Butwal Today

पाँच वर्ष गर्न नसकेका काम अबको कार्यकालमा पुरा गर्छु ः दुर्गा पौडेल

२८ कार्तिक २०७९, सोमबार
अ+
अ-

प्यूठान, २८ कात्तिक

पाँच दलीय गठवन्धनबाट प्यूठानमा प्रतिनिधिसभा सदस्य उम्मेदवार दुर्गा पौडेलले पाँच वर्षे कार्यकालमा पुरा गर्न नसकेका विकासका योजना चुनाव जितेर गएपछि नयाँ कार्यकालमा पुरा गर्ने दाबी गरेकी छिन् । चुनावी अभियानका क्रममा प्यूठान नगरपालिका ७ पूण्यखोलामा आयोजित कार्यक्रममा बोल्दै उनले पुरा संसद् चल्न नसक्दा आफूले चाहे अनुसारको काम जिल्लामा गर्न नसकिएको बताइन् ।

‘विगतमा राम्रो मत दिएर जिताउनुभएको थियो’,उनले भनिन्,‘अहिले पनि जिताउनुहुनेछ भन्ने आशा छ ।’ उनले स्थायी सरकार संचालन नहुनु र कोरोनाको कारण आफूले काम गर्न नसकेको स्पष्ट पारिन् । पाँच वर्षमध्ये दुई वर्षमात्र राम्रोसँग संसद् चलेको उनको भनाई छ ।

पौडेलले सांसद् विकास कोष मार्फत जिल्लामा आउने बजेट सवै स्थानीय तहमा वितरण गरिएको जानकारी गराइन् ।