भने पुरुष १८ जना रहेका छन् । प्रदेश सभा निर्वाचनका लागि क्षेत्र नं ३(१) मा ११जना मध्ये महिला १ जना पुरुष १० जना रहेका छन् । त्यसैगरी क्षेत्र नं ३(२) मा ११ जनामध्ये महिला २ जना र ९ जना पुरुष उम्मेदवार रहेका छन् । त्यसैगरी प्रतिनिधि सभा निर्वाचनका लागि क्षेत्र नं ४ मा १३ जना मध्ये महिला उम्मेदवार शुन्य रहेको छ ।

प्रदेश सभा निर्वाचनका लागि क्षेत्र नं ४(१) मा ६ जना उम्मेदवार मध्ये महिला उम्मेदवारको संख्या शुन्य रहेको छ । त्यसैगरी क्षेत्र नं ४(२) मा १२ जना मध्ये महिला उम्मेदवारको संख्या १ रहेको छ । प्रतिनिधि सभा निर्वाचनका लागि क्षेत्र नं ५ मा १७ जना उम्मेदवार मध्ये १ जना महिलाको मात्र उम्मेदवारी रहेको छ । प्रदेश सभा निर्वाचनका लागि क्षेत्र नं ५(१) मा १३ जना उम्मेदवार मध्ये १ जना महिलाको उम्मेदवारी रहेको छ ।

त्यसैगरी क्षेत्र नं ५(२) मा १३ जना उम्मेदवार मध्ये १ जना महिलाको उम्मेदवारी रहेको छ । विभिन्न दलका राजनैतिक पार्टीसँग गठबन्धन हुनु, स्वतन्त्र उम्मेदवारमा समेत महिलाको रुचि नहुँदा र महिलामा अन्तरहृदयदेखि नै हिम्मत,जोस ,जाँगर नभएकाले महिला उम्मेदवारको संख्यामा कमी आएको रुपन्देहीका जिल्ला निर्वाचन अधिकारी अयोध्या प्रसाद भण्डारीले बताए ।

महिलाहरुमा दक्षता र क्षमता हुँदाहुँदै पनि उनीहरुमाथि प्रश्न खडा गर्ने, संविधानले सुनिश्चित गरेको कानुन बनेपनि तल्लो तहदेखि माथिसम्म नै महिलाका हक अधिकार वास्तविक व्यवहारमा कार्यान्वयन हुन नसक्नु , जातिय र लैङ्गिक आधारमा विभेद गर्ने, सहकार्यका लागि काँधमा काँध मिलाउने तर अवसर दिनबाट बन्चित गर्ने, सामाजिक, सांस्कृतिक र मनोवैज्ञानिक रुपमा उत्पीडन गरी अवसर दिन नखोज्ने जस्ता कारणले उम्मेदवारी कम भएको महिला अगुवाहरु बताउँछन् ।
महिलाहरु एकजुट नहुने, पार्टीगत घेराबन्दी र आन्तरिक असन्तुष्टिले गर्दा महिलाले प्रत्यक्ष उम्मेदवारी लिनबाट बन्चित हुनुपरेको रुपन्देहीका महिला अधिकारकर्मी माया उपाध्यायले बताईन् । महिलाको अर्थपूर्ण सहभागिता तल्लो तहदेखि माथिसम्म नै हुन नसक्नु, महिलाका लागि संवेदनशील हुन नसक्ने समाज, घरबाहिरको महिलाको नेतृत्वलाई स्वीकार्न नसक्नु जस्ता कारणले गर्दा पनि प्रतिनिधि तथा प्रदेश सभामा महिलाको प्रत्यक्ष उम्मेदवारी शुन्य रहेको र महिलालाई समानुपातिकमा मात्र उम्मेदवार बनाउने राजनीतिक दलको प्रवृत्तिले गर्दा अझै पनि राजनीतिमा महिला पछि पर्नुपरेको उनले बताइ्न ।
महिला स्वयं सामाजिक, आर्थिक र राजनीतिक डरबाट माथि उठ्न सकेमा प्रदेश तथा केन्द्रमा महिलाहरु नेतृत्वमा पुग्न सक्ने संख्यामा समेत वृद्धि हुने रुपन्देहीका अर्का महिला अधिकार कर्मी मिनाक्षी न्यौपानेले बताईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?