Butwal Today

इजरायलमा मृत्यु भएका विद्यार्थीका परिवारलाई प्रदेश सरकारले दुई/दुई लाख दिने

२२ आश्विन २०८०, सोमबार
अ+
अ-

धनगढी २२ असोज ।

इजरायलमा मृत्यु भएका सुदूरपश्चिमका ७ जनाका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले दुई लाखका दरले रकम दिने निर्णय गरेको छ ।

सोमबार एक  बिज्ञप्ति जारी गर्दै प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले विद्रोही समूहको आक्रमणबाट ज्यान गुमाएका सुदूरपश्चिमका विद्यार्थीहरूका परिवारलाई दुई/दुई लाख रुपैयाँ उपलब्ध गराइने जनाएको छ ।

मुख्यमन्त्री कमल शाहले हस्ताक्षर गरेको बिज्ञप्तिमा इजरायलबाट शव ल्याउन सहजीकरण गरिदिन सङ्घीय सरकारलाई अनुरोध गरेको छ । इजरायलमा भएको हमलामा परि  आइतबार १० नेपालीको मृत्यु भएको  थियो ती मध्ये ७ जना सुदूरपश्चिमका छन् ।