ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

रोकिएन अझै पटका आतंक, पडकेको पडकै

११ कार्तिक २०७९, शुक्रबार
११ कार्तिक २०७९, शुक्रबार
भैरहवा, १० कार्तिक

हिन्दुहरूको दोस्रो महान पर्वको रुपमा रहेको तिहार यस वर्ष बिदाई संगारमा हुँदासमेत पटाकाको आतंक अझै रोकिएको छैन । उज्यालोको पर्वको रुपमा रहेको यो उमंगको पर्व पनि हो ।

लक्ष्मीको पूजा, झिलीमिली, रंगोली, र सजावटले तिहारमा रौनकता ल्याए पनि यस्को एउटा अंग पटाका र आतेशबाजी बन्न पुगेको छ । नेपालको कानुनले प्रतिबन्ध लगाएको आतिसबाजी पटका भने नेपालमा अबैध रूपमा भित्रिएर पडकिने गर्छ ।

नेपाल सरकार र स्थानीय प्रशासन कार्यालयलेसमेत सूचना नै जारी गर्दे ओसारपसार र पड्काउनसमेत रोक लगाए पनि तिहारको अन्तिम दिन पनि ठूला-ठूला आवाजमा पटका पडकिरहेका छन् । भारतमा खुला रूपमा पाइने र पडकाउनसमेत मिल्ने प्रावधान भएकोले सिमावर्ती क्षेत्रमा अवैध रूपमा भारतबाट नै नेपालमा पटाका भित्रिने गर्छ ।

सुरक्षा निकायलेसमेत तिहारलाई लक्षित गर्दै सिमाबाट पटाका भित्रिन नदिन कडाईका साथ चेकजाँच गरे पनि पटाकाको आतंक तिहार आउनुभन्दा पहिलैबाट र लक्ष्मी पूजाको सकिँदासमेत भइरहेको छ । सिमावर्ती क्षेत्रका बजारमा मात्रै होइन गाउँ-गाउँ र उपत्याका सम्म पटकाको आतंक रहेको छ ।

भारतबाट भित्रयाएर गैरकानुनी रूपमा बिक्री–वितरण हुने गरेको छ । सजावटका पसल, किराना तथा जनरल स्टोर्सहरुमा लुकिछिपी बिक्री–वितरण भएर यो आतंक अझै पनि रोकिएको छैन । अधिकांस जिल्ला प्रशासन कार्यालयले पटकाजन्य विस्फोटक पदार्थ प्रतिबन्ध गरे पनि यत्रतत्र पटका पड्किएको आवाज सुनिएको छ ।

प्रशासनको बेवास्ताका कारण यस्ता गैरकानुनी क्रियाकलापले प्रसय पाएको छ । प्रतिबन्धित पटकाजन्य पदार्थ खुलेआम पड्काइरहँदा रुपन्देही प्रहरीले कसैलाई कारवाही गरेको छैन । विगतका वर्षहरुमा भारी मात्रामा पटाकाजन्य बस्तु बरामद गरेपनि यो वर्ष खासै प्रहरीले नियन्त्रण लिएको छैन । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले यस वर्ष खासै पटाकाजन्य बस्तु नियन्त्रणमा नआएको बताए । ‘हामीले यस वर्ष कसैलाई कारबाही पनि गरेका छैनौं,’ उनले भने ।

सिमा सुरक्षा र अवैध ओसारपसार नियन्त्रणको जिम्मा पाएको सशस्त्र प्रहरीले भने अवैध पटाकाजन्य नियन्त्रणमा लिई डिस्पोज समेत गरेको बताए । सशस्त्र प्रहरी बल, नेपाल नम्बर २७ गणका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक गगन श्रेष्ठले चेकजाँचको क्रममा जिल्लाका विभिन्न क्षेत्रबाट युनिटले पटाकाजन्य बरामद गरेको थियो, युनिट स्वयंले नै डिस्पोज गरेको छ ।

ठूला ठूला आवाजमा पटाका विस्फोट हुदा समेत प्रशासन मौन रहेको स्थानीयहरुको भनाई छ । अरुलाई असर गर्ने, कान नै जाने गरी पटाका जथाभावी रुपमा पडकाउदा बृद्ध र बालबालिकामा धेरै असर गर्ने गर्छ । पटाका जलाउँदा आखा कानमा प्रत्यक्ष असर गर्ने  भएपनि सावधानी नअपनाइ पटाका सँग खेल्दा निस्किने आवाज र धुवाँले दीर्घकालीन असर समेत गर्न सक्छ । रमाइलोका लागि ठूलो रकम खर्चेर पटका पड्काउँदा आगलागी तथा अंगभंग समेत हुनसक्ने भएकाले प्रशासनले यसको बिक्री–वितरण र प्रयोगमा प्रतिबन्ध लगाउँदै आएको छ । न्युज कारखाना

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?