ट्रेंडिंग:

>> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै

माओवादी उद्गम थलोको दुर्दशाः अस्पताल पुग्ने सडक नहुँदा बाटोमै जन्मिन्छ बच्चा

२ कार्तिक २०७९, बुधबार
२ कार्तिक २०७९, बुधबार

रोल्पा १ कात्तिक

रोल्पा थवाङ गाउँपालिका ४ उवाकी ईलासी रोकामगर प्रसुतीका लागि जलजला सामुदायिक अस्पताल तथा अनुसन्धान केन्द्र थवाङमा भर्ना भइन् । परिवार र आफन्तको सहयोगमा स्टेचरको माध्यमवाट दिनभरको पैदल यात्रा गरी थवाङ पु¥याइएकी उनलाई २७ गते थवाङको सो अस्पतालले सामान्य उपचार गरी थप उपचारका लागि बाहिर रिफर ग¥यो । थप उपचारका लागि सदरमुकाम लिवाङ आउदै गर्दा उनले थवाङ गाउँपालिका वडा नं. २ गल्चोक जंगलमा बच्चा जन्माईन् ।

एपेन्डिक्सको विरामी थवाङ गाउँपालिका वडा नं. ५ उवाकी २६ वर्षीया विनज्योती पुनलाई उपचारका लागि डोकोमा बोकेर थवाङ अस्पताल लगियो । सामान्य उपचार गरेको अस्पतालले थप उपचारका लागि २७ गते नै रिफर ग¥यो । थवाङवाट रिफर भएकी उनले थप उपचारमा जान यातायातको अभावमा सास्ती भोग्नु प¥यो ।

यातायातको कारण सिर्जित यी दुई घटना रोल्पाका प्रतिनिधिमूलक घटना हुन । ग्रामीण भेगमा बस्ने अधिकांश रोल्पालीहरुले वर्षात तथा त्यस पछिका केही समय सम्म यस्तै समस्या भोग्ने गर्दछन् ।

ठाडो भौगोलिक बनावट रहेको रोल्पाका अधिकांश सडक विना ईन्जिनियरिङ बनेका कारण वर्षातमा क्षतविक्षत हुने गर्दछन् । डोजर ईन्जिनियरिङका भरमा बनेका त्यस्ता सडक वर्षातसँगै पहिरोले क्षतविक्षत हुने गर्दछन् । डोजर प्रयोग गरेर खनिएका त्यस्ता सडकहरु मर्मत गर्न हरेक वर्ष सरकारले ठूलो धनराशी खर्च गर्दछ ।

वर्षातका कारण भत्किएका सडकहरु समयमै मर्मत नहुँदा रोल्पाका ग्रामीण क्षेत्रका बासिन्दाहरुले सास्ती भोग्दै आएका छन् । बाटो मर्मत नहुँदा गर्भवती महिलाहरुले बाटोमै वच्चा जन्माउन बाध्य हुने गरेका छन् । सडक अभावको कारण बिरामी, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र बालबालिकाहरु थप मारमा परेका छन् ।

जिल्लाको थवाङ गाउँपालिका वडा नं.४ र ५ का स्थानीयहरु यस्तो समस्याबाट बढी पीडित भएका छन् । वर्षातको पहिरोका कारण क्षतविक्षत भएको सुलिचौर फुलिवन हँुदै थवाङ जोड्ने सडक अझैसम्म मर्मत नहँुदा उनीहरुले आवतजावतमो सास्ती भोग्न बाध्य भएका हुन् ।

सम्वन्धित निकायले समयमै सडक मर्मत सम्भारमा चासो नदेखाउँदा आपतकालिन बिरामीलाई उपचारका लागि अस्पताल पु¥याउन समस्या भएको थवाङका गोविन बिकको भनाई छ । ‘सडक मर्मत नहुँदा घण्टौ पैदल यात्रा गर्न वाध्य हुनु परेको छ’–बिकले भने । ‘दशै सकिएर तिहार घर आँगनमा भित्रिन थालेसंगै आवतजावतमा चहलपहल वढे पनि सडक मर्मतमा कसैको चासो देखिदैन’–बिकले भने । दैनिक उपभोग्य सामग्री आपूर्तिमा समेत असहज भएको बिकले बताए । थवाङमा रहेको सामुदायिक अस्पतालमा रिफर गरिएका कतिपय गर्भवती महिलाहरुले बाटोमै असुरिक्षत सुत्केरी भईरहेका छन् ।

जिल्लाका अन्य स्थानीय सरकारहरुले समयमै सडक मर्मत गर्दा थवाङ गाउँपालिकाको स्थानीय सरकार सधै ढिलासुस्ती गर्दा नागरिकले यस्तो समस्या भोगेको उनको भनाई छ । वडा भित्रका सहायक सडकहरु वर्षात सुरु भएसंगै निर्माण कार्य सुरु गरिने भएकाले पनि छिटै पहिरो जाने र वर्षातमा जनताले सास्ती भोग्नु परेको उनको भनाई छ ।

‘सडक पूर्वाधार कार्यालयको क्षेत्राधिकार भित्रको सडक भएकाले गाउँपालिकाको तर्फवाट आफुहरुले संवन्धित कार्यालयलाई यथाशीघ्र काम अगाडि बढाउन भनेका छौ’–थवाङ गाउँपालिका अध्यक्ष ऋषिकेशव बुढाले भने । सामान्य सडक सफाईको काम गाउँपालिका आफैले गरे पनि अरु काम गाउँपालिकाको क्षेत्राधिकार भित्र नपर्ने भएकाले सम्वन्धित निकायलाई यथाशीघ्र काम गर्न भनेको अध्यक्ष वुढाले बताए । बाटोमा खसेका सामान्य पहिरो हटाउने काम गाउँपालिकाले तिहार अघि नै सक्ने अध्यक्ष वुढाको भनाई छ । ‘यस वर्षको वर्षात अलि ढिलासम्म हुँदा सडक सफाईको काम केही ढिलो भयो’–अध्यक्ष बुढाले भने ।

रोल्पाका अधिकांश भू–भाग सडक संजालसँग जोडिदा थवाङ भने निकै पछि मात्रै सडक सन्जालमा जोडिएको हो । हाल सुलिचौर फुलिवन थवाङ, लिवाङ घर्तीगाउँ थवाङ र रुकुम पुर्वको महतबाट समेत थवाङ जोडिएको छ । हिउँदमा यातायातका साधन चले पनि वर्षातमा ती सडक अवरुद्ध हुने गर्दछन् । रोल्पाको सुलिचौरबाट फुलिवन हुँदै थवाङका साथै सदरमुकाम लिवाङबाट घर्तीगाउँ हँुदै थवाङ र दाङको घोराही तथा रुकुमपुर्ववाट समेत थवाङ गाडी सञ्चालन हुने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?