ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

तराई मधेस जनता पार्टी (टाइगर्स) ले निर्वाचन बहिष्कार गर्ने

२२ कार्तिक २०७९, मंगलवार
२२ कार्तिक २०७९, मंगलवार
भैरहवा, २२ कात्तिक

सरकारले आफूहरूसँग गरेकाे सम्झौता कार्यान्वयन नगरेकाे भन्दै तराई मधेस जनता पार्टी (टाइगर्स)ले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बहिष्कार गरेकाे छ । भैरहवामा मंगलबार पत्रकार सम्मेलन आयाेजना गर्दै ०७५ सालमा सरकारसँग भएको ११ बुँदे सम्झौता अझै कार्यान्वयन नभएको, तराई मधेसका मुद्दाहरू यथावत रहेको, मधेशवादी दलले पनि मधेशका मुद्दा बिर्सेर व्यक्तिगत स्वार्थमा लिप्त भएको  उसले आराेप लगाएकाे छ ।

पार्टीका सचिव मेजर पाण्डेले तराई मधेशको मसिहा दाबी गर्नेहरूले तराई मधेशका मुद्दा उठाउनु पर्ने, मधेशी युवालाई सहिद बनाउँदै मुख्य मुद्दालाई बिर्सेर स्वार्थमा लागेको, मधेशका लिडर नभई डिलर बनेकाे आरोप लागए ।

उनीहरू सपना र आश्वासन बाँढेर स्वार्थ पूरा गर्न सिंहदरबार गएकाे बताए । ‘सरकारको आग्रहअनुसार वार्ताबाट शान्ति प्रक्रियामा आए पनि सरकारले वास्ता गरेको छैन, निर्वाचन आयोगमा दर्ता भएर निर्वाचनमा जाने इच्छा हुँदाहुँदै माग सम्बोधन नभएकोले बहिष्कार गरेका छाैं,’ उनले भने । आफुहरू शान्तिपूर्ण रुपमा अन्य दलले जस्तैं राजनीति गर्न खाेजेको र त्यसका लागि सरकारले सहयोग गर्नु पर्ने उनले बताए ।

पार्टीले कार्यकर्तामाथी लागेको झूठा मुद्दा खारेज गर्न, सहिद परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन, फरार सूचीबाट हटाएर देशमा शान्तिपूर्वक बस्ने वातावरण मिलाउन, सुकुम्बासी समस्या समाधान गर्न, नागरिकताको समस्या समाधान गर्न, भ्रष्टचारीकाे सम्पत्ति छानबिन गरी सरकारीकरण गर्न, सविधान सम्साेधन गर्न, पूर्ण समानुपातिक निर्वाचान प्रणाली लागू गर्न, मधेशमा स्वाधिनता लागु गर्न, एमसिसी खारेज गर्न, किसानको समस्या समाधान गर्न, देशको कार्यकारिणी प्रमुख प्रत्यक्ष जनताको मतदान द्वारा चुन्न र  बेरोजगारीलाई स्वदेशमा रोजगारीको ग्यारेन्टी गर्न माग गरेको छ ।

पार्टीका केन्द्रीय सदस्य ध्रुव शर्माले मधेशवासीकाे अधिकारमाथि घात गरी सात लाखभन्दा बढी नागरिकलाई नागरिकताबाट बञ्चित गराएकोले र सुकुम्बासी समस्या समाधान गर्न पहल नगरेकोको निर्वाचनलाई बहिष्कार गरेको बताए ।

याे पर्टीले २६ मंसिर ०७१ मा सरकार समक्ष हतियार बुझाई शान्तिवार्ता पश्चात १५ भदाै ०७५ मा गृह मन्त्रालयमा ११ बुँदे शन्ति सम्झौता गरेकाे थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?