ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक
मुख्य समाचार

घरदैलोमा व्यस्त विष्णु पौडेलः भोट भन्दा विकासको चिन्ता

२४ कार्तिक २०७९, बिहीबार
२४ कार्तिक २०७९, बिहीबार

बुटवल, २४ कात्तिक ।

यतिबेला उम्मेदवारहरु विभिन्न आश्वासन बाँड्दै मतदाताको घरघरमा पुगिरहेका छन् । आफूलाई मत दिन आग्रह गर्दै उनीहरु चुनाव जितेपछि गर्ने विकासको बाचा गरिरहेका छन् । तर रुपन्देही क्षेत्र नं. २ मा प्रतिनिधि सभाका उम्मेदार रहेका विष्णु पौडेल भने मतदातालाई आश्वासन दिने भन्दा विकासको गतिले निरन्तरता पाउँछ कि पाउँदैन भन्ने कुरामा बढी चिन्तित देखिन्छन् ।

बिहीबार बिहान बुटवल–८ मा भएको घरदैलोमा पौडेलले रुपन्देहीमा अगाडि बढेका केही आयोजनाहरुका फेहरिस्त सुनाए । र उनले मतदातासँग विकासको मूल्यांकन गरेर सही ठाउँमा मतदान गर्न आग्रह गरे ।

रुपन्देहीमा अगाडि बढाइएका विभिन्न विकासे आयोजनाहरु पुर्व अर्थमन्त्री समेत रहेका पौडेलको पहलमा अगाडि बढेका हुन् । तिनाउ–दानव कोरिडोर निर्माण र त्यहाँका प्रभावित जनताको व्यवस्थान, कालिगण्डकी–तिनाउ डाइभर्सन, भैरहवामा बनेको गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमास्थलको सञ्चालन, बुटवलमा बनेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको सञ्चालन, बुटवल–नारायणगढ सडक बिस्तार, बुटवल–बेलहिया सडक बिस्तार, बुटवलमा सिग्नेर पुल निर्माण र बुटवल–चन्द्रौटा ६ लेन सडक बिस्तार लगायतका दर्जन बढी बिकास योजना रुपन्देहीको मुहार फेर्ने परियोजनाहरु हुन् ।

लुम्बिनी गुरुयोजना, मुलुककै लामो सैनामैना चक्रपथ, मोतिपुर औद्योगिक क्षेत्र, सैनामैनामा लामिरह जलासय निर्माण, बुटवल–बेथरी सडकलगायत योजनाहरु सम्पन्न गरी रुपन्देहीलाई विकासको रोलमोडल बनाउने परिकल्पना गरेका पूर्व अर्थमन्त्री विष्णु पौडेल यतिबेला चुनावी अभियानमा व्यस्त छन् ।

आगामी मंसिर–४ मा हुने निर्वाचनका लागि रुपन्देही–२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका नेकपा एमालेका उपाध्यक्ष पौडेलले घरदैलो अभियान तथा जनतासँगको छलफलमा समेत आफूले सुरु गरेका, सम्पन्न भएका तथा परिकल्पना गरेका बिकास योजनामा बढी चिन्तित देखिएका छन् । राजनीतिक भाषण र अरुको आलोचना कम, विकास योजनाबारे बढी ध्यान केन्द्रित गरेका पौडेललाई आफ्नो चुनावभन्दा बढी बिकास योजनाहरु सम्पन्न गर्नेतर्फ गम्भीर देखिन्छन् । विभिन्न सार्वजनिक कार्यक्रम तथा सभा सम्मेलनमा समेत आफूलाई अरुको टिप्पणी गर्ने फुर्सद नभएको बताउने गरेका पौडेलले आफ्नो निर्वाचन क्षेत्र मात्र नभई रुपन्देहीलाई बिकासको नमुना मानकको रुपमा स्थापित गर्नेतर्फ आफ्नो ध्यान रहेको बताउने गरेका छन् ।

बिहीबार बुटवल उपमहानगरका वडा नम्बर ११ र वडा नम्बर ८ मा घरदैलो अभियानसहित पुगेका पौडेलले आफ्ना विकास योजनाहरु दोहोर्याउँदै ती योजना सफल पार्नका लागि राजनीतिक स्वार्थभन्दा माथि उठेर साझा मानसिकताले अघि बढ्नुपर्नेमा जोड दिए । कसैको आलोचना र टिकाटिप्पणीबाट मुलुकको विकास नहुने कुरा स्पष्ट पार्दै पौडेलले विकासका कामहरुमा जनतालाई भ्रमित र आतंकित बनाउनेहरुसँग सचेत रहनसमेत आग्रह गरे । विकासको नाममा कसैलाई पनि घरबारविहीन नबनाइने प्रतिवद्धता व्यक्त गर्दै उनले बुटवलमा सुरु गरिएका विभिन्न विकासे योजनाहरुमा राजनीतिक स्वार्थ साँधेर आतंकित पार्ने र गलत व्याख्या गरी जनता उराल्नेहरुसँग सचेत रहन आग्रह गरे । जनताको सुरक्षित बासपछि मात्रै बिकास निर्माणका काम अघि बढ्ने बताउँदै उनले मुलुकलाई समृद्धितर्फ लैजानका लागि विकास योजनाबारे छलफल गर्न आवश्यक रहेको बताए । आफूलाई चुनावमा हुने जितहारभन्दा बढी विकास योजनाबारे चिन्ता हुने गरेको उनले बताए ।

आगामी मंसिर ४ गतेको निर्वाचनमा जनताले अधुरा विकास योजनाहरु पूरा गर्ने जिम्मेवारी एमालेलाई सुम्पिने विश्वास व्यक्त गर्दै मुलुकलाई अब समृद्धितर्फ लैजानुपर्नेमा जोड दिए । मुलुक चरम आर्थिक संकट र बेरोजगारीमा फसेकोप्रति चिन्ता व्यक्त गर्दै पौडेलले वर्तमान गठबन्धन दलले देशलाई सही ट्रयाकमा हिँडाउन नसकेको बताए । ‘मुलुकलाई सही बाटोमा ल्याएर हिंडाउनका लागि नेकपा एमालेकै नेतृत्व आवश्यक छ’–पौडेलले भने, ‘मंसिर ४ पछि मुलुकको नेतृत्व एमालेले गर्छ । तपाईहरु ढुक्क भएर मतदान गर्नुहोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?