ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत शारीरिक सुगठन प्रतियोगिता

आर्मी टिम च्याम्पियन
१ कार्तिक २०७९, मंगलवार
१ कार्तिक २०७९, मंगलवार

बुटवल, १ कात्तिक ।

“एकताबद्ध देश, खेलकुदको सन्देश“ नाराका साथ असोज २८ गते देखि गण्डकी प्रदेशमा शुरु भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ अन्तर्गत आइतबार १७ औं राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिताका खेलहरु सम्पन्न भएका छन् । नेपाल आर्मीले प्रतियोगितामा ५ स्वर्णसहित कुल ५९ अंक ल्याएर टिम च्याम्पियनसिप ट्रफी हात परेको छ ।

सोमबार संचालन भएको पुरुष शारीरिक सुगठन खेलको ८० किलो तौल समूहमा विभागीय टोली नेपाल आर्मीका ललित धिमालले स्वर्ण पदक जिते । सोही तौल समुहमा सशस्त्र प्रहरी बलका राकेश श्रेष्ठले रजत र नेपाल प्रहरीका रत्न सुन्दर ङाकुशीले कास्य पदक हात पारे । त्यसैगरी ८० किलोभन्दा माथिको तौल समूहमा नेपाल आर्मीकै उमेश राइले स्वर्ण, लुम्बिनी प्रदेशका बिष्णु निसादले रजत र सशस्त्र प्रहरी बलका आदित्य ठाकुरले काँस्य पदकमा चित्त बुझाए ।

पुरुष फिजिक्स बिधा तर्फ १७० सेमी तलको समूहमा गण्डकी प्रदेशका प्रदिप रेग्मीले स्वर्ण जितेका छन् । नेपाल पुलिस क्लबका सुकदेव कार्कीले प्रतियोगितामा रजत तथा सशस्त्र प्रहरी बलका किरण सुवालले कांस्य पदक प्राप्त गरे । यसैगरी प्रतियोगिता अन्तर्गत १७० सेमी माथिको समूहमा प्रदेश नं. १ का अवतार श्रेष्ठले स्वर्ण पदक जित्दा सशस्त्र प्रहरी बलका निहाल जोशीले रजत र नेपाल प्रहरी क्लबका सुरज डंगोलले काँस्य पदक जिते ।

पहिलो पटक राष्ट्रिय खेलकुदमा समावेश गरिएको महिला खुला शारीरिक सुगठनमा सशस्त्र प्रहरी बलका पुजा श्रेष्ठले स्वर्ण पदक जित्दै गर्दा नेपाल आर्मीकी ज्याश्मिन लामा रजत र प्रदेश नं. १ की रजनी श्रेष्ठले काँस्य पदक हात पारिन् । महिला विधा तर्फकै मोडल फिजिक्समा नेपाल आर्मीकी श्वेता कपाली स्वर्ण, बाग्मती प्रदेशकी रोजिना ख्यामाली रजत तथा नेपाल पुलिस क्लबकी सनम मुलगुठी काँस्य पदक जित्न सफल भइन् ।

शारीरिक सुगठन खेल संयोजक शिवलाल श्रेष्ठको अध्यक्षतामा भएको प्रतियोगिताको नेपाल शारीरिक सुगठन संधका उपाध्यक्ष दिनेश राजभण्डारीलेले संचालन गरेका थिए । उक्त कार्यक्रम पोखरा सभागृहमा संचालन भएको थियो । शनिबार संचालन गरिएको प्रतियोगितामा ५५ किलो तौल समूहमा बलामी प्रथम भए भने नेपाल आर्मीका किशन दास दिवाकरले रजत तथा लुम्बिनी प्रदेशका सुनिल आलेले कांस्य पदक हात पारे ।

६५ किलो तौल समूहमा गण्डकीका असिम गुरुङले स्वर्ण जिते भने लुम्बिनीका नबराज डुम्रेले रजत तथा सुदुर पश्चिमाञ्चलका सुनिल चन्दले कांस्य पदकमा चित्त बुझाए । यसैगरी ७० किलो तौल समूहमा विजेता नेपाल आर्मीका प्रज्वलमान शाक्य प्रथम, मधेश प्रदेशका किरण यादव दोश्रो तथा लुम्बिनी प्रदेशका बिजेन्द्रमान श्रेष्ठ तृतीय बने । ७५ किलो तौल समूहमा त्रिभुवन आर्मीका नरेश मालाकारले स्वर्ण जिते भने मधेश प्रदेशका सन्नि आजम रजत तथा बाग्मती प्रदेशका योगेश शाही कास्यमा चित्त बुझाए ।

प्रथम, दोश्रो र तेस्रो हुने खेलाडीले मेडल, प्रमाणपत्र प्राप्त गरे भने प्रथम हुने खेलाडीले २५ हजार नगद समेत प्राप्त गरे । पुरस्कृत खेलाडीलाई नेपाल शारीरिक सुगठन तथा फिटनेस संधका अध्यक्ष राजेशबाबु श्रेष्ठ, एनबिबिएफएका उपाध्यक्ष दिनेश राजभण्डारी, महासचिव राजन श्रेष्ठ तथा रुपन्देही जिल्ला शारीरिक सुगठन संघका अध्यक्ष सितु प्रसाद श्रेष्ठ, कपिलवस्तु जिल्ला अध्यक्ष जीवन गिरी, भक्तपुर जिल्ला संध अध्यक्ष बाबुकाजी शाक्य, कास्की जिल्ला संध अध्यक्ष शंकरमान उदास तथा एनएफबिएफ कास्की जिल्ला संघका अध्यक्ष राकेश जोशीले पुरस्कार प्रदान गरेका थिए । प्रतियोगितामा सात प्रदेश तथा तीन बिभागीय टोलीबाट ११ वटा इभेन्टमा ९४ जना खेलाडीहरुको सहभागिता रहेको रुपन्देही जिल्ला शारीरिक सुगठन संघका अध्यक्ष सितु प्रसाद श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?