Butwal Today

रोल्पामा सवारी दुर्घटनामा तीनजनाको मृत्यु, ११ घाइते

९ कार्तिक २०७९, बुधबार
अ+
अ-

रोल्पा, ९ कात्तिक ।

रोल्पाको सुलिचौरमा बुधबार भएको जीप दुर्घटनामा परी तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा दाङ घोराही उपमहानगरपालिका वडा नंं ६ वस्ने ५८ वर्षीय विष्णु रिजाल र ६० वर्षीय नारायण रिजाल तथा रोल्पा नगरपालिका ३ वस्ने ५० वर्षीया फाम्सी केसी रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

लिवाङ–भालुवाङ सडक खण्ड अन्तर्गत सुनिलस्मृती गाउँपालिका ४ सेवा केन्द्र भन्ने स्थानवाट गजुलतर्फ जाँदै गरेको लु १ ज ३२३४ नम्वरको फोर्स गाडी अचानक व्रेक फेल हुँदा १०० मिटर तल खस्न गई दुर्घटनाग्रस्त भएको थियो ।

दुर्घटनामा परी घाईते हुनेहरुमा सुनिलस्मृती गाउँपालिका–२ खुंग्रीका ५४ वर्षीया चन्द्राचनम सिंह, वर्ष ३८ कि दिपा ठकुरी, वर्ष १४ कि नितु सिंह, वर्ष ३१ कि निलम सिंह वर्ष १० कि आस्था थापा, वर्ष ७ कि स्वस्तिका थापा रहेका छन् ।

घाईते हुनेमा सुनिलस्मृती गाउँपालिका–३ मिझिङ्का वर्ष २४ कि मेनका विष्ट, वर्ष ४२ कि कुसुमा विष्ट रहेका छन् । घाईते हुनेहरुमा दाङ जिल्ला तुल्सीपुर उपमहानगरपालिका १५ डुरुवा वस्ने वर्ष ४० कि ईश्वरी थापा, वर्ष ४५ कि भगवती रिजाल, दाङ घोराही उपमहानगरपालिका–६ वस्ने वर्ष ५० कि निर्मला रिजाल र सोही गाडी चालक सुनिलस्मृती गाउँपालिका–३ मिझिङका ४८ वर्षीय जीतवहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

घाईतेहरु मध्ये चन्द्रमान सिंह, निर्मला शर्मा, निलम सिंह, नितु सिंह, आस्था थापा, स्वस्तीका थापा र भगवती रिजाललाई सुलिचौरको प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचार पश्चात थप उपचारका लागि कोहलपुर मेडिकल कलेज तर्फ रिफर गरिएको प्रहरीले जनाएको छ ।