ट्रेंडिंग:

>> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ

आचारसंहिता उल्लंघनमा आयोगको मौनता

२१ कार्तिक २०७९, सोमबार
२१ कार्तिक २०७९, सोमबार

१३ दिनपछि हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनको प्रचार प्रसारका क्रममा आचारसंहिता उल्लंघनका घटना बढेका छन । निर्वाचन आयोगले आचारसंहिता उल्लंघन भए आयोग चुप लागेर नबस्ने चेतावनी दिईरहेको बेला दलका उम्मेदवारहरुले भने आचारसंहिताको ठाडो उल्लंघन गरिरहेका छन । आयोगले यसअघि आचारसंहिता उल्लंघनका घटनामा कारवाही गर्ने चेतावनीसहित उम्मेदवारहरुलाई नसिहतपत्र पठाएपनि उल्लंघनका घटना रोकिएका छैनन् । निर्वाचन निश्चित रुपमा गतिशील लोकतन्त्रको आत्मा हो । आवधिक निर्वाचन आजको आवश्यकता हो, अपरिहार्यता हो । निर्वाचनविना कुनैपनि लोकतन्त्रको परिकल्पना गर्न सकिन्न । निर्वाचन नै यस्तो लोकतान्त्रिक पद्धति हो जसबाट देशका जनप्रतिनिधिहरूको निष्पक्ष प्रतिनिधित्व देशको संसदमा संभव छ तर निर्वाचन निष्पक्ष भएन भने त्यसले ल्याउने दुष्परिणामको कल्पनासम्म गर्न सकिदैन । निर्वाचन निष्पक्ष, धाँधलीरहित, भयविहीन वनाउन अहिले सवै राजनैतिक दलहरुको प्रतिवद्धता आउनु जरुरी छ । त्यसको सर्तका रुपमा आयोगले जारी गर्ने आचारसंहितालाई मेरुदण्ड ठानिनु आवश्यक छ । तर, आचारसंहिता उल्लंघनका घटना बढ्न थालेका छन । यसले भयरहित र स्वतन्त्र निर्वाचनको ग्यारेन्टीमा अवरोध सिर्जना हुनेछ ।

पाँच वर्षका लागि हुन लागेको प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनले मुलुकलाई स्थीरता प्रदान गर्ने जनताको आशा र अपेक्षा हो । नेपाली जनताले यही चाहेका छन– नेपालमा स्थीर सरकार बनोस, विकासका काम होस् । भ्रष्टाचार नियन्त्रण होस । मुलुकमा राम्रो सिस्टम बसोस् । यति पवित्र उद्देश्यका लागि हुन लागेको निर्वाचनमा अहिलेदेखि तगारा देखिन थालेका छन । निर्वाचन आयोगले जारी गरेको संहिताको धज्जी उडाउने काम भैरहेको छ । आयोगले जारी गरेको निर्देशनको उल्लंघन भैरहेको छ । आयोग समेत गुमराहमा परेको देखिन्छ । आफैले जारी गरेको आचारसंहिता उल्लंघन हुँदा पनि आयोग पत्र काट्नुबाहेक अरु केही गर्नै सक्दैन् । निर्वाचन आयोगले लागू गरेको आचारसंहिता सहीरूपमा प्रयोग नहुनुले पनि निर्वाचनको निष्पक्षतामा प्रश्न उठ्ने गर्दछ । आयोगले काटेका पत्रलाई पनि बेवास्ता गरिन्छ । निर्वाचन आयोगको निर्देशन नमान्नु भनेको निर्वाचनमाथि ठाडो चुनौति दिनु हो । निर्वाचन आयोग कारवाही गर्नमा खुट्टा कमाउने काम नगरोस् । निर्वाचन आयोग निष्पक्ष, तटस्थ र स्वतन्त्र संवैधानिक निकाय हो । यसको आदेशको पालना गर्नु भनेको निर्वाचनलाई निष्पक्ष गराउन प्रतिवद्धता जारी गर्नु हो । आचारसंहिता जारी हुँदा पनि त्यसको कार्यान्वयनमा दलहरुको उदासिनता देखिनु गंभीर विषय हो । आयोगले अहिले जति पनि काम गरेको छ र जति निर्देशन जारी गरेको छ, त्यसको पूर्ण पालनामा दलहरुको प्रतिवद्धता नदेखिनु चिन्ताको विषय हो । यद्यपि दलहरुले बोलाएको बैठकमा दलहरुले आचारसंहिता पालनामा प्रतिवद्धता जनाएका छन तर आफैले गरेको प्रतिवद्धता पालनामा हेलचेक्राई गरिनु अनुशासनहिनताको पराकाष्ठा हो । पछिल्लोपटक आचारसंहिता उल्लंघनका घटना बढेकोमा निर्वाचन आयुक्त सगुन शमसेर जबराले चिन्ता प्रकट गर्दै यही अवस्था रहे आयोग चुप लागेर नबस्ने चेतावनी दिनुभएको छ । आयोगको यो चेतावनी दलका उम्मेदवारले कत्तिको पालना गर्छन त्यो भने अहिलेका दैनिक गतिविधि र घटनाक्रमले देखाउने छन् । आचारसंहितमा कडाई गर्ने हो भने आयोग अव कठोर हुनु जरुरी छ । निर्वाचनको सम्पूर्ण जिम्मा लिएको आयोग आफै निरीह हुने हो भने निर्वाचनमाथि स्वच्छताको प्रश्न उठ्नु स्वाभाविक छ । तसर्थ आयोग निर्भीक भएर निर्वाचनमा होमिनु अहिलेको आवश्यकता पनि हो । उल्लंघनका घटनामा कारवाही नहुँदा आयोगको काम औपचारिकता मात्रै हो भन्ने ठानियो भने त्यसले भोलिका दिनमा झनै समस्या निम्त्याउने छ । तसर्थ निर्वाचन सम्पन्न गराउने जिम्मा लिएको आयोगले आचारसंहिता उल्लंघनका घटनामा पत्रमात्रै काट्ने होइन कारवाही नै गर्ने हिम्मत गर्नुपर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?