ट्रेंडिंग:

>> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा
चिन्ता फरक फरक

उम्मेदवारलाई भोटको, किसानलाई धानको मूल्यको

२१ कार्तिक २०७९, सोमबार
२१ कार्तिक २०७९, सोमबार

लमही, २० कात्तिक ।

मंसिर ४ गते हुने आम निर्वाचनको चटारो नेताहरुलाई जति छ, किसानलाई पनि धान भित्र्याउने र भित्र्याएको धान बिक्री गर्ने चटारो उत्तिकै छ । नेताहरु भोट माग्दै घरदैलोमा पुगे पनि ‘मानो रोपेर मुरी’ भित्र्याउन लागेका किसान भने धानको उचित मूल्य नपाउँदा चिन्तित देखिएका छन् ।

एकाविहानैदेखि साँझ अबेरसम्म नेताहरु भोट माग्न खेत खेतमै दौडधुपमा छन्, किसान पनि खेतबारीमै धान काट्ने , भित्र्याउन देखि धान विक्री सम्मको काममै व्यस्त छन् ।

किसान काममै व्यस्त रहँदा उम्मेदवार बनेका नेताहरु भने खेतबारीमै पुगेर आफ्नो पक्षमा भोट मागिरहेका छन् । उम्मेदवारहरु खेतबारीमै पुगेपनि असारमा धान रोप्ने समयमा मलसँगै पानीको हाहाकार बेहोरेका किसानलाई यस वेला धानको उचित मूल्य नपाउँदा भने ‘हर्ष न बिस्मात’ जस्तै छ ।

आफ्ना उम्मेदवार काम गर्ने ठाउँमै आएकोमा किसानहरु न खुशी व्यक्त गर्न सकेका छन्, न खुलेरै दुःख व्यक्त गर्न सकेका छन् । ‘नेताले के गर्छन् र उनीहरुको कुरा किन सुन्नु प¥यो ?,’ लमही नगरपालिका–४ कि खिमा कुमालले प्रश्न गरिन् । निर्वाचनको मितिसमेत थाहा नपाएकी उनले नेताले भनेको के नै हुन्छ र जस्तो लाग्ने गरेको बताइन् । दशैंमा परेको अविरल वर्षाले सबै धान डुबेपछि चिन्तामा रहेकी कुमालले आफूहरुको दुःख हिजोजस्तै आज पनि उस्तै रहेको बताइन् ।

‘नेताहरु त आउँछन्, भाषण गरेर जान्छन्, उनीहरुले केही गर्दैनन्,’ उनी भन्छिन्, ‘यहाँ पहिले पनि डुवान हुन्थ्यो आज पनि डुवान हुन्छ । के पाएका छौँ र हामीले ?’
उनले समयमै मल पाउन नसकेको भन्दै अहिले भारतीय बजारबाट मल ल्याएर धान फलाएको तर मेहेनत अनुसारको मूल्य नभएको गुनासो गरिन् ।

कुमालको गुनासो जस्तै सोही वडाकै अर्का किसान छोटेलाल चौधरीले आफ्नो धान डुवानमा पर्दा नोक्सान भएको पीडा सुनाए । नेताहरुले अघिल्लो निर्वाचनमा डुवानको समस्या समाधान गर्ने बताएको भए पनि केही नगरेको उनको गुनासो छ । ‘नेताहरुको कामसाम केही होइन, कुरामा मात्रै गर्छन,’ उनले भने । चौधरीले भोट माग्न नेताहरु आएमा सरकारले धान खरिद गरिदिन र डुवानको समस्याका बारेमा फेरि जानकारी माग राख्ने बताए ।

किसान आफूहरुले जिताएर पठाएका नेताहरुले केही गरेनन् भन्दै गर्दा मंसिर ४ गतेको आम निर्वाचनका लागि उम्मेदवार भएका नेताहरु भने जनतालाई रिझाउन खेतबारीमै पुगेका हुन् । उनीहरु धान काट्न सघाउने सम्मको गतिविधि गर्न भ्याएका छन् । देउखुरी धान उत्पादनको हिसावले निक्कै अगाडि छ । उत्पादन गरेको धान सहज रुपमा उचित मूल्यमा बिक्री नभएको किसान वताउँछन् । अहिले देउखुरीमा मसिनो धान प्रति क्वीन्टल २७ सय र मोटा धान २३ सय रुपैयाँ क्वीन्टलमा बिक्री भइरहेको किसानहरु बताउँछन् ।

क्षेत्र नम्बर–१ मा गठबन्धनबाट नेकपा एसका सहरी विकास मन्त्री मेटमणि चौधरी उम्मेदवार छन् । एमालेबाट शान्ता चौधरी उम्मेदवार छिन् । उनीहरुको चुनावी प्रचारप्रसार पनि आक्रामक छ । क्षेत्र नम्बर–२ बाट गठबन्धनबाट माओवादी केन्द्रकी नेतृ रेखा शर्मा र एमालेबाट पार्टीका महासचिव शंकर पोख्रेल र क्षेत्र नम्वर ३ वाट गठवन्धनबाट दिपक गिरी र एमालेवाट कोमल वली प्रतिस्पर्धामा छन् । उनीहरुको पनि चुनावी गतिविधि तीब्र भइरहेको छ । उम्मेदवारहरु जनताको सेन्टिमेन्ट कसरी क्याच गर्न सकिन्छ भन्नेमै ध्यान केन्द्रित गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?