ट्रेंडिंग:

>> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य

दलहरुले भने–‘आचार संहिता पालना गछौं’

२१ कार्तिक २०७९, सोमबार
२१ कार्तिक २०७९, सोमबार

बुटवल, २१ कात्तिक ।

लुम्बिनी प्रदेशमा क्रियाशिल राजनीतिक दलहरुले निर्वाचन आचारसंहिता पूर्ण रुपमा पालना गर्ने गराउने प्रतिवद्धता जनाएका छन् । निर्वाचन आचारसंहिता नैतिक र कानुनी बन्धन भएकाले त्यसमा आमसंचार पनि संवेदनशील रहेको उनीहरुले बताएका हुन् ।

संवाद समूह लुम्बिनीले बुटवलमा आयोजना गरेको आसन्न निर्वाचनमा जारी आचारसंहिता पालनमा राजनीतिक दलहरुको प्रतिवद्धता विषयक कार्यक्रममा सहभागी नेताहरुले स्वतन्त्र र निश्पक्ष चुनाव र आचार संहिता पालनामा प्रतिवद्ध हुने बताए ।

दलका नेताहरुले दलले आचार संहिता मिचेका बारेमा निर्वाचन आयोग, प्रशासन र संचारमाध्ययमले पनि निगरानी राख्न र गलतलाई कारबाही प्रक्रियामा लैजान सघाउन आग्रह गरे । कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सदस्य विष्णुप्रसाद पोखरेलले कांग्रेस सत्ताधारी पाटी भएपनि आचारसंहिता मिच्ने र जनतालाई अनावश्यक रुपमा प्रभावित पार्ने काममा नलागेको बताए ।

‘हामी र हाम्रा समर्थकहरुबाट कहीं कतै आचार संहिता विपरित काम भएको भए निश्पक्ष छानविन होस्,’ उनले भने । एमाले नेता नन्दीकिशोर ढकालले निर्वाचनमा सबै दल र उमेदवारको एउटै हैसियत हुने भन्दै जनता प्रभावित पार्ने र आचारसंहिता मिच्नेलाई कानुनी कारबाहीमा लैजान आग्रह गरे ।

माओवादी केन्द्रका निर्दोष अलीले प्रशासन, निर्वाचन आयोग र नागरिक समाज निष्पक्ष भएर अनुगमन गरे दलहरु सच्चिने बताए । नेकपा एकीकृत समाजवादीका सरीता श्रीसले आचारसंहिता कार्यान्वयन भए नभएको अनुगमन गर्न नागरिक समाज र संचारकर्मीलाई आग्रह गरिन् । जसपाका मनिकर कार्कीले आचारसंहिता मिच्ने, निर्वाचन विथोलिने र समुदायमा भ्रम छर्ने काम आफ्नो पार्टीबाट नहुने बताए ।

राष्ट्रिय जनमुक्ति पार्टीका महासचिब टोप अस्लामीले आचारसंहिता पालनामा सबै दलहरुले जस्तै एक्यवद्धता जनाए । राप्रपाका प्रदेश अध्यक्ष प्रदिप उदयले पनि निर्वाचन आयोगद्वारा जारी आचारसंहिता पालना गर्ने प्रतिवद्धता जनाए । राष्ट्रिय जनमोर्चाका टान बहादुर केसीले साना दललाई ऐन ठुला दललाई चैन हुन नहुने बताए ।

निर्वाचन कार्यालय लुम्बिनी प्रदेशका प्रतिनिधि टेकराज पन्थीले सबै नीतिको मूल नीति राजनीति भएकाले दलहरुले आफू र आफ्ना समर्थकलाई आचारसंहिता पालनामा प्रतिवद्ध बनाउने हो भने समस्या नहुने बताए । कतै स्वतःस्फूर्त अनुगमन गरेर त कतै उजुरी परेका आधारमा आयोगले आचारसंहिता पालना नगर्नेलाई कारबाहीको दायरामा ल्याएको उनले जनाए ।

संवाद समूह लुम्बिनीका सहजकर्ता बिक्रम खड्का, आन्तरिक मामिला, कानून तथा संचार मन्त्रालयका प्रतिनिधि माधव शर्मा, राष्ट्रिय मानव अधिकार आयोग बुटवलका अधिकृत दीपक ठाकुर, इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठग बहादुर केसी, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, अधिवक्ता महेन्द्र प्रसाद पाण्डे, मानवअधिकारकर्मी रीमा बिसी लगायतले आ आफ्नो भनाई राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?