ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई
मुख्य समाचार

विकल्पबिना सुकुम्बासी हटाईदैनः गृहमन्त्री खाँण

१ कार्तिक २०७९, मंगलवार
१ कार्तिक २०७९, मंगलवार

भैरहवा, कार्तिक  गृहमन्त्री बालकृष्ण खाँणले उपयुक्त विकल्प र व्यवस्थापनबिना सुकुम्बासी नागरिकहरुका घर–टहरा भत्काउन र उनीहरुलाई बसिरहेको ठाउँबाट हटाउन नहुने बताएका छन् । उनले सुकुम्बासी नागरिकहरु अहिले जस्तो अवस्थामा बसेका छन्, उनीहरु त्यस्तै अवस्थामा बस्न पाउनु पर्नेमा जोड दिए । पाँच दलीय गठबन्धनबाट रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य खाँणले बुटवल उपमहानगरपालिका वडा नम्बर १६ मा मंगलबार चुनाव प्रचार–प्रसार कार्यालयको उद्घाटन गर्दै भने, ‘उनीहरूलाई बसोबास गरेको स्थानबाट सार्नै पर्ने अवस्था आएमा उपयुक्त विकल्प दिएर, त्यो विकल्पमा व्यवस्थापन गरेर मात्रै सार्नु पर्छ ।’

अहिले मुलुकभरका केही नगरपालिकाले महत्वपूर्ण चाडपर्वको मुखैमा विकल्पविना सुकुम्बासी नागरिकका घरटहरा भत्काएपछि गृहमन्त्री खाँणको यस्तो धारणा आएको हो । ‘मैले गृह प्रशासनलाई घरटहरा भत्काउने र अन्य सरकारी निकायको कार्यमा सहभागी नहुन निर्देशन दिइसकेको छु’, उनले भने । खाँणले कुनै पनि नागरिक घरबारबिहीन र भूमिहनी हुन नहुनेमा समेत जोड दिए । सुकुम्बासी समस्या समाधान गर्ने दिशामा सरकारले धेरै प्रगति हासिल गरेको बताउँदै उनले निर्वाचनपछि बन्ने नयाँ सरकारले कानुनी जटिलताको समस्या समाधान गरेरै सबै सुकुम्बासी र भूमिहीनलाई लालपुर्जा दिने प्रतिवद्धता गरे ।

 

खाँणले बुटवलको सेमलारमा कृषि थोक बजार केन्द्र निर्माण अहिले सरकारको नीति तथा कार्यक्रम र बजेटमा परेको भन्दै त्यो आयोजना पूरा गरेर भरपूर फाइदा लिनुपर्ने बताए । आयोजना पूरा भएमा रुपन्देहीमा उत्पादित कृषि उपज गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमार्फत हवाइजहाजबाट राजधानी र विदेशमा पठाउन सकिने गृहमन्त्रीको भनाई छ । ‘थोक बजारले बजारीकरणमा सहयोग पुग्नेछ, स्थानीयलाई आत्मनिर्भर बनाई मुलुकको आर्थिक विकासमा टेवा पुर्याउने छ’, उनले भने ।

गृहमन्त्री खाँणले इतिहास र भूमिका नभएका राजनीतिक दल र ती दलमा आबद्ध नेताबारे टिकाटिप्पणी गर्न आवश्यक नभएको समेत बताए । ‘हामीले ती दल र आबद्ध नेताहरुको भूमिका बारे टिकाटिप्पणी गरेको केही फाइदा छैन, समृद्धि मुलुक बनाउने कार्यमा अघि बढ्नुपर्छ’, उनले भने, ‘पँच दलीय गठबन्धन यस कार्यमा अघि बढेको छ ।’

गृहमन्त्री खाँणले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्णरुपमा सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको दोहोर्याए । उनले जसरी स्थानीय निर्वाचन शान्तिपूर्ण र निष्पक्षरुपमा भएको थियो, त्यसरी नै मङ्सिरमा हुने निर्वाचन पनि निष्पक्ष र भयरहित तरिकारले सम्पन्न हुने बताए ।

 

नेपाली कांग्रेस बुटवल–१५ को पार्टी प्रचार–प्रसार कार्यालयको उद्घाटन गर्दै गृहमन्त्री खाँणले सरकारले निर्वाचनलाई शान्तिपूर्णरुपमा सम्पन्न गर्न कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता समेत जनाए । उनले निर्वाचनबाट गठबन्धनकारी शक्तिको जीत सुनिश्चित भएकाले मुलुकले विकासको गति लिने समेत उल्लेख गरे । उनले मुलुकमा शान्ति, सुशासन, स्थायित्व र विकासका लागि पाँच दलीय गठबन्धन वनेको बताउँदै यो गठबन्धन निर्वाचनपछिसम्म पनि कायमै राख्नुपर्नेमा जोड दिए ।

 

‘मुलुकमा शान्ति र राजनैतिक स्थायित्व भएन भने त्यसले समग्र विकास प्रक्रियामै असर पार्छ’, गृहमन्त्री खाँणले भने, ‘विगतमा भएको प्रतिगमनकारी शक्तिलाई परास्त गर्न पनि गठबन्धन आवश्यक छ ।’ उनले विगतमा नेकपाको सरकारले जनताले पाँच वर्षका लागि दिएको बहुमत पनि टिकाउन नसकेर प्रतिगमनमा अग्रसर भएकाले अब गठबन्धनलाई जिताउन जनताले विवेक प्रयोग गर्ने बेला आएको जनाए । ‘गठबन्धनको जीतले नेपालमा शान्ति र स्थिरता प्राप्त भई यही रोजगारीका धेरै सम्भावनाको ढोका खोल्नेछ’, उनले भने, ‘नेपाली युवा विदेश जानैपर्ने बाध्यताको अन्त्य हुने परिस्थिति पनि बन्ने छ’, उनले भने ।

 

कार्यक्रममा नेपाली कांग्रेस रुपन्देहीका पूर्व सभापति तथा रुपन्देही क्षेत्र नं. ३ (ख) उम्मेदवार रामचन्द्र ढकालले नेपाली कांग्रेसकै सरकारको पालामा देशले शान्ति, सुशासन र विकास पाएकाले अबको निर्वाचनबाट पनि नेपाली कांग्रेसकै नेतृत्वमा सरकार बनोस् भन्ने आम जनताको चाहना रहेको बताए । उनले क्षेत्रको विकास र आमनागरिक शान्ति, सुशासन तथा अमन चयनको वातावरण दिलाउन पनि काँग्रेस नेतृत्वको सरकार आवश्यक हुने दावी गरे । ‘काँग्रेसले नै मुलुकलाई सही दिशातर्फ लैजान्छ’, उनले भने, ‘यसका लागि काँग्रेसले जित्नुपर्छ, पाँच दलीय गठबन्धनले जित्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?