ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

निरञ्जन थापाको प्रश्न ः कांग्रेसले मन पराएर दीपक बोहराका लागि भोट मागेको होइन ?

१२ कार्तिक २०७९, शनिबार
१२ कार्तिक २०७९, शनिबार

भैरहवा, १२ कात्तिक ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय सल्लाहकार समितिका संयोजक तथा पूर्व गृहमन्त्री निरञ्जन थापाले २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसले मन पराएर दीपक बोहराका लागि भोट मागेको होइन भन्दै प्रश्न गरेका छन् । उनले आफ्नो पार्टीको उम्मेदवार भएका कारणले दीपक बोहरालाई भोट हाल्नु हुँदैन भन्नेबाहेक कांग्रेसले भन्नलाई अन्य कारण नरहेको दावी गरे ।

नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी, नेपाल (जसपा) सिद्धार्थनगर–९ को संयुक्त सम्पर्क कार्यालयको शनिबार उद्घाटन कार्यक्रममा बोल्दै थापाले भने, ‘हिजो दीपक बोहराका लागि भोट मागेको कांग्रेसले आज भोट दिनुहुँदैन भन्ने कारण दिनुपर्यो, बोहराजीलाई भोट किन नदिने भन्ने ठाउँ नै छैन, हिजोका दिनमा उहाँलाई कांग्रेसले नै समर्थन गरेको थियो ।’

विकासप्रेमी नेता दीपक बोहरा जनताको मनमा बस्न सफल नेता भएको उनले दावी गरे । राप्रपा, एमाले र जसपा राष्ट्रवादी शक्ति भएको उनको भनाइ छ । बैंक ब्याजदर बढेको भन्दै सडकमा उत्रिन बाध्य उद्योगी व्यवसायीले पाँचदलीय गठबन्धनले मत दिनुहुँदैन भन्ने कुरा बुझेको थापाले बताए । उनले भने, ‘सरकारको गलत नीतिका कारण रुपन्देहीका पाँचवटा स्टिल उद्योग बन्द भएका छन्, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एअरलायन्सले उडान कटौती गरेको छ, अझ सतारुढ दलका उम्मेदवारले विमानस्थलमा रोजगारी दिन्छौं भन्दै हिड्नुभएको छ ।’

केपी ओलीलाई राप्रपाको पूर्ण समर्थन रहेको उनले बताए । निर्वाचन आयोगले बारम्बार सतारुढ दलका नेताहरुलाई स्पष्टीकरण सोधिरहेकोले सरकारले निष्पक्ष निर्वाचन गराउँछु भन्ने कुरामा शंका उत्पन्न भएको नेता थापाको भनाइ छ ।

त्यस्तै जनता समाजवादी पार्टी, नेपाल (जसपा)का केन्द्रीय सदस्य महेन्द्र यादवले महंगी बढाउने पाँचदलीय गठबन्धनका उम्मेदवारलाई जनताले भोट नदिने दावी गरेका छन् । उनले वर्तमान सरकारले महंगी, बैंक ब्याजदर बढाएको र पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेकाले सतारुढ गठबन्धनका उम्मेदवारलाई जनताले भोट नदिने बताए ।

नेता यादवले तीन दलका उम्मेदवारको जीत सुनिश्चित भएको दावी गरे । उनले भने, ‘देशको परिस्थितिको बारेमा सबै जानकार हुनुहुन्छ, तीनदलीय तालमेलले संघ र प्रदेशमा बहुमतको सरकार बनाउँदैछ ।’

रुपन्देही क्षेत्र नम्बर ३ (क)बाट प्रदेशसभा सदस्यका उम्मेदवार नेता यादवले भैरहवाको विकासमा विकासप्रेमी नेता तथा पूर्वमन्त्री दीपक बोहराको महत्वपूर्ण योगदान रहेको बताए । उनले निर्वाचन जितेपछि यस क्षेत्रको समस्या समाधानमा लागिपर्ने प्रतिवद्धता समेत व्यक्त गरे । उनले भने, ‘उधारो बाचा गर्दैनौं, जनताको सल्लाह–सुझाव अनुसार नै अगाडि बढ्छौं । शक्तिको दुरुपयोग गरेर मत पाइँदैन ।’

नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीका सदस्य डासुराम पाण्डेले मुलुक यतिबेला गम्भिर परिस्थितिकाबीच अगाडि बढेको बताए । उनले एमाले, राप्रपा र जसपाका उम्मेदवारलाई अत्याधिक मतका साथ जिताउनुपर्नेमा जोड दिए । पाँचदलीय गठबन्धन सरकारले मुलुकमा भ्रष्टाचार र महंगी बढाएको उनको भनाइ छ ।

उनले भने, ‘जसरी हुन्छ निर्वाचन जित्ने सत्तारुढ दलको रणनीति छ, केपी ओली नेतृत्वमा सरकार नबने मुलुकको विकास हुन सक्दैन ।’

नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी, नेपाल (जसपा) सिद्धार्थनगर–९ को संयुक्त सम्पर्क कार्यालयको राप्रपाका वरिष्ठ नेता, पूर्वमन्त्री तथा रुपन्देही क्षेत्र नम्बर ३ प्रतिनिधिसभा सदस्यका उम्मेदवार दीपक बोहराले उद्घाटन गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?