ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

पाँचदलीय गठबन्धनद्वारा रुपन्देही–१ का ३३ वटै वडामा संयुक्त कार्यालय उदघाटन

१६ कार्तिक २०७९, बुधबार
१६ कार्तिक २०७९, बुधबार

देवदह, १६ कात्तिक ।

सत्तारूढ पाँच दलीय गठबन्धनले रुपन्देही क्षेत्र नं. १ का ३३ वटै वडामा संयुक्त सम्पर्क कार्यालय उदघाटन गरेको छ । चारदिन अघि कात्तिक १२ गते रोहिणी गाउँपालिका वडा नं. १ दुगौलीबाट सुरू भएको कार्यालय उदघाटन कार्यक्रम बुधबार देवदह वडा नं. ३ को सुर्यपुरामा कार्यालय उदघाटनसंगै सकिएको हो ।

सम्पर्क कार्यालय उदघाटन गर्दै पाँच दलीय गठबन्धनको समर्थनमा प्रतिनिधि सभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसालले संविधानको रक्षा र यस क्षेत्रको विकासका लागि गठबन्धनले जित्नुपर्ने बताए ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमाथि आक्रमण गरेपछि पाँच दलीय गठबन्धन बनेको उल्लेख गर्दै भुसालले परिवर्तनलाई संस्थागत गर्न र देशलाई आर्थिक विकासको दिशामा अगाडि बढाउन संविधानको रक्षा अनिवार्य शर्त रहेको धारणा व्यक्त गरे ।

देवदहलाई युनेस्कोमा दर्ता गर्नका लागि पहल गर्ने र बुद्ध मावलीको रूपमा त्यसको संभावना पनि रहेको उल्लेख गर्दै उनले रूपन्देही–१ को विकासका लागि स्रोत र साधनको कमी हुन नदिईने प्रतिबद्धता व्यक्त गरे ।

त्यसैगरी रुपन्देही क्षेत्र नं. १ (२) का प्रदेश सभा सदस्य पदका उम्मेदवार अब्दुल रज्जाकले मतदातालाई कुनै पनि प्रलोभनमा नपरी मतदान गर्न आग्रह गरे । मासु र रक्सीसँ भोट साट्ने उम्मेदवारले देश विकास भन्दा पनि विनासको बाटोमा लैजाने भन्दै त्यस्ता उम्मेदवारसँग सजक रहन अनुरोध गरे ।

आन्दोलन, त्याग र बलिदानबाट बनाइएको संविधान विपरीत कार्य गर्नेले जनताको काम गर्न नसक्ने बताउदै उनले जनताको हरेक सुखदुःख र विकास निर्माणमा नेपाली काङ्ग्रेस सदैब जनताको साथमा रहेको बताए । अहिलेको निर्वाचन विकासवादी र गफ मात्र गर्नेको बीचमा भएको तर्क गर्दै उनले जनताको मर्म बुझ्ने र जनताको साथमा रहने नेतालाई चुन्ने कि चुनावको बेलामा भोट माग्न आउने र अरु बेला सम्पर्कबिहीन हुने नेतालाई चुन्ने भनेर विचार मतदाताले विचार गर्नुपर्ने बताए ।

सोही क्रममा रुपन्देही क्षेत्र नं १ (१) प्रदेश सभा सदस्य पदका उम्मेदवार बिश्वनाथ यादवले भूमिहिनको समस्या समाधान र क्षेत्र नं १ को भौतिक विकासका लागि गठबन्धनका उम्मेदवारहरु अग्रपंक्तिमा रहेर काम गर्ने बताए । गठबन्धनको एकतामा इमानदारिता रहेको बताउँदै उनले गठबन्धनका उम्मेदवारहरुलाइ जनताले निर्धक्क साथ बिस्वास गर्न र मतदान गर्न जनतालाइ आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?