ट्रेंडिंग:

>> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै
रुपन्देही–१

पुर्व सहयात्रीको भिडन्तमा कस्को पल्ला भारी ?

२० कार्तिक २०७९, आइतबार
२० कार्तिक २०७९, आइतबार

देवदह, २० कात्तिक ।

दुई पुर्व सहयात्री नेताहरुको प्रतिस्पर्धा रहेको रुपन्देही निर्वाचन क्षेत्र नम्वर १, मा प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन रोचक मोडमा पुगेको छ । एमाले सचिव छविलाल विश्वकर्मा र पुर्व एमाले नेता घनश्याम भुसाल आमनेसामने भएकाले पनि यो प्रतिष्पर्धा धेरैका लागि चासोको विषय बनेको छ ।

एमाले सचिव विश्वकर्मालाई राप्रपा र जसपाले साथ दिएका छन् भने एमाले त्यागेर स्वतन्त्र उम्मेदलवारी दिएका भुसाललाई सत्तारुढ गठबन्धनले समर्थन गरेको छ । स्थानीय निर्वाचन २०७९ मा प्राप्त गरेको मतलाई आधार मान्दा भूसाल भन्दा विश्वकर्मा अगाडि छन् । रुपन्देहीको क्षेत्र नम्वर १ मा १ लाख ३९ हजार ५ सय ६० मतदाता रहेका छन । स्थानीय तह २०७९ निर्वाचनको मत परिणामलाई हेर्दा सत्ता गठबन्धनसंग नेपाली काग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्यि जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमुक्ति पार्टी लगायतको प्राप्त मत जोड्दा करिव ४० हजार हुन आउँछ ।

यसैगरी नेकपा एमाले, राप्रपा र जसपाको स्थानीय तहको प्राप्त मत जोड्दा करिव ५२ हजार रहेको छ । त्यसबाहेक ७ हजार नयाँ मतदाता छन् । यस पटकको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा दुई गठबन्धनका उम्मेदवार बाहेक अन्य दल र स्वतन्त्रको उम्मेदवारी समेत रहेको छ । तत्कालीन नेकपा एमाले देवदहका अध्यक्ष रहेका टिकाराम चापागाईले स्वतन्त्र उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रिएका छन् । स्वतन्त्र उम्मेदवार चापागाईले समेत आफुले जित्ने दावी गरिरहेका छन् । दुवै गठबन्धनको मत आफुले प्राप्त गर्ने हँुदा आफनो जित सुनिश्चित रहेको चापागाईको दावी छ ।

यता स्वतन्त्र उम्मेदवार बनेका घनश्याम भूषालले सत्ता गठवबन्धनको समर्थन रहेकोले आफनो जित सुनिश्चित रहेको दावी गर्दै आएका छन् । “स्थानीय तहको मतको आधार मानेर हुँदैन, त्यसयता धेरै परिवर्तन आइसकेको छ”–उनले भने । नेकपा एमाले, राप्रपा र जसपाका साझा उम्मेदवार छविलाल विश्वकर्माले सत्ता गठबन्धन भन्दा करिव १५ हजार बढी मतले आफुले जित निकाल्ने दावी गरे । रुपन्देहीको निर्वाचन क्षेत्र नम्वर १ मा नेकपा एमाले पछि तेश्रो शक्तिका रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टी र चौथो शक्तिका रुपमा जनता समाजवादी पार्टीको रहेको छ ।

यसैगरी रुपन्देहीको क्षेत्र नम्वर १(१) मा नेपाली काग्रेसका विश्वनाथ यादव र राष्ट्रिय प्रजातन्त्र पार्टीका आशिषकुमार चौधरी प्रतिस्प्रर्धामा उत्रिएका छन् । दुवै उम्मेदवारले निर्वाचन आफनो पक्षमा रहेको दावी गरिरहेका छन् । २०७९ को स्थानीय तहको प्राप्त मतलाई आधार मान्दा १(१)मा सत्तागठबन्धनको पक्षमा करिव २० हजार मत रहेको छ भने नेकपा एमाले, राप्रपा र जसपाको संयुक्त प्यानल संग करिव २८ हजार मत देखिएको छ । त्यसैगरी क्षेत्र नम्वर १(२) मा नेकपा एमालेका दधिराम न्यौपाने र नेपाली काँग्रेसका अव्दुल रज्जाकले पनि जित सुनिश्चित रहेको दावी गरिरहेका छन् । स्थानीय तहको निर्वाचनमा प्राप्त मतलाई आधार मान्दा सत्तागबन्धनको तुलनामा एमाले बलियो देखिएको छ । क्षेत्र नं १(२) मा सत्ता गठवबन्धनको करिव २० हजार मत रहेको छ भने, एमाले, राप्रपा र जसपाको करिव २४ हजार मत रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?