ट्रेंडिंग:

>> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य

चर्को ब्याजदर विरुद्ध चन्द्रौटामा विरोध प्रदर्शन

१७ कार्तिक २०७९, बिहीबार
१७ कार्तिक २०७९, बिहीबार

चन्द्रौटा (कपिलवस्तु), १७ कात्तिक ।

चन्द्रौटा उद्योग बाणिज्य संघ कपिलवस्तुले बैंक तथा वित्तीय संस्थाले वृद्धि गरेको चर्को ब्याजदर विरुद्ध चन्द्रौटामा विरोध प्रदर्शन गरेको छ । बिहीबार चन्द्रौटा बजार क्षेत्र र्‍याली परिक्रमा गरी विरोध गरिएको संघले जनाएको छ ।

व्यवसायीहरुले बैंकको ब्याज एक अंकमा हुनुपर्ने, वेस्ट रेटमा २ प्रतिशत मात्र प्रिमियम थपेर कर्जा प्रवाह गर्नुपर्ने, छिटै विशेष आर्थिक नीति ल्याई राष्ट्रको अर्थतन्त्र चलायमान गर्नुपर्ने लगायतका माग राखेर प्रर्दशन गरेको संघका अध्यक्ष ईश्वरी प्रसाद पाण्डेले बताए । चन्द्रौटा बजार प्रदर्शनपछि संघले शिवराज नगरपालिका र ईलाका प्रशासन कार्यालयमा ज्ञापन पत्र समेत बुझाइएको समेत अध्यक्ष पाण्डे जानकारी दिए ।

बैंक तथा वित्तीय संस्थाले बढाएको चर्को ब्याजदरले पछिल्लो केही समय यता उद्योग र व्यापारीहरु मारमा परेका बताउँछन् । बैंकहरुले प्रिमीयम र सेवा शुल्क बढि लिएमा संघको कार्यालयमा जानकारी गराउन समेत संघले आग्रह गरेको छ ।

व्यवसायीहरु यतिबेला कठिन मोडमा रहेकाले व्याज वृद्धि गरि दुख दिने काम बन्द गर्न व्यावसायीले आग्रह गरेका छन । व्यापार, व्यवसाय प्रभावित भएको बेला चर्को ब्याजले झनै सास्ती थपिएकोले विरोधमा उत्रिन बाध्य भएको जनाइएको छ ।

अध्यक्ष पाण्डेका अनुसार अर्थतन्त्र सुधार भएपछि पनि बैंककहरुले उद्योगीसँग सहकार्य गर्नुपर्ने भएकाले आफ्नो निणर्य सच्याउन अनुरोध गरिएको छ । विरोध प्रर्दशनमा वाणगंगा यातायात व्यवसायी समिति र ब्युटी पार्लर तथा कस्मेटिक व्यवसायी संघले समेत एक्यावद्धता जनाएको छन । आफ्ना मागप्रति सरकार, बैंक तथा वित्तीय संस्थाहरु गम्भिर नभए थप आन्दोलनका कार्यक्रम गर्ने समेत वाणिज्य संघले चेतावनी समेत दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?