Butwal Today

एमालेको युवा भेलाबाट निर्वाचन युवा परिचालन कमिटी घोषणा

२४ कार्तिक २०७९, बिहीबार
अ+
अ-

बुटवल, २४ कात्तिक ।

नेकपा एमाले तिलोत्तमा–०४ द्वारा आयोजित युवा भेलाबाट सुरेश थापाको संयोजकत्वमा १०१ निर्वाचन युवा परिचालन कमिटी घोषणा भएको छ ।

राष्ट्रिय युवा संघ नेपाल रुपन्देही जिल्ला कार्यालय सदस्य रम्भा देभी घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष, पार्टी प्रदेश सदस्य एवं क्षेत्र नं.२ युवा निर्देशक तथा अनुगमन समिति संयोजक, त्यस्तै जिल्ला पार्टी सदस्य, युवा इन्चार्ज एवं क्षेत्र न.२ युवा निर्वाचन परिचालन कमिटीका संयोजक नकुल शाही ठकुरी, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य कल्पना पाण्डे मगर, पार्टी नगर कमिटी सदस्य एवं तिलोत्तमा ४ निर्वाचन परिचालन कमिटीका संयोजक दिवाकर ढकाललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

त्यस्तै राष्ट्रिय युवा संघ नेपाल जिल्ला कार्यालय सदस्य एवं तिलोत्तमा इन्चार्ज ईश्वर न्यौपाने, राष्ट्रिय युवा संघ नेपाल जिल्ला सचिबालय सदस्य एवं तिलोत्तमा नगर अध्यक्ष दिपेश कंडेल, पार्टी नगर सदस्य एवं तिलोत्तमा ४ निर्वाचन आर्थिक संयोजक सतिश सापकोटालगायतले पनि आ–आफ्नो धारणा राखेका थिए ।