ट्रेंडिंग:

>> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर
छविलालसँग ६ घण्टा

उम्मेदवारको दैनिकी नियाल्दा (फोटो फिचरसहित)

३० कार्तिक २०७९, बुधबार
३० कार्तिक २०७९, बुधबार

बुटवल, ३० कात्तिक –मंगलबार बिहान ११ बजे रोहिणी गाउँपालिका–३ मा न्युज बुटवल टुडेको टिम पुग्दा एमाले सचिव एवं क्षेत्र नं. १ का प्रतिनिधिसभा उम्मेदवार छविलाल विश्वकर्मा कार्यकर्तासँग भैरहवा–परासी मुख्य सडकमै भेटिए । देवदहबाट बिहानको घरदैलो सकेर रोहिणीमा घरदैलो गर्न आएकै बेला टुडेको टिम उनी भएको स्थानमा पुग्यो ।

 

 

त्यही एक स्थानीय प्रेमसागर शुक्ला बिरामी अवस्थामा रहेछन् । विश्वकर्मा गाडीबाट ओर्ले र सरासर उनको घरमा पुगेर स्वास्थ्य अवस्थाबारे बुझे । उनले पनि आफ्नो स्वास्थ्य समस्याबारे अवगत गराए । अनि विश्वकर्माले स्वास्थ्यलाभको कामना गरे । शुक्लाले पनि जितको शुभकामना दिए ।

 

त्यसपछि उनी नजीकैको अर्को घरमा पुगेर र राजेन्द्रप्रसाद शुक्लाको परिवारसँग भेट गरे । सुरुमा नमस्कार गर्दै छिरेका विश्वकर्मालाई शुक्लाले पनि नमस्कार फर्काए । विश्वकर्माले हालखवर सोधे । उनका कार्यकर्तालाई शुक्लाको हातमा चुनावी पर्चा थमाए र टोली आफ्नो बाटो लाग्यो ।

 

 

विश्वकर्मा फेरि गाडीमै चढेर र बाँकी रहेका १०–१२ घरमा गाडीबाट नओर्लिइकनै मत मागे । कतिपय स्थानीयले निर्वाचनका बेला पनि घरभित्रै आएर मत नमागेको भन्दै असन्तुष्टी पोखे । सँगै हिंडिरहेका एकजना कार्यकर्ताले सबै घरभित्र पस्नका लागि समयको अभाव भयो । त्यसकारण घरघरमा नपसी बाटैबाट भोट माग्ने काम गरिएको बताए ।

 

रोहिणी गाउँपालिका वडा नम्बर ३ रामनगरको घरदैलो सकेपछि उम्मेदवार विश्वकर्मा रोहिणी–३ कै अर्को टोल धकधई पुगे । त्यहाँ करिव १२–१५ जना किसानहरु आफ्नो खेतीपातीको काममा व्यस्त थिए । उम्मेदवार आउनासाथ सबै एकत्रित भए । उनीहरुले चुनावमा आएकाले केही आश्वासन दिइहाल्छन् कि भनेर आशा गरी बसेका थिए ।

 

विश्वकर्मा पैदल हिंडेर सबैलाई नमस्कार गर्दै अघि बढे । स्थानीय किसान रामअचल यादवले यहाँ सिंचाईको मुख्य समस्या रहेकाले समाधानका लागि आग्रह गरे । “भनेको बेला मल, बिउ पाइदैन, २ हजार रुपियाँ पर्ने एक बोरा रासायनिक मल भारतबाट साढे तीनहजार रुपियाँमा खरीद गरेर ल्याउनुपर्ने बाध्यता छ”–उनले गुनासो पोख्ने मौका पाए । उम्मेदवार विश्वकर्माले पनि रुचीपुर्वक गुनासो सुने र अर्को घरतर्फ लागे । हाम्रो टोलीले स्थानीय दुईजना युवालाई चुनावी माहौलबारे सोध्दा उनीहरु खासै खुल्न चाहेनन् । “घरमा बुढाबुढीले वृद्धभत्ता दिएको पार्टी भएकाले एमालेलाई मत दिनुपर्छ भन्छन्, तर यहाँ विकास गर्न कोही आउँदैनन्”–ती युवाले भने ।

 

त्यसपछि विश्वकर्मा राजुदेव गुप्ताको घरमा पुगे । ७५ वर्षीय गुप्ता आफ्नी ५५ वर्षीया श्रीमतीको साथमा कुर्सीमा बसिरहेका थिए । विश्वकर्मा पुग्नासाथ अंगालो हाले र आफूले पहिल्यैदेखि नै एमालेलाई भोट दिइरहेको बताए । “यसपाली पनि सूर्यमा भोट हाल्ने हो”–उनले खुलेर आफ्नो कुरा राखे । त्यसअगाडि कोही पनि मतदाताले यसरी खुलेर कुरा गरेका थिएनन् ।

 

विजय निश्चित रहेको दावी
बिहानको घरदैलो कार्यक्रम सकेपछि विश्वकर्मा रोहिणीका पार्टी अध्यक्ष सुनिल कौसलको घरमा खान खान पुगे । खाना खाइसकेपछि छोटो प्रतिक्रिया दिदै विश्वकर्माले आफ्नो विजय सुनिश्चित रहेको दावी गरे । “यहाँ एमालेसँग राप्रपा र जसपाको पनि तालमेल छ, यहाँका जनता एमालेले गरेको विकास देखेका छन्”–उनले भने ।

 

 

मंसिर ४ गते हुने प्रतिनिधि सभा चुनावमा आफूसहित प्रदेशसभाका उम्मेदवारहरु विजयी हुने निश्चित रहेको उनले दावी गरे । विश्वकर्मासँगै मंगलबारको घरदैलोमा क्षेत्र नम्बर १ (१) का प्रदेशसभा उम्मेदवार राप्रपाका नेता आशिष चौधरी पनि सँगै थिए । उनले पनि स्थानीयसँग भेटघाट गरी मत मागिरहेका थिए ।

 

 

रोहिणीमा घरदैलो सकेपछि विश्वकर्मा कार्यकर्ताहरुसहित ओमसतिया गाउँपालिकाको वडा नम्बर ६ मा पुगे । त्यहाँ करिव एक–डेढ सय स्थानीय जम्मा भएका थिए । विश्वकर्मा पुग्नासाथ स्थानीयले स्वागत गरे र करिव एक घण्टा कोणसभा भयो । त्यहाँ प्रतिनिधिसभाका उम्मेदवार छविलाल विश्वकर्मा र प्रदेशसभाका उम्मेदवार आशिष चौधरीले संबोधन गरे ।

संबोधनका क्रममा विश्वकर्माले क्षेत्र नम्बर १ मा सञ्चालनमा आएका केही विकास आयोजनाहरुको फेहरिस्त सुनाए र बाँकी कामहरु अव चुनाव जितेपछि पूरा गर्ने बाचा गरे । कार्यक्रम सकेपछि केही घरहरुमा पुनः घरदैलो गरे र त्यसक्रममा स्थानीयले सडक, सिंचाई, कृषिका लागि मल, बिउ, शिक्षा, स्वास्थ्य लगायतका कुरा गाउँमा नभएको बताए ।

 

 

उम्मेदवार विश्वकर्माले स्थानीयका माग एमाले सरकार बनेपछि क्रमशः पूरा गर्दै जाने बताए । ओमसतियाको कार्यक्रम सक्दा साँझ पर्नै आँटेको थियो । त्यसपछि विश्वकर्मा देवदहतर्फ लागे देवदह नगरपालिकामा इ रिक्सा व्यवसायीहरुसँग संक्षिप्त कार्यक्रम गरे । त्यहाँ केही व्यक्तिलाई पार्टी प्रवेश गराए र उनले संक्षिप्त संबोधन गरे । उक्त कार्यक्रमसँगै मंगलबारको कार्यक्रम समापन गरियो ।

 

 

प्रतिनिधि सभामा रुपन्देही–१ का उम्मेदवार विश्वकर्मालाई राप्रपा र जसपाको समर्थन छ । प्रदेश सभामा आशिष चौधरी र दधिराम न्यौपाने उम्मेदवार छन् । रोहिणीमा घरदैलो गर्नुअघि विश्वकर्मा नेता सुरेन्द्र श्रीको भलवारीस्थित घरमा पुगेर उनको बुबाको निधनप्रति श्रदान्जली अर्पण गर्दै शोकसभामा सहभागी भएका थिए ।त्यसअघि मंगलबार बिहानै देवदह नगरपालिका ६, केउलीमा नेकपा एमाले, राप्रपा र जसपाको संयुक्त भेलालाई पनि संबोधन गरेका थिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?