ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

निर्वाचनको ऐतिहासिक अवसर सदुपयोग गरौं

२७ कार्तिक २०७९, आइतबार
२७ कार्तिक २०७९, आइतबार

प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन आउन अव एक सातामात्र बाँकी छ । निर्वाचन आयोगले निर्वाचनका सवै तयारी पूरा गरिसकेको छ । सवैतिर अहिले निर्वाचनको उल्लास छ । उम्मेदवारहरु घरदैलो गर्दै मतदातासंग भोट मागिरहेका छन । प्रचार प्रसारले तीव्र गति लिएको छ । यही बेला केही साना दल निर्वाचनबाट भागिरहेका छन । निर्वाचनमा सहभागिता नजनाउने उनीहरुको शान्तिपूर्ण घोषणाले धेरै फरक नपर्ला तर निर्वाचनको महासंग्राममा उनीहरुको अनुपस्थितिले संशय भने उत्पन्न गरेको छ । नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने सवालमा यस प्रकारका गतिविधिले चिन्ता उत्पन्न हुनु स्वाभाविक छ । तसर्थ शासन व्यवस्थाप्रति केही असन्तुष्टी छन भने ती बार्ताबाटै समाधान हुन सक्छन । नेपाली जनताका लागि संघीय लोकतान्त्रिक गणतन्त्रभन्दा अर्को जादुयी शैलीको शासन व्यवस्थाको कल्पना तत्कालका लागि गरिएको छैन । तसर्थ निर्वाचनमा सहभागी भएर ऐतिहासिक दायित्व पूरा गर्ने सवालमा साना दल चुक्नु हुँदैन । निर्वाचन प्रजातन्त्रको मेरुदण्ड हो । आमजनताको चाहना निर्वाचन नै भए पनि केही दलको निर्वाचनमा सहभागी नबन्ने अभिव्यक्तिले उनीहरू देश र जनताको स्वार्थमा भन्दा पनि दलीय स्वार्थमा अल्झिएको हो कि भन्ने आशंका पैदा भएको छ । अहिलेको प्राथमिकता के हो भन्ने कुरामा भने उनीहरूले विचार नपु¥याएको हो कि भन्ने भान परिरहेको छ । संविधान कार्यान्वयन अहिलेको मूल आवश्यकता हो । राज्य भनेको कसैको धाकधम्कीबाट चल्ने निकाय होइन, एउटा प्रणालीबाट चल्ने हो । प्रणाली भनेको मुलुकको संविधान र कानुन अनुसार चल्ने हो । तसर्थ सबै पक्ष एउटा प्रणालीगत र सर्वस्वीकार्य मान्यताबाट अघि बढ्नु जरुरी रहेको छ । निर्वाचनलाई खेलाँचीको रुपमा व्यवहार गर्ने काम नगरौं । जसरी हुन्छ पहिलो प्राथमिकता निर्वाचनलाई दिएर अघि बढ्नु जरुरी रहेको छ । यदि अब पनि कुनै राजनैतिक दल निर्वाचन भाग लिदैन भने बुझ्नुपर्दछ– उ जनतामा जान डराईरहेको छ । अर्थात जनादेश लिन अस्वीकार गर्नु लोकतन्त्रको विरुद्ध जानु हो । अव सबैले बुझ्नुपर्ने हुन्छ । को जनतासंग जान डराइरहेको छ र किन डराइरहेको छ भन्ने कुराको जनताले निक्र्यौल गर्नुपर्नेछ ।

निर्वाचनको उल्लासमय वातावरणलाई कसैलेपनि रोक्न सक्दैन । मुलुक निर्वाचनको अन्तिम तयारीमा छ । दलहरुमा उत्साह छ । विजय पराजय एउटा कुरा होला तर दलहरुले निर्वाचनबाटै जनताको भावना र मनस्थिति बुझ्ने भएकाले दलहरुको लागि यो निर्वाचन अग्निपरिक्षा पनि हो । अवपनि यो वा त्यो बहानामा निर्वाचन अलमल्याउने काम कतैबाट हुनुहुँदैन । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा सकृय सहभागिता जनाउन आग्रह गरिसक्नुभएको छ । आयोगले तयारी समेत सम्पन्न गरिसकेको अवस्थामा घोषित मितिमा निर्वाचन गर्ने सवालमा कुनैपनि चलखेल बर्जित छ । निर्वाचन आयोगले भने अब निर्वाचन कुनै पनि हालतमा तोकिएकै मितिमा हुने जनाएको छ । सरकारले समेत निर्वाचन आयोगलाई आवश्यक सवै साधन–स्रोत उपलब्ध गराएको छ । तोकिएकै मितिमा निष्पक्ष र धाँदलीरहित किसिमले आमजनताले आफ्ना जनप्रतिनिधि छान्न पाउनुपर्ने अधिकार सुनिश्चित गर्न अव निर्वाचनबाट टाढिएका दलहरु पनि लाग्नुपर्दछ । संविधानको सफल कार्यान्वयन गर्ने आधार भनेकै निर्वाचन हो । अतः केही दलहरूले गरेको निर्वाचनको विरोध अहिलेको सन्दर्भ उपयुक्त छैन । निर्वाचन सम्पन्न गरेपछि पनि समस्याका विषयमा छलफल गर्न सकिन्छ । तसर्थ एक सातापछि हुने आम निर्वाचन सफल बनाउनेतर्फ साना ठूला सवै दलको सकृय सहभागिता र समर्थन जरुरी छ । निर्वाचनको महासंग्राममा सहभागी भएर मुलुकका लागि स्थीर सरकार निर्माणमा सहभागी बनौं । त्यो ऐतिहासिक अवसर नगुमाऔं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?