ट्रेंडिंग:

>> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास
रुपन्देही– २ मा सत्ता गठबन्धनको प्रतिबद्धतापत्र

लुम्बिनी प्रादेशिक अस्पताललाई आधुनिक मेडिकल कलेज बनाइने

२० कार्तिक २०७९, आइतबार
२० कार्तिक २०७९, आइतबार

बुटवल, २० कात्तिक ।

रुपन्देही–२ मा सत्ता गठबन्धनले लुम्बिनी प्रादेशिक अस्पताललाई हेलिप्याडसहित आधुनिक मेडिकल कलेज बनाउने योजनालाई समेटेर चुनावी प्रतिवद्धतापत्र ल्याएको छ ।

तिलोत्तमामा सरकारले प्रदेशस्तरीय मेडिकल कलेज निर्माणको काम अगाडि बढाएका बेला सत्तारुढ गठबन्धनले भने लुम्बिनी प्रादेशिक अस्पताललाई आधुनिक मेडिकल कलेज बनाउने योजना अगाडि सारेको हो ।

त्यस्तै उसर्ले ५ वर्षमुनिका बालबालिका र ७० वर्षमाथिका जेष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्ने घोषणा पनि गरेको छ । सबैलाई निःशुल्क आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गर्ने गठबन्धनको घोषणापत्रमा भनिएको छ ।

आइतबार एक कार्यक्रमका बीच सत्तारुढ गठबन्धनले प्रतिवद्धतापत्र सार्वजनिक गरेको हो । प्रतिवद्धतापत्रमा शिक्षा, जनस्वास्थ्य, युवा तथा खेलकुद, लैंगिक समानता र समावेशिता, भौतिक पूर्वधार, कृषि तथा वातावरण विकासका खाकासहित रुपन्देही २ (२) लाई लक्षित गरी विभिन्न योजना समेटिएका छन् ।

प्रतिबद्धतापत्रमा शिक्षातर्फ बीटीआई र अटोभिलेजलाई इन्जिनियरिङ कलेजमा रुपान्तरण गर्ने, लुम्बिनी वाणिज्य क्याम्पसलाई मानित विश्वविद्यालय र बुटवल बहुमुखीलाई आधुनिकीकरण गरी अनुसन्धान केन्द्रको रुपमा स्थापना गर्ने उल्लेख छ ।

युवा खेलकुदतर्फ युवाको क्षमता वृद्धि कार्यक्रम सञ्चालन गर्ने, राष्ट्रवादी युवा जनशक्ति उत्पादन गर्ने, आधुनिक मापदण्ड अनुसार खेल पूर्वधार निर्माण गर्ने उल्लेख छ । लैंगिक समानता र समावेशीतर्फ जातीय लैंगिक र सामाजिक विभेद हटाई समतामूलक समाजको निर्माण गर्ने, लैंगिक हिंसा पीडितको लागि सामाजिक सुरक्षा केन्द्र स्थापन गर्ने, एक वडा एक जेष्ठ नागरिक केन्द्र निर्माण र गृहणी रोजगार कार्यक्रम सञ्चालन गरिने बताइएको छ । अपांगता भएकालाई दक्ष सीप विकास कार्यक्रम, विपन्नको लागि आवास र महिला उद्यमशीलता र रोजगार कार्यक्रम सञ्चालन गर्ने त्यसमा उल्लेख छ ।

भौतिक पूर्वधारतर्फ सुखी जीवनको लागि पूर्वधारमा लगानी कार्यक्रम अगाडि बढाउने प्रतिबद्धता छ । सबै सडक हिलो–धुलोमुक्त र आधुनिक सडक विस्तार गर्ने, अव्यवस्थित बसोबास गर्नेलाई स्वामित्व प्रदान गर्ने र सुकुम्बासीलाई भूमि अधिकार दिइने बताइएको छ । कृषि तथा वातावरणमा रासायनिक र जैविक मल उत्पादन केन्द्र स्थापना गर्ने, खेतीयोग्य जमिनलाई आधुनिक तथा व्यवसायिक कृषि क्षेत्रको रुपमा विकास गरी किसानलाई बाली कर्जा र बिमा प्रदान गर्ने भनिएको छ । रुपन्देहीको क्षेत्र नं. २ मा गठबन्धनले जनमुक्तिलाई समर्थन गरेको छ । प्रतिनिधिसभातर्फ जनमुक्तिका केशवबहादुर थापा, प्रदेशसभामा १ तर्फ कांग्रेसका दीर्घबहादुर केसी र २ मा माओवादी केन्द्रका वामदेव क्षेत्री उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?