ट्रेंडिंग:

>> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै

अव्यवस्थित र सुकुम्बासीलाई लालपुर्जा प्राथमिकतामा ः छविलाल

१३ कार्तिक २०७९, आइतबार
१३ कार्तिक २०७९, आइतबार

तिलोत्तमा, १३ कात्तिक ।

एमाले स्थायी समिति सदस्य एवं रुपन्देही १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार छविलाल विश्वकर्माले अव्यवस्थित बसोबासी र भूमिहीन सुकुम्बासीलाई जग्गाको मालिक बनाउंदै लालपुर्जा वितरण एमालेको प्राथमिकतामा रहेको बताएका छन् । आइतबार तिलोत्तमा १२ बर्मेलीटोल र मोहनाजोतमा निर्वाचन प्रचार कार्यालय उद्घाटन गर्दै एमाले नेता विश्वकर्माले केपी ओली नेतृत्वको एमाले सरकारले सबै प्रकृया पुरा गरेर जग्गा नापजांच गर्ने बेला सरकार ढलेको र पांच दलीय गठबन्धनले भूमि आयोग नै खारेज गरेर लालपुर्जाबाट बञ्चित गरेको स्पष्ट पारे ।

एमाले सचिव समेत रहेका नेता विश्वकर्माले गठबन्धन सरकारले २ सय गुणा बढी राजस्व कायम गरेर अव्यवस्थित बसोबासीलाई लालपुर्जा लिनै नसक्ने बनाएको बताउंदै जनतालाई जग्गाको मालिक बनाउन एमालेको सरकार चाहिने बताए ।

वर्तमान सरकारको बेवास्ताका कारण अलपत्र परेको रोहिणी जलाशययुक्त आयोजनालाई पूरा गरेर पर्यटन विकास र रोजगारी सिर्जना गर्न एमाले राप्रपा र जसपाको गठबन्धनको जित आवश्यक भएको नेता विश्वकर्माले बताए ।

रुपन्देही १ (२) का प्रदेश सभा सदस्य उम्मेदवार दधिराम न्यौपानेले सडक, सिंचाई लगायतका अधुरा योजना पूरा गर्न मतदाताको आग्रहमा आफू उम्मेदवार बनेको बताए । नेता न्यौपानेले रुपन्देही १ को प्रतिनिधि सभा र २ वटै प्रदेश सभा क्षेत्रमा एमाले नेतृत्वका गठबन्धन १० हजार भन्दा धेरै मतले अगाडि रहेकाले जित सुनिश्चित भएकाले उत्साहित भएर अघि बढ्न कार्यकर्तालाई आग्रह गरे ।

एमाले केन्द्रीय सदस्य शिव सुवेदीले मुलुकलाई सही नेतृत्व गर्न एमाले वाहेक अरु कसैले नसक्ने भएकाले अन्य दलबाट एमाले प्रवेश गर्ने लहर चलेकाले एमालेले अप्रत्याशित नतिजा ल्याउने बताए ।

यसैबीच रुपन्देही १(२) मा आइतबारै पेशागत तथा बुद्धिजिवीहरुको भेला सम्पन्न भएको छ । भेलामा सहभागी बुद्धिजिवी र पेशाकर्मीहरुले राष्ट्रियताको रक्षा, मुलुकको विकास र समृद्धिका लागि एमाले नेतृत्वको गठबन्धनको जित अपरिहार्य भएकाले जनमत सिर्जनामा लाग्ने निर्णय गरेका छन् । भेलामा १(१) का प्रदेश सभा सदस्य उम्मेदवार आशिषकुमार चौधरीले पनि आफ्ना भनाई राखेका थिए ।

एमाले नेतृत्वको गठबन्धनले रुपन्देही १ मा कात्तिक १४ गतेबाट घरदैलो र मतदाता संवाद कार्यक्रम सञ्चालन गर्ने निर्वाचलन परिचालन कमिटी सचिव सुरेन्द्र श्रीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?