ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

‘पहिलो बैठकमै भ्रष्टाचार विरुद्धको संकल्प प्रस्ताव लैजान्छु’

२७ कार्तिक २०७९, आइतबार
२७ कार्तिक २०७९, आइतबार

बुटवल, २७ कात्तिक ।

पाँच दलीय सत्ता गठबन्धनको समर्थन पाएका राष्ट्रिय जनमुक्ति पार्टीका प्रतिनिधि सभा उम्मेदवार केशव सुर्यवंशीले आफु विजयी बनेर संसदमा पुगेको दिन भ्रष्टाचार विरुद्धको संकल्प प्रस्ताव दर्ता गर्ने बताएका छन् । मुलुकमा भ्रष्टाचारको अन्त्य र सुशासन कायम नगरी दिगो शान्ति र समृद्धि संभव नहुने उल्लेख गर्दै उम्मेदवार सुर्यवंशीले यसअघि जितेर जाने नेताहरु भ्रष्टाचारमा लिप्त भएकै कारण मुलुक अधोगति तर्फ उन्मुख गएको दावी गरेका छन् ।

उनले भने–‘मैले जितेर संसद भवन पुगें भने मेरो पहिलो कदम पहिलो दिनमै भ्रष्टाचार विरुद्धको संकल्प प्रस्ताव दर्ता गर्नेछु र चुनाव जितेर संसदमा पुग्नेहरुले भ्रष्टाचार बिरुद्धको कसम खाएर मात्र बैठकमा बस्ने ब्यवस्था मिलाउन प्रयास गर्ने छु । मेरो दोश्रो प्रयास बेरोजगारीको अन्त्यका लागि हुने छ । तेश्रो कदम कृषि क्रान्तिका लागि पनि संकल्प प्रस्ताव दर्ता गर्ने छु । कृषि क्षेत्रको प्रभावकारी विकासबिना सवल अर्थतन्त्रको बिकास नहुने उम्मेदवार सुर्यबंशीको जिकिर रहेको छ ।

रुपन्देही २ बाट प्रतिनिधिसभामा उम्मेदवार बनेका सूर्यवंशीले बुटवल–१२ तामनगरमा घरदैलो कार्यक्रमपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै मुलुकलाई औद्योगिक क्रान्तिमार्फत आर्थिक विकास गरी बेराजगारीको अन्त्य गरेर मात्र दिगो विकास र समृद्धि संभव भएको उल्लेख गरेका छन् । देशको युवाशक्ति पलायन भैरहेकोबारे यसअघि सत्तामा बस्नेहरुले यसलाई रोक्न कुनै प्रयास नगरेको भन्दै सुर्यवंशीले श्रमशक्ति बेचेर कुनैपनि देश धनी नहुने ठोकुवा समेत गरेका छन् । यी तमाम समस्याको समाधानका लागि गठबन्धनका उम्मेदवारहरुलाई जिताउन उनले आग्रह समेत गरेका छन् ।

प्रदेश सभा सदस्य पदका उम्मेदवार बामदेव क्षेत्री घिमिरेले उत्पादकत्व वृद्धि गरी आर्थिक विकास र कृषि क्रान्तिबाट नै समृद्धिको मार्गदिशा तय गर्न सकिने बताएका छन् । उद्योग र पर्यटनको बिकासबाट नै लुम्बिनी प्रदेश समृद्धिको दिशातर्फ अग्रसर हुने कुरामा जोड दिंदै प्रदेश योजना आयोगका पुर्व उपाध्यक्ष समेत रहेका क्षेत्रीले दीर्घकालीन सोंचसहित गरिबी निवारण र बेरोजगारीको अन्त्य गर्ने कार्यक्रम ल्याउनु पर्ने बताए । यसका लागि नेपाली काँग्रेस नेतृत्वको गठबन्धनका उम्मेदवारहरुलाई जिताउनु पर्ने उनको भनाई थियो ।

सो अवसरमा नेपाली काँग्रेस क्षेत्रिय सचिव परमानन्द भट्टराई, नगर उपसभापति ज्योती भण्डारी, सचिव गंगा पन्थी, बुटवल–१२ का सभापति धर्म आचार्य लगायतले दिगो शान्ति, राजनैतिक स्थिरता र विकासका लागि गठबन्धन दलका उम्मेदवारहरुलाई जिताउन आग्रह गर्दै भ्रष्टाचार र कुशासनका मतियारहरुलाई मंसिर ४ गतेको निर्वाचन मार्फत जरैदेखि उचालेर फाल्नु पर्ने आवश्यकता रहेको बताएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?