ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

विष्णु पौडेललाई स्थानीयलाई भने– बुटवल कालिकापथलाई रात्रिकालीन बजार बनाउँ

२६ कार्तिक २०७९, शनिबार
२६ कार्तिक २०७९, शनिबार

बुटवल, २६ कात्तिक ।

मुलुककै नमुना बाइपासका रुपमा रहेको बुटवलको कालिकापथको विस्तार र सौन्दर्यकरणका कामलाई चाँडो पूरा गर्न स्थानीयले यहाँका नेताहरुको ध्यानाकर्षण गराएका छन् । उनीहरुले सडकको विस्तार र सौन्दर्यकरणसंगै आकर्षक रात्रीकालिन बजारका रुपमा विकास गर्ने योजना समेत बनाउन माग गरेका छन् ।

साँघुरो र अतिक्रमित सडकलाई विस्तार गरी आकर्षक र यसक्षेत्रकै नमुना आन्तरिक बाइपासका रुपमा विकास गरिएको छ । उक्त सडकको योजना ल्याउने र कार्यान्वयनमा लैजाने नेताहरु कालिकापथकै घरदैलोमा आएका बेला यहाँका स्थानीयले उक्त आग्रह गरेका हुन् । एमालेले अगाडि सारेका कैयन योजनामध्येको एउटा यो कालिका पथ पनि हो ।

अहिले उक्त सडकको दुबै तर्फको निकास र केही क्षेत्रमा कालोपत्रे गर्न बाँकी छ । बाँकी रहेको कामलाई छिटो सक्न स्थानीयले माग गर्दै आएका छन् । कालिका पथका विभिन्न टोलमा बिहान पुगेका विष्णुप्रसाद पौडेल र लिला गिरीलगायतका नेताहरुले विकासका काममा नागरिक स्तरबाट पनि निरन्तर निगरानी र खबरदारीको खाँचो रहेको बताए । उनीहरुले निर्माण व्यवसायीका काममा निगरानी गर्न र आवश्यक परेका बेलामा जनस्तरको पनि सहयोग गर्न आग्रह गरे ।

निर्वाचन केन्द्रित कार्यक्रम लिएर बुटवल–९ कालिका पथ र त्यहाँका विभिन्न टोलमा पुगेका एमाले नेता एवम् पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेल, एमाले नेता तथा लुम्बिनी प्रदेश सरकारका पूर्वमन्त्री तथा उक्त सडकको विस्तारमा सुरुदेखि नै केन्द्रित रहेका लिला गिरी, महिला अगुवा ज्ञानु केसीसहित पूर्व जनप्रतिनिधिहरुको टोलीलाई स्थानीयले अधुरो काम छिटो पूरा गर्न माग गरेका थिए ।

नमुना सडकका रुपमा विकास गरिएको कालिका पथको बाँकी काम पूरा गर्न र हरियालीसहितको फुटपाथ निमाणको अधुरो कामलाई चाँडो सकेर शौन्दर्यकरण गर्न माग गरिएको वडाका अगुवा बाबुराम बोहोराले बताए ।
सडक विस्तारका काममा सुरुदेखि नै खटिएका युवा नेता बाबुराम पन्थी, पर्यटन व्यवसायीहरु माधबकुमार नेपाल, रामप्रसाद गौतम, माधवकुमार खनाल, उपभोक्त हीत संरक्षण मञ्चका अध्यक्ष समुन्द्र जिसी, मोहन पाण्डे, पूर्व वडाअध्यक्ष विष्णुबहादुर थापा, एमाले नेता भोजबहादुर बुढाथोकी, नागरिक अगुवा शिवबहादुर अधिकारी, महिला अगुवा बिमला श्रेष्ठ, अग्रज पत्रकार बद्रीनाथ पाण्डेलगायतका अगुवाहरुले कालिका पथको विस्तारले बुटवलको मुहार फेरिएको भन्दै चाँडो निर्माण सम्पन्न गर्ने वातावरण बनाउन आग्रह गरेका थिए ।

विकासका अधुरा काम पूरा गर्ने प्रतिवद्धता
बुटवल मुलुककै आर्थिक केन्द्र हो । अहिले मुलुकको यो प्रमुख आर्थिक केन्द्रलाई थप विस्तार गरि बर्दघाट–शिवराज बृहत् लुम्बिनी मेगासिटीको अवधारणा अगाडि सारिएको छ । अवधारणालाई साकार पार्ने र यसक्षेत्रमा अधुरा रहेका विकासका काम पूरा गर्ने एमाले उम्मेदवारहरुको प्रतिवबद्धता छ । उनीहरुले एमालेको नेतृत्वमा सुरु भएका कामको पूर्णता पनि आफुहरुकै अगुवाईमा हुने प्रतिवद्धता जनाएका छन् । नवलपरासी, रुपन्देह्ी र कपिलवस्तुलाई जोडेर बृहत मेगासिटी बनाउने अवधारणा सार्वजनिक भएको छ । यसको गुरुयोजना बनाउने प्रक्रिया सुरु भइसकेको एमाले नेता पौडेलले बताइसकेका छन् ।

नदी किनारका बस्तीलाई सुरक्षित बनाइने
सबैभन्दा धेरै जनशंख्या रहेको बुटवल वडा नं.११ का विभिन्न टोलहरुमा शनिबार भएका चुनाबी कार्यक्रममा सहभागी एमाले नेता विष्णु पौडेल र लिलागिरीलगायतका नेताहरुले तिनाउ र दानव नदि किनारमा रहेका बस्तीलाई थप व्यवस्थित र सुरक्षित बनाउने प्रतिबद्धता दोहोराएका छन् । नदी किनारालाई आकर्षक बनाउँदै त्यहाँ रहेका बस्तीको उचित व्यवस्थापन गरेर मात्रै विकासका ठूला आयोजना अगाडि बढाइने एमाले नेताहरुको प्रतिबद्धता छ ।
तिनाउ–दानव करिडोर, औद्योगिक विकास र जलपर्यटनसहितका गौरवका आयोजनालाई स्थानीयकै सल्लाह एवम् सहकार्यमा पूर्णता दिनुपर्नेमा आफुहरु दृढ रहेको उल्लेख गर्दै नेताहरुले कसैका पनि भ्रमपूर्ण र पूर्वाग्रह मिश्रित प्रतिक्रियाको पछि नलाग्न आग्रह गरेका थिए ।

स्थानीयहरुले आफुहरुलाई चित्त बुझाएर र उचित व्यवस्थापन गरेर मात्रै विकासका योजना साकार पारिने भन्ने एमालेको प्रतिबद्धताको स्वागत गरेको युवा नेता राजेन्द्र ढकालले बताए । वडाका सबै टोलहरुका अगुवाहरुमार्फत एमालेले अगाडि सारेका योजनाका बारेमा जानकारी गराइसकिएको नेता ढकालको भनाइ छ ।

तिनाउ–दानव नदी किनारमा रहेका बस्तीका बासिन्दाहरुप्रति लक्षित गर्दै नेता विष्णु पौडेलले उपयुक्त र सोही वडामै आवास तथा घडेरीको प्रबन्ध गरि करिडोरलगायतका विकासका आयोजना साकार पार्न बताइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?