ट्रेंडिंग:

>> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै

सुनचाँदी व्यबसायीद्वारा कालोबजारी रोक्न माग

२२ कार्तिक २०७९, मंगलवार
२२ कार्तिक २०७९, मंगलवार

बुटवल, २१ कात्तिक ।

रुपन्देही सुनचाँदी व्यबसायी संघले सुनकोे अभाव र कालोबजारी रोक्न माग गर्दै नेपाल सुनचाँदी व्यबसायी महासंघलाई ज्ञापनपत्र बुझाएको छ ।

संघको नेतृत्वमा बजारमा भएको छापावाला सुनको चरम अभाव तथा कालोबजारी, बजारमा कच्चा सुनको अभाव देखिएपछि तत्काल आपूर्ति वृद्धि गर्न माग गर्दै नेपाल सुनचाँदी व्यवसायी महासंघलाई ५ बुँदे ज्ञापनपत्र बुझाएको हो ।

रुपन्देही सुनचाँदी व्यवसायी संघको नेतृत्वमा सोमबार जिल्लाका सुनचाँदी व्यबसायीहरुका समस्याहरु सम्बन्धमा नेपाल सुनचाँदी व्यबसायी महासंघलाई जानकारी गराई समस्या समाधानको लागि ध्यानाकर्षण गराउने उद्देश्यले ज्ञापनपत्र बुझाइएको महासचिव सिताराम रसाइलीले बताए ।

जिल्लाका व्यवसायीले व्यवसाय मैत्री करोबार सञ्चालन ऐन लागु गर्न, एशोसिएट सदस्यता खारेज गर्न तथा कालोबजारी अन्त्य गर्न नेपाल सुनचाँदी व्यवसायी महासंघले खाका तयार गर्नुपर्ने संघको माग छ । बजारमा सुन अभाव भएकाले व्यवसाय बचाउन विचौलियाहरुसँग महंगोमा सुन खरीद गरेको रुपन्देहीका सुन व्यवसायीहरुले बताएका छन् ।

ज्ञापनपत्रमा सुनको आपूर्ति वृद्धि गर्न र त्यसको आपूर्ति न्यायोचित र पारदर्शी वितरणको लागि महासंघ तत्काल लाग्नुपर्ने, राज्यका सम्बन्धित निकायसंग समन्वय गरी सुनको कालोबजारी अन्त्य गर्न अविलम्ब लाग्नुपर्ने, एशोसिएट सदस्यहरुबाट कोटाको सुन निकासीमा अनियमितता गरी कालोबजारी गरेको भन्ने गुनासो आएको हुँदा त्यसको छानबिन गरी दोषीलाई कारबाही गर्ने र सदस्यता समेत खारेज गर्नुपर्ने, सुनको आपूर्तिको दीर्घकालिन समाधानको लागि कोटा प्रणलीको अन्त्य र व्यवसायीहरुको आवश्यकता अनुसार सहज रुपमा सुन किन्न सक्ने व्यवस्था मिलाउन राज्यसंग अबिलम्ब पहल गर्ने र लामो समयदेखि थाती रहेको सुनचाँदी व्यवसाय सम्बन्धी नियमावली तथा निर्देशिका पारित गर्ने कुरामा गम्भीर रुपमा लाग्नुपर्ने ज्ञापनपत्र मार्फत आग्रह गरिएको छ ।

ज्ञापनपत्र बुझाउँदै रुपन्देही सुनचाँदी व्यबसायी संघका अध्यक्ष रामकिसन विश्वकर्माले बिभिन्न बहानामा व्यवसायीले सुनचाँदी व्यवसायका लागि आवश्यक पर्ने कच्चा सुन र चाँदी बजारमा प्रयाप्त नहुँदा कालोबजारी गर्ने गिरोहले मौकाको फाइदा उठाइरहेको कालोबजारीको रुपमा अधिक मूल्य तिरेर सुन खरिद गर्न वाध्य हुनु नै अहिलेको मुख्य समस्या भएको बताउदै यस्ता किसिमका व्यावसायिक समस्या अन्त्यका लागि संस्थाहरुले उठाएका मागलाई महासंघले नेतृत्वदायी भूमिका खेल्न आग्रह गरे । नेपाल सुनचाँदी व्यवसायी महासंघका विज्ञ परामर्श समिति संयोजक प्रेम कुमार सेन्चुरीले सरकार, व्यवसायी र उपभोक्ता सबैलाई सहज हुनेगरी आपूर्तिको विकल्प खोजिनु पर्ने बताए । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले व्यवसायीको हकहितको लागि महासंघ सदैव तत्पर रहेको बताए । बजारमा सुनचाँदीका गरगहना बनाउने कच्चा पदार्थ अभाव र माग अनुसार आपूर्ति नहुँदा ग्राहकहरूको माग अनुसार बजारमा सुनचाँदी दिन सक्ने अवस्था नभएको बताउदै उनले ६ महिनादेखि सरकारले विदेशी मुद्रा सञ्चितिको कमी भएको भन्दै सुन आयातमा कटौती गर्दा व्यवसायीहरू मारमा परेको बताए । नेपाल सरकारले गत वैशाखदेखि दैनिक २५ किलोसम्म आयात हुने गरेको कोटामा कटौती गरी १० किलोमा झारेकाले अहिले बजारमा सुनको अभाव देखिएको व्यवसायीहरूको गुनासो छ ।

कार्यक्रममा महासंघका उपाध्यक्ष जोगलाल बिश्वकर्मा, दिएस रत्न शाक्य, पवन सोमानी, महेन्द्ररत्न शाक्य, महासचिव धर्म सुन्दर बज्राचार्य, सचिव किरणभाइ बज्राचार्य, कोषाध्यक्ष सुदिप क्षेष्ठ, संस्थापक अध्यक्ष मणिरत्न शाक्य, सल्लाहकार विक्रम सुनार, डिल बहादुर खाती, गोकुल कालिराज दिपक कौशल, सिताराम रसाइली लगायतले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?