ट्रेंडिंग:

>> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता

युवापुस्ताको घोप्टेयुगीन सोच

२ माघ २०८०, मंगलवार
२ माघ २०८०, मंगलवार
सामाजिक मर्यादा, अनुशासन, पाहुनालाई स्वागत गर्नेजस्ता कुरामा चासो नगर्ने उल्टो झर्को मान्ने नकारात्मकताले ‘एक्ले जीवनशैली’ को विकास हुँदै गएको छ– मूलतः शहरी परिवेशतिर । ग्रामीण समाजमा कमसेकम आपसमा बसेर गफगाफ गर्ने, आमाबाबाको ज्ञानलाई ग्रहण गर्ने आदतलाई अपनाएकै देखिन्छ । वास्तवमा शिक्षित र सम्पन्न समुदायले अन्धविश्वासलाई त्यति मान्दैन यो राम्रो कुरा थियो तर हाम्रा पुर्खाका राम्रा सामाजिक संस्कारलाई भने अपनाउन सिकेन ।
आजको युगलाई ‘घोप्टेयुग’ भन्न थालिएको छ । मानिस सामाजिक सञ्जालमा सामूहिक प्रवृत्तिको देखिए पनि भावनात्मक एकतामा बाँधिने नेपालीपनको हिजोको जस्तो मित्रवत आचरणमा कमजोर बन्दै छ । मोबाइलमा घोप्टिरहने आदत बसिसकेको छ । मूलतः आजको नवपुस्ताले सामाजिक सञ्जालसँग जति दिलचस्पी राख्छ, प्रत्यक्ष हुँदा त्यसरी बोल्नै खोज्दैन । इन्टरनेट जोडिएको एउटा घरमा चारजनाको परिवार छ भने चारतिर मोबाइलमा अल्मलिरहेको देख्न पाइन्छ । बिस्तारै पुरानो पुस्ताले नयाँ प्रविधिलाई जानीनजानी सिक्ने कोसिस त गर्दै छ तर नयाँ पुस्ताले पुरानो पुस्ताबाट प्राचीन ज्ञानलाई ग्रहण गर्न चाहेको देखिँदैन । केवल सामाजिक सञ्जालमा घोत्लिरहने, झुमिरहने अचम्मको आदतमा मूलतः बाल्यावस्थादेखि किशोरकिशोरीसम्मका मानिस हराएका देखिन्छन् । सँगै बस्दासमेत कानमा एयरफोन लगाएर बस्ने कारणलाई हेर्दा तिनको रुचि र हिजोको समयसँग सामीप्यता हुन सकेन ।
हाम्रा पुर्खाले आफन्तसँगको सम्पर्क टुट्ला भनी मान्यजनकहाँ भेट्न जाने, आशीर्वाद लिने अनि ठूलाले आशीर्वाद दिने संस्कृति बसाए । प्राचीनकालदेखि सामाजिक थिति बसाइदिए । आज हामी नीति बनाउँछौँ तर अपनाउन, व्यवहारमा उतार्न या त भनौँ समाजलाई अभ्यस्त तुल्याउन कति जटिल हुन्छ । हो, आज हामी तिनै पुर्खाको धरोहरमा टेकेर रमरस गर्न सिक्छौँ । भाइचारा र बन्धुत्वले सजिएको सामाजिक मर्यादालाई अपनाउँछौँ । निःस्वार्थ प्रेमको सम्बन्धमा सद्भाव राख्छौँ । ठूलालाई आदर र सानालाई माया बाहेक रूप, पार्टी, जाति, धर्म पनि हेर्नु उपयुक्त मान्दैनौँ । के यो अलिखित अनि दर्बिलो एकतालाई कुनै राजनीतिक सिद्धान्तले विकास गराउन सक्ला ? बरु विखण्डनको बखेडा झिकेर खल्बल्याउन सक्ला तर थिति र रीति बसाउने दम कसैसँग छैन ।
हो, कर्मशील बन्नुपर्छ । मिहिनेती हुनुपर्छ तर ‘आज खाना खाएँ या खाइन’ भन्ने कुरालाई समेत बिर्सने गरी व्यस्त भएको जिन्दगी, घरमा एक जना पाहुना आउँदा दुई शब्द बोल्नै पैसा लाग्ने प्रकृतिको जीवनशैलीबाट जीवनको मजा नै कसरी पाइएला ! तर, बेकामे भएर चारचौरास अर्काको कुरा काट्दै बरालिनेभन्दा कर्मशील व्यस्त मान्छे नै महान् हो । यद्यपि यही महानताका लागि समाज हाम्रो आवश्यकता हो । सहयोग हाम्रो गुण हो । सद्भाव र सम्मान अनि माया गर्ने हाम्रो सबैभन्दा उत्तम र अमूल्य कानुन जसले बेशब्द हुँदाहुँदै व्यावहारिक प्रयोगको विधिमार्पmत् हज्जारौँ अपराध हुनबाट जोगाएको हुन्छ । चाडबाट र सामाजिक परम्परामार्पmत नयाँ पुस्ताले समाज र दायित्वमा मर्यादा र अनुशासन सिकाइरहेको हुन्छ । छाडा र अनैतिक बर्बरतालाई रोक्ने अमुक परामर्श लिइरहेको हुन्छ । अमूर्त ढाँचामा अपराध नियन्त्रणमा चाडबाड, सामाजिक घुलमिल हुने चलनले विशेष योगदान दिएको हुन्छ ।
भारोपर्म र ऐँचोपैँचोबाट सामाजिक मर्यादा सिकाउन, अलिकति मीठो मसिनो बनाएर खान, आपसमा दुःख विचार साटासाट गर्न, आपसी वैमनस्यता मेटाउन सिकाउने आधार हुन्– हाम्रा चाडपर्व । समाजमा विभेदकारी, वर्गीय असामानताले, अन्धविश्वासी चलनले अमानवीय संस्कार बसाएको छ तर समयोचित परिवर्तन गर्दै जानु आजको युगको आवश्यकता हो । संस्कार गरिने, माझिने भएकैले संस्कृति शब्दले समयोचित परिवर्तित हुने भावलाई बोध गराउँछ । रातोदिन काममा, झन्झटमा या त अभावको खिचातानीमा झुल्ने मानिसको आदतलाई सोचेर चाडपर्व बनाइदिए । यही निहुँमा मानिस अलिकति भए पनि बेफुर्सदिलो कामको चटारोबाट उम्कन्छ । आज त मानिस यति लालची भइसक्यो चौबीस घण्टा पनि थोरै भएको अनुभूत गर्छ । वास्तविक जीवनको मर्मलाई समेत बिर्सन्छ ।
दुःखको कुरा आजको व्याख्या गराइमा पूर्वाग्रह राखिन्छ । जातका आधारमा शोषक र शोषित भनिन्छ । वास्तविकता र बाध्यताभित्र पसेर व्याख्या गरिँदैन । वास्तवमा चेतना र जागरणको विकास गराउनु तथा आपसमा मनको माझामाझ गर्नु हामी सबैको दायित्व हो । कसैका पुर्खाले दमन गरे भन्दै कसैलाई सत्तोसराप गर्दै प्रतिवाद गर्ने, गाँड कोराकोर गर्दै आक्रोश पोख्ने हो भने द्वन्द्व त अवश्य हुन्छ तर जित कसैको हुँदैन । न हाम्रा पुर्खाको ज्ञान जोगिन्छ, न पहिचान जोगिन्छ न त आत्मगौरवको प्रेमपूर्ण समाजमा भाइचारा कायम रहन्छ । बरु विदेशी नक्कल गर्नुलाई बडप्पन मान्ने कुचलनले हाम्रो मौलिकता ध्वस्त पार्दै गर्दा सचेतनाको खाँचो भएको महसुस हुन्छ । महङ्गो बनाउने, प्रदर्शन र प्रतिस्पर्धा गर्ने कुचलनले चाडपर्वलाई हामी आफनैले काउछो बनाउँदै गएका छौँ । एकातिर विदेशी अन्धानुकरणको पिरलो छ अर्कातिर बोझिलो चलनले प्रहार गर्दै छ । अझ भात खुवाइ (पास्नी), गुनिउँचोली, व्रतबन्धमा समेत लाखौँ खर्च गर्ने कुसंस्कार बसिसकेको छ । एउटा विवाह गर्दा सामान्य मानिसको जुलुम उठ्छ । यसर्थ चाडवर्प, संस्कार र संस्कृतिलाई नेपाली समाजले बुझेर, सोचेर सुधार गर्नु आवश्यक छ ।
हरेक चाडसँग केही न केही मिथक छन्, केही इतिहास छन् या त केही सकारात्मक सन्देशको प्रवाह छ । असत्यमाथिको विजयोत्सवका गाथा छन् । व्रत उपासनाबाट, पूजा अर्चनाबाट सकारात्मक संस्कार र अनुशासनको विकास भएको हुन्छ । अत्याचारी उपद्रोपनामा नियन्त्रण भएको हुन्छ । अलिकति भए पनि मर्यादा र आचरणको पाठलाई हरेक पर्वले सिकाएको हुन्छ । सामाजिक जीवनको खुशी साटेको हुन्छ । आजको नयाँ पुस्ताको गलत चरित्रलाई सुधार गर्ने तथा नातासम्बन्धमा चिनापरिचय गराउने आधार चाडपर्व हो । हुन त फेसबुक, म्यासेन्जर, भाइबर आदिले सामाजिक सञ्जालमा परिचित नतुल्याएको होइन तर आफन्तलाई नै नचिन्ने समस्याका कारण हाडनातामै विहाबारी चल्ने भयमा अघिल्लो पुस्ता प्रताडित हुन्छ । आजको पुस्ताले सामाजिक आचरणलाई छोडेर सीमित साथीसङ्गतिसँग नातो गाँस्न रुचाएको देखिन्छ । आफ्नै आमाबाबालाई शत्रुलाई जस्तो व्यवहार गर्ने, अटेर र जिद्धी बन्ने स्वभावले हैरान बनाएका हुन्छन् । बाआमा र मान्यजनलाई देवताका रूपमा पूज्य हुन् भनी बोध गर्नुपर्ने महान् संस्कृतिका धनी हामी आमाबाबालाई बोझ र झिँझो मान्दै अमानवीय पराकाष्ठा प्रदर्शन गर्दै छौँ । अग्रज पुस्ताको ज्ञानलाई ग्रहण गर्दै आजको युगसापेक्षित उपयोग गर्ने विधिलाई अपनाउने शिक्षा दिएकै छैनौँ । तर हाम्रा चाडबाडले भने केही हदमा भए पनि पुस्तागत खाडललाई सम्बन्ध सेतुको भूमिका खेल्न मद्दत पु¥याइरहेका हुन्छन् ।
मध्यम वर्ग र ग्रामीण समाजका मानिसमा अन्धविश्वासलाई तोड्ने खुबीको राम्रो विकास भएन तर सामाजिक आचरणलाई गलहत्याएकै भन्ने चाहिँ छैन । यसर्थ ग्रामीण परिवेशमा चेतनामूलक कार्यक्रम दिलाएर शहरी समाजमा सामाजिक अभ्यासको वातावरण दिलाउनु उचित हुनसक्ला । हुन त शहरमा पनि गाउँकै मान्छे जान्छन् तर ग्रामीण समाजका अन्धविश्वास तोडाउन जति सजिलो हुन्छ, शहरी परिवेशमा पुर्खाका राम्रा ज्ञान हासिल गराउन त्यो भन्दा धेरै जटिल हुन्छ । वास्तवमा हाम्रा पुर्खाले अनेकौँ परीक्षण र  प्रयोगसिद्ध तुल्याए हामीलाई दिएका लौकिक ज्ञान, चाडबाड, धर्म परम्परा, रीतिस्थिति, सामाजिक दायित्वको आचरण, भाषालाई हामीले राम्रोसँग बुझेर व्याख्या नगर्ने हो भने यो अमूल्य निधि बाँदरको हातमा नरिवल हुन्छ ।
हिरालाई कोइला देख्ने र गलत टिकाटिप्पणी गर्ने बुज्रुक भइटोपलेकाहरूको चरित्रका कारण पनि हाम्रो देशले मौलिकतालाई मार्दैछ । सामाजिक संस्कृतिसँग आनन्द लिने मानवीय कल्याणकारी परम्परालाई समेत अनेक अपव्याख्या गर्दै निमिट्यान्न पारेर पश्चिमाले अपनाएको ‘बर्ड डे’ मनाउँदा केक काट्ने संस्कार बसे जसरी अर्काकै सिकोमा हामी होमिन्छौँ । पश्चिमाहरूसँग हाम्राजस्ता रमाउने चाडबाड, संस्कृति, कथा, मिथक, लोक परम्परा नभएकाले जन्मदिनलाई विशेष रूपमा मनाउने चलन बसाएका रहेछन् । छुट्टि पाउने कुनै आधार नहुँदा हाम्रो संस्कृति र परम्परासँग बरु तिनको आकर्षण बढ्दै छ । बरु हामीले हाम्रा संस्कार तिनलाई सिकाउन सक्नुपथ्र्यो । हामीसँग यत्तिका जातजातिका यत्तिका धेरै राम्रा चाडबाड छन् जसले बहुजातिगत समाजलाई एउटै छातामुनि उभिएर रमाउने संस्कार बसाएको छ ।
विडम्बना, हिजोको खुला हृदय बोकेको मानिस आज किन सङ्कीर्ण बन्दै छ किनकि आजको राजनीतिगत संस्कारले विभेद र अमिल्दा कुरालाई मात्र केलाएर व्याख्या गर्न सिकायो । राम्रा र गुणकारी भावनालाई पर्दा पछाडि फाल्यो । समुन्द्रको फोहोरलाई त देखायो तर समुन्द्र सफा गर्नुको साटो पोखरीमा फालिदियो । विकृतिलाई हटाएर हिजोजस्तै भाइचारा कायम राखौँ भनेन अधिकारका नामभित्र वर्ग, जात, धर्म र लिङ्ग विभाजनको बाटो देखायो । केवल भोटको स्वार्थले पनि हो– मानवता र बन्धुत्वको अर्थ बिर्सायो । वैमनस्यता र सहिष्णुतामा आँच पु¥यायो । विरोध र जुहारी गर्ने सोच भरिएको दिमागभित्र अनावश्यक वैरभावको सङ्कीर्णताले डेरा जमायो । महान् एकत्व समाजको सुन्दरतामा राजनीतिगत सोचका कारण फाटो बढायो ।
आखिर जुनसुकै जातजातिका जेसुकै चाडपर्व होऊन् : हाम्रा पहिचान होइनन् र ! एउटा भाषा जन्माउन कति वर्ण, लिपि, व्याकरण, वाङ्मय, साहित्य र प्रयोगमा आएको गुण हुनु आवश्यक हुन्छ भने यस्ता अमूल्य भाषालाई हामी चाहेर पनि जन्माउन सक्दैनौँ । जस्तो कि ः लिम्बू भाषा केवल लिम्बू जातिको नभएर जसले जान्दछ उसको हुँदैन र ! हरेक भाषा, हरेक जातिले जोगाएका परम्परा राष्ट्रका सम्पत्ति हुन् । एकअर्काका चाडपर्वमा निमन्त्रणा गर्ने र आपसी संस्कृतिमा रमाउने हाम्रोजस्तो महान् चलन संसारमा सायदै छैन । बहुजाति र बहुधर्मबीच सहकार्य र सहिष्णुताको अपार गरिमा नै नेपालीको आफ्नो अमूल्य परम्परा हो । संसार अन्तरिक्षतिर लम्किरहँदा हामी आपसमा गाँड कोराकोरमै अल्झिरहेका छौँ । तर, हामी विश्वव्यापीकरण र रोजगारीको आवश्यकताका दुई आधारभित्र रहेर सायद नचाहेर पनि भाषा र संस्कृतिलाई मार्दै छौँ । सञ्जालभित्र घोप्टिएको यो अवस्थामा चाडपर्व सबैभन्दा प्रभावकारी र रमाइलो सुधारवादी आधार हो । थाहै नपाइ सकारात्मक परिवर्तन गराउने पुर्खाको दूरगामी सामाजिक सांस्कृतिक सोच हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?