ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

रुपन्देहीमा दुई किशोरीको अपहरण गरी सामूहिक बलात्कार, नौ जना पक्राउ

१७ कार्तिक २०७९, बिहीबार
१७ कार्तिक २०७९, बिहीबार

बुटवल, १७ कात्तिक ।

दुईजना किशोरीलाई अपहरण गरी सामूहिक जवर्जस्ती करणीमा संलग्न नौ जनालाई प्रहरीले रुरपन्देहीबाट पक्राउ गरेको छ ।

रुपन्देहीको कञ्चन गाउँपालिकामा भएको साँस्कृतिक कार्यक्रम हेरी दाजुहरुसँगै रातको सबा एक बजेपछिको समयमा घर फर्कने क्रममा मोटरसाईकलमा आएका १२/१३ जना मानिसहरुको समूहले दुई किशोरीलाई जवर्जस्ती करणी गरेको प्रहरीको दावी छ ।

जवर्जस्ती करणीको अभियोगमा पक्राउ पर्नेहरुमा रुपन्देहीको सैनामैना नगरपालिका वडा नं ११ वनकट्टी वस्ने १९ वर्षीय पदम कार्की, १६ वर्षीय परिवर्तित नाम एन टी, रुपन्देही गैँडहवा गाँउपालिका वडा नं ८ मैनिया दुर्गामन्दिर वस्ने १८ वर्षीय राहुल परियार, बर्ष १७ को परिवर्तित नाम पि एम, सैनामैना नगरपालिका वडा नं ११ वनकट्टी वस्ने वर्ष १८ को बबि पाण्डे, वर्ष १५ को परिवर्तित नाम एस बि, गैँडहवा गाँउपालिका वडा नं ८ मैनिया दुर्गामन्दिर वस्ने वर्ष २६ को राम बहादुर वि.क,, वर्ष १६ को परिवर्तित नाम ए पस र वर्ष १४ को परिवर्तित नाम एस एस रहेका छन् ।

प्रहरीका अनुसार पिछा गर्दै आएका व्यक्तिहरुले मोटरसाईकल तेस्र्याई बाटो छेकी घरेलु धारिलो हतियार देखाई पीडित बालिकासँगै रहेका मानिसहरुलाई शारीरिक आक्रमण गरी १५ बर्षिया र १६ वर्षिया नाबालिकहरुलाई तीनवटा मोटरसाईकलमा अपहरण गरी लगेका थिए ।

ती मध्ये ६ जनाको समूहले १६ बर्षिया नाबालिकलाई कञ्चन गाउँपालिका २ स्थित गोफ्लापुर स्थितको कुडियाखोला स्थितको कञ्चन खोलाको एकान्त किनार बगरमा लगी पालैपालो जवर्जस्ती करणी गरेका थिए । त्यसक्रममा नाबालिक चिच्याएपछि गाउँलेहरुले थाहा पाई प्रहरीलाई खबर गरेका थिए ।

स्थानीयले खवर गरेपछि इलाका प्रहरी कार्यालय सालझण्डीको टोली राति साढे १ बजे नै घटनास्थलमा पुगेको थियो । त्यसक्रममा ६ जना व्यक्तिहरु पीडितलाई सोही स्थानमा छाडी भागेका थिए भने पीडित नाबालिकाको तत्काल उद्दार गरी प्रहरीले संरक्षणमा लिएको थियो । धारिलो हतियारले आक्रमण गर्दा पीडित नाबालिकाका दाजुहरु समेत घाईते भएका थिए ।

एकै ठाउँबाट अपहरणमा परेका बालिका मध्ये एकजना मात्र बालिका फेला परेकोमा अर्की १५ वर्षिया नाबालिक कहाँ छिन भनी तत्काल प्रहरीले खोजतलास गर्दा अपहरणमा परेकी १५ बर्षिया नाबालिकलाई पहिलेको घटनास्थलबाट करिब दुई किलोमिटर उत्तरमा फेला पारेको थियो । देउराली सामुदायिक वनको घनाजंगलमा लगी रातको १ः५५ बजेको समयमा सात जनाले पालैपालो जवर्जस्ती करणी गरिरहेको अवस्थामा नाबालिक चिच्याईरहेको सुनेपछि प्रहरी त्यसतर्फ गएको थियो । त्यसक्रममा प्रहरीले पीडित बालिकालाई एक्लै फेला पारी उद्दार गरेको थियो भने घटनामा संलग्न मानिसहरु तत्कालै फरार भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

घटनामा संलग्न व्यक्तिहरुलाई इलाका प्रहरी कार्यालय सालझण्डस्, रुद्रपुर र सूर्यपुराको टोलीले जिल्लाका विभीन्न स्थानबाट पक्राउ गरेको हो । पक्राउ परेका सम्पूणर् प्रतिवादीहरुलाई अपहरण र करणी सम्बन्धी कसुरमा म्याद थप गरी थप अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?