Butwal Today

मेटमणि चौधरीमाथि कारबाही गर्न निर्वाचन आयोगलाई पत्राचार

२३ कार्तिक २०७९, बुधबार
अ+
अ-

काठमाडौं, २३ कार्तिक

मधेसी आयोगले शहरी विकास मन्त्रीसमेत रहेका मेटमणि चौधरीलाई कारबाही गर्न निर्वाचन आयोगलाई पत्राचार गरेको छ ।

दाङ १ मा गठबन्धनबाट उम्मेदवार रहेका चौधरीलाई कार्तिक २१ गतेको एक टेलिभिजनबाट प्रसारित कार्यक्रममा मधेशीविरुद्ध अपमानजनक अभिव्यक्ति दिएको भन्दै मधेशी आयोगले कारबाहीका लागि पत्राचार गरेको हो ।

चौधरीले मधेशी समुदायलाई ‘विवेकहीन र चेतना नभएको समुदाय रहेको’ जस्तो विभेदपूर्ण र जातीय विभेदमा केन्द्रित भाषण गरेको भन्दै आयोगमा उजुरी परेको छ । न्युज कारखाना