ट्रेंडिंग:

>> गण्डक सिँचाइमा पुस पहिलो साता पानी प्रवाह हुने >> किन बढिरहेछ पुराना दलहरूप्रति वितृष्णा ? >> किसानको माग सम्बोधनमा किन उदासीन ?  >> भूकम्पबाट १ हजार २ सय ११ घरमा क्षति  >> गृहिणीबाट सफल उद्यमी बनेकी सुस्मा >> पृथ्वीचन्द्र अस्पतालको अनियमितताबारे अख्तियारको चासो  >> प्लाइउड उद्योगमा किन गोदाम गरिन्छ युरिया मल ? >> ११ केन्द्रीय सदस्यसहित अनुशासन र लेखा आयोग पदाधिकारी निर्विरोध निर्वाचित >> एमाले महाधिवेशनमा आज मतदान, ओली-पोखरेल समूहबीच प्रतिस्पर्धा >> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ?

जनताको आवश्यकता नै मेरो प्राथमिकता ः उम्मेद्वार केसी

२० कार्तिक २०७९, आइतबार
२० कार्तिक २०७९, आइतबार

बुटवल, २० कात्तिक ।

रुपन्देही क्षेत्र नं. २ (१) बाट प्रदेश सभा सदस्य पदका उम्मेदवार दीर्घबहादुर (कुमार) केसीले जनताको आवश्यकता नै आफ्नो प्राथमिकता बताएका छन् । ‘स्वास्थ्य शिक्षा विकास निर्माण जनताको आवश्यकता नै मेरो प्राथमिकता हो’– उनले भने, ‘चुनाव जितेर गएपछि पनि म प्रत्येक महिना जनताको माझमा आउने छु, जनताका थप आवश्यकताहरु के छन् भनेर सोध्ने छु ।’

जनताको आवश्यकता र माग अनुसारको काम गर्ने प्रतिवद्धता व्यक्त गर्दै यदि काम गर्न नसके त्यसको प्रष्ट जवाफ दिने बताए । केसीले भने –‘एमाले उम्मेदवार लिला गिरीसंग यस अगाडिको निर्वाचनमा गरेका बाचा कहाँ गए भनेर प्रश्न गर्न पनि आग्रह गरे ।’ २०७४ को प्रदेश सभा निर्वाचनमा एमाले उम्मेवार लिला गिरी निर्वाचित हुनु भएको थियो भने प्रदेश सरकारमा उहाँ मन्त्री समेत हुनु भएको थियो । चुनावमा उहाँले प्रदेशको राजधानी बुटवलमा राख्ने प्रतिवद्धता व्यक्त गरेर भोट मागे पनि निर्वाचन जितेपछि राजधानी सार्ने काममा मुख्यमन्त्री शंकर पोखरेलाई सहयोग गरेको आरोप लाग्दै आएको छ ।

चुनावी प्रचार प्रसार अभियान अन्तरगत मतदाताको घरदैलोमा पुगेका केसीले जनतामाझ आफ्नो प्रतिवद्धता सहित आफूलाई मत दिएर जिताउन आग्रह गरेका थिए । अखिल नेपाल फूटवल संघ (एन्फा)का उपाध्यक्ष समेत रहेका केसीले उक्त निर्वाचन क्षेत्रमा खेल क्षेत्रको लागि मुख्य तीन कामलाई प्राथमिकतामा राखेको बताए ।

रुपन्देही क्षेत्र नं. २ बाट प्रतिनीधि सभा सदस्प पदमा उम्मेवार रहेका राष्ट्रिय जनमुक्तिका केशवबहादुर थापा र संयुक्त रुपमा जनता माझ ल्याएको प्रतिवद्धता पत्रमा बुटवलको एन्फा एकेडेमीलाई राष्ट्रियस्तरको आधुनिक रङ्गशालाको रुपमा विकास र विस्तार गर्न पहल गर्ने, तिलोत्तमा नगरपालिकाको वडा नंं ४ डिंगरनगरमा रङ्गशाला निर्माण गर्न पहल गर्ने, खेल सम्वन्धि विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरु सञ्चालन गर्न पहल गर्ने, र खेलको माध्यामवाट लागू पदार्थका दुव्र्यसनीहरुको जीवनशैलीमा सुधार ल्याउने उल्लेख गरिएको छ ।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी, राष्ट्रिय जनमुक्ति पार्टी र राष्ट्रिय जनमोर्चा समेतको सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रस महासमिति सदस्य केसी अखिल नेपाल फूटवल संघ (एन्फा) का उपाध्यक्ष, नेपाली काँग्रेस लुम्बिनी प्रदेश सदस्य, नेपाल ट्रेड युनियन काँग्रेस लुम्बिनी प्रदेशका सल्लाहकार, नेपाल यातायात मजदुर संघको केन्द्रीय उपाध्यक्ष र नेपाल ओलम्पिक कमिटीका सदस्य हुन् ।

आफ्नो निर्वाचन क्षेत्रलाई समुन्नत र विकशित बनाउने अठोट गर्दै बुटवलको कालिकापथलाई यथाशिघ्र निर्माण सम्पन्न गर्न कदम चाल्ने प्रतिवद्धता व्यक्त गरेका छन् । कालिका पथमा सन्चालित बजार व्यवस्थापन गर्दै रात्रीकालन बजार सञ्चालनको व्यवस्था मिलाउन आफु लागिपर्ने बताए ।

त्यस्तै बुटवलको अभियान पथलाई स्तरोन्नती गर्ने, बुटवलको कालिकानगरको कालिका चोक, मिलन चोकको तीनकुने चोक, होराईजन चोक र देवीनगरको चौपारी क्षेत्रमा आकाशे पुल निर्माण गर्न पहल गर्ने, निर्माणाधिन १६÷३६ कुलोलाई यथाशिघ्र सम्पन्न गर्न पहल गर्ने र कुलोमा तटवन्ध गरी कटानवाट जग्गा संरक्षण गर्ने, मजुवा र खयरघारी जोड्न तिनाउ नदीमा पक्की पुल, आर्युवेदिक अस्पतालदेखि मगरघाटसम्मको सडकलाई स्तरोन्नती, तिलोत्तमा चक्रपथ निर्माण कार्य तदारुकताका साथ अघि बढाउने, तिलोत्तमाको ड्राईभरटोल–डिंगरनगर जाने सडकको ढल तथा नाली व्यवस्थित गर्ने, ड्राईभरटोलदेखि दक्षिण पुरानो सडकमा ढल निकाससहित सडक स्तरोन्नती, ड्राईभरटोलदेखि १० नं. चोक १२ नं. हुदैं कुञ्जलापुर चोकवाट करौजियासम्म ढल निकास सहितको सडक स्तरोन्नती, तिनाउ कोरिडोर निर्माण गरी वैकल्पिक मार्गको रुपमा विकास, नया मिलदेखि मोतीपुर जोड्ने सडकमा तीनाउ नदीमा पुल निर्माण उनका प्राथमिकता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?