ट्रेंडिंग:

>> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य
मतदाता शिक्षा सहर केन्द्रित

ग्रामीण क्षेत्रका नागरिक भन्छन्ः भोट हाल्ने तरिका सिकाउनै आउँदैनन्

२१ कार्तिक २०७९, सोमबार
२१ कार्तिक २०७९, सोमबार

बुटवल, २१ कात्तिक ।

संघीय र प्रदेश तहको निर्वाचन आउन अव मात्र १४ दिन बाँकी छ । निर्वाचनको मिति नजिकिंदै जाँदा निर्वाचन आयोगले मतदाता शिक्षा भने गाउँ तहसम्म पु¥याउन सकेको छैन । ग्रामीण क्षेत्रका बासिन्दाले भोट हाल्ने तरिका सिकाउन कोही नआएको बताउँछन् ।

रुपन्देही मर्चवारका उमेश गुप्ताले भने–“राजनीतिक दलहरु चुनाव प्रचारमा आउँछन्, जान्छन्, तर भोट हाल्ने तरिका सिकाउँदैनन् ।” उनका अनुसार आयोगका कर्मचारी पनि मतदाता शिक्षा लिएर गाउँ तहसम्म आएका छैनन् ।

रुपन्देहीको सियारी गाउँपालिका–३ कि उमावती कहाँरले मतदाता शिक्षाबारे थाहा नभएको बताइन् । “पहिले पनि भोट त हालेको हो, तर कोही सिकाउन आएनन्, अहिले पनि सिकाउन आएका छैनन्”–उनल े भनिन् ।

रुपन्देही जिल्लामा १६ वटा स्थानीय तह छन् । जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले सबै पालिकाहरुमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन भैरहेको दावी गरेको छ । “हामीले १६ वटै स्थानीय तहमा मतदाता शिक्षा कार्यक्रम चलाइरहेका छौं, कतिपय ठाउँमा नपुगेको हुन सक्छ, हामी क्रमशः सञ्चालन गर्छौं”–जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्या भण्डारीले भने ।

कर्यालयले रुपन्देहीका १५५ वटा वडामा मतदाता शिक्षा सहजकर्ता परिचालन गरेको छ । ती सहजकर्ताहरुलाई अनुगमन अधिकृतहरुले तालिम दिइरहेको र उनीहरुले नागरिकलाई मतदाता शिक्षाबारे जानकारी गराउने भण्डारीले बताए ।

म्तदाता शिक्षाका लागि खटिने सहजकर्ताहरु ततालिमपछि मात्र कार्यस्थलमा खटिने र उनीहरुले मत बदर हुन नदिने गरी कार्यक्रम सञ्चालन गर्ने निर्वाचन कार्यालयले जानकारी दिएको छ । “निर्वाचनमा सहज रुपमा मतदान गर्ने वातावरण बनाउन र मतदान बदर हुन नदिन सहजकर्ताहरुलाई वडा स्तरमा पठाइएको छ । उनीहरूले नमुना मतपत्र, मतादाता शिक्षा हाते पुस्तिका, निर्वाचन आचार सहिंता, मतपत्रमा छाप लगाउने सही तरिका, मतदान बदर हुनसक्ने अवस्था जस्ता विषयमा तयार परिएका मतदाता शिक्षा सामग्री सहित शिक्षा दिनेछन्”–उनले भने ।

सहजकर्ताले नागरिक जम्मा हुने सार्वजनिक स्थल, पार्टी कार्यालय, गाउँटोल र बजारमा पुगेर मतदाता शिक्षाको बारेमा नागरिकहरुलाई सहजीकरण गर्नेछन् । चार वटा मतपत्रमा चार वटा चिह्नमा मतदान गर्नुपर्ने भएकाले मतदाता झुक्किन सक्ने सम्भावनालाई यो शिक्षाले सहजता प्रदान गर्ने निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

रुपन्देहीमा २०८ वटा मतदान स्थलबाट निर्वाचन हुँदै छ, जसमा ७०२ वटा मतदान केन्द्र छन् । रुपन्देहीको हकमा प्रत्यक्ष तर्फको मतपत्रबाहेक सबै निर्वाचन सामग्रीहरू आइसकेको छ । अब यसलाई आवश्यकताअनुसार बाँडफाँट गर्ने र पठाउनुभन्दा अगाडिको अवस्थासम्मको लागि तयारी अवस्थामा राख्न कार्यालय लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?