© 2026
बुटवल, २४ कात्तिक ।
पश्चिम नेपाल विकास ट्रष्टले रक्तदान कार्यक्रम गरेको छ । ट्रष्टले बुटवल स्थित ब्लड बैंकमा रक्तदान कार्यक्रम गरेको हो । रक्तदान कार्यक्रम संयोजक लक्ष्मी अधिकारीका अनुसार ५१ जनाले रक्तदान गरेका छन ।
सामाजिक कामलाई निरन्तरता दिने क्रममा रक्तदान कार्यक्रम गरिएको अध्यक्ष मोमप्रसाद गुरुङले बताए । रक्तदान कार्यक्रममा ट्रष्टका अध्यक्ष मोमप्रसाद गुरुङ, उपाध्यक्ष माधवप्रसाद आचार्य, सचिव पदम घिमिरे, कोषाध्यक्ष लक्ष्मी अधिकारीसहित पदाधिकारी तथा सदस्यहरु ओमी पुन, शकुन्तला पुन, राधा बेल्वासे, देवीप्रसाद घिमिरे, अनामिका घिमिरे, मथुरा पाण्डेलगायतको उपस्थिति रहेको थियो ।
रक्तदाताहरुलाई अध्यक्ष मोमप्रसाद गुरुङसहित पदाधिकारीहरु तथा कार्यक्रममा सहभागी बेलायती नागरिकहरु आन कोनेलीले प्रशंसा पत्र प्रदान गरेका थिए । सचिव पदम घिमिरेका अनुसार ट्रष्टले अन्य कार्यक्रमहरुलाई पनि अगाडि बढाएको छ ।
दृष्टिविहिन र अपाङ्ग आश्रममा सहयोग
पश्चिम नेपाल विकास ट्रष्टले लुम्बिनी अपाङ्ग दृष्टिविहिन अनाथ आश्रम, बुटवललाई र बुटवल ११ स्थित नेपाल अपाङ्ग आश्रमलाई नगदसहित विभिन्न सहयोग गरेको छ ।
ट्रष्टका अध्यक्ष मोमप्रसाद गुरुङ, उपाध्यक्ष माधवप्रसाद आचार्य, सचिव पदम घिमिरे, कोषाध्याक्ष लक्ष्मि अधिकारीसहित पदाधिकारी तथा सदस्यहरु ओमि पुन, राधा वेल्वासे, देवीप्रसाद घिमिरे, अनामिका घिमिरे, मथुरा पाण्डेलगायतको उपस्थीतिमा सहयोग प्रदान गरिएको थियो । कार्यक्रममा वेलायती नागरिकहरु समेत सहभागी रहेका थिए । सचिव पदम घिमिरेका अनुसार दृष्टिविहिन अनाथ आश्रममा र अपाङ्ग आश्रममा नगदसहित फलफूल प्रदान गरिएको थियो ।
पाणिनी दुर्वाशेस्वरमा एभोकाडोका विरुवा रोपियो
पश्चिम नेपाल विकास ट्रष्टले अर्घाखाँची पाणिनीस्थित दुर्वाशेस्वर (सात तले ) गुफाको आसपासमा एभोकाडोका विरुवा रोपेको छ । संस्थाका शुभचिन्तक बेलायती नागरिक व्रान कोनेलीको सम्झनामा उनकी श्रीमति आन कोनेलीको सहयोगमा विरुवा रोपिएको हो ।
ट्रष्टका अध्यक्ष मोमप्रसाद गुरुङ, उपाध्यक्ष माधवप्रसाद आचार्य, सचिव पदम घिमिरे, कोषाध्यक्ष लक्ष्मि अधिकारी, सदस्य देवीप्रसाद घिमिरेलगायतको उपस्थितिमा विरुवा रोपिएको थियो । सो अवसरमा वेलायती नागरिक आन कोनेलीको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा पाणिनी गाउँपालिकाका स्वस्थ्य प्रमुख शेषकान्त घिमिरे, दुर्वाशेस्वर गुफा समितिका अध्यक्ष ढुण्डिराज भट्टराईलगायतको सहभागिता रहेको थियो ।
ट्रष्टले अर्घाखाँचीको पर्यटन क्षेत्रको विकासमा योगदान पु¥याउन पर्यटकीय महत्वको क्षेत्रमा वृक्षारोपण गरिएको अध्यक्ष गुरुङले बताए । त्यस्तै स्वास्थ्य प्रमुख घिमिरेले जिल्लाको महत्वपूर्ण स्थानमा एभोकाडोका विरुवा रोपिएकोमा प्रशंसा ब्यक्त गर्दै आगामी दिनमा पनि यस किसिमका रचनात्मक कामको अपेक्षा राखेको बताए । त्यस्तै ट्रष्टले ८० वर्षका तुल्सीराम गैरे र ७७ वर्षकी रेनुकला गैरेलाई सम्मान समेत गरेको थियो ।
ट्रष्टका सचिव घिमिरेका अनुसार वेलायती नागरिकसहित ट्रष्टको टोलीलाई अर्घाखाचीको महत्वपूर्ण स्थल पाणिनी तपोभुमि (पाणिनी दह)को पनि भ्रमण गराइएको थियो ।