ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

मिडिया अनुगमनका लागि प्रेस काउन्सिलले बनायो सुझाव समिति

६ कार्तिक २०७९, आइतबार
६ कार्तिक २०७९, आइतबार
काठमाडौं, ६ कार्तिक

प्रेस काउन्सिल नेपालले निर्वाचन केन्द्रित मिडिया अनुगमनलाई प्रभावकारी बनाउन नेपाल पत्रकार महासङ्घ र काउन्सिलका पूर्वअध्यक्षहरू संलग्न सुझाव समिति गठन गर्ने निर्णय गरेको छ । काउन्सिलको आइतबार बसेको बोर्ड बैठकले अध्यक्ष बालकृष्ण बस्नेतको संयोजकत्वमा गठित उक्त समिति बनाउने निर्णय गरेको हो ।

चुनावलाई स्वच्छ, निष्पक्ष र भयरहित तवरले सम्पन्न गराउन सञ्चार माध्यम र समग्र मिडिया जगतको ठुलो हात हुने भएकाले उक्त भूमिकालाई सबल र अनुगमनलाई प्रभावकारी बनाउन समितिले आवश्यक सुझाव समेत दिनेछ, काउन्सिलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आउँदो मङ्सिर ४ गते हुन लागिरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको सन्दर्भमा प्रेस काउन्सिल नेपालले गत असोज २८ गतेदेखि सञ्चार माध्यममा निर्वाचन आचारसंहिताको विशेष अनुगमन गरिरहेको छ । यसलाई थप प्रभावकारी र परिणाम मूलक बनाउनका लागि काउन्सिलको आइतबार बसेको बोर्ड बैठकले निर्वाचन केन्द्रित आचारसंहिता अनुगमन सुझाव समिति समेत गठन गर्ने निर्णय गरेको हो ।

साथै, बैठकले चुनावका बेला सञ्चारकर्मीले कायम गर्नुपर्ने तटस्थता, आचारसंहिता पालनाका विषयलाई थप प्रभावकारी बनाउन नेपाल पत्रकार महासंघ समेतसँग आवश्यक छलफल र सहकार्य गर्ने निर्णय समेत गरेको छ । त्यसका लागि महासङ्घमा आवद्ध देशभरका सदस्यको विवरणका उपलब्ध गराउन महासङ्घमा र प्रेस परिचयपत्रको विवरणका लागि सूचना तथा प्रसारण विभागमा पत्र लेख्ने निर्णय गरेको काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

यो पटकको निर्वाचनमा काउन्सिलले वस्तुगत र विषयगत दुवै विधिमार्फत अनुगमन थालेको छ । प्रतिनिधिसभा निर्वाचनमा सबैको चासो बढी हुने हुँदा निर्वाचनमा भाग लिने दल तथा उम्मेदवारलाई सञ्चार माध्यमले कति स्थान दिए, कस्ता विषय उठान भए, आचारसंहिता पालनाको अवस्था कस्तो रह्यो लगायतका पक्षमा अनुगमन गर्ने अन्तर्राष्ट्रिय प्रचलनअनुसार कार्य भइरहेको विज्ञप्तिमा जनाइएको छ ।

अनुगमनका लागि काउन्सिलमा पत्रपत्रिका(छापा माध्यम), रेडियो, टेलिभिजन, अनलाइन मिडिया र सामाजिक सञ्जालको प्रवृत्तिगत अध्ययनका लागि बेग्लाबेग्लै ‘डेक्स’ स्थापना गरिएको छ ।  चुनावलाई निष्पक्ष ढङ्गले सफल बनाउन सञ्चार जगतको भूमिकालाई उच्च महत्व दिइ सुरु भएको यो विशेष अनुगमनलाई साथ दिन र आवश्यक सुझावका लागि काउन्सिलले सम्बद्ध पक्षसँग आग्रह समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?