ट्रेंडिंग:

>> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की

एमालेको दोस्रो विधान महाधिवेशनमा २ हजार ३९२ जना सहभागी हुने

१ भाद्र २०८२, आइतबार
१ भाद्र २०८२, आइतबार

काठमाडौं, १ भदौ ।

नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म काठमाडौंको गोदावरीस्थित सनराइज हलमा हुने भएको छ । महाधिवेशनमा कुल २ हजार ३९२ जना सहभागी हुने भएका छन्, जसमा २ हजार १२८ जना प्रतिनिधि र २६४ जना आयोजक रहनेछन् ।

शनिबार पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बसेको महाधिवेशन मूल व्यवस्थापन समितिको बैठकमा संगठन विभागले प्रस्तुत गरेको प्रतिवेदनअनुसार २०७८ सालमा चितवनमा सम्पन्न १०औं राष्ट्रिय महाधिवेशनका प्रतिनिधि मात्र यस विधान महाधिवेशनका प्रतिनिधि हुने व्यवस्था गरिएको छ । त्यसअनुसार केही केन्द्रीय सदस्यसमेत आयोजकको भूमिकामा रहनेछन् । महाधिवेशनका प्रतिनिधिहरूलाई डिजिटल परिचयपत्र उपलब्ध गराइनेछ ।

महाधिवेशनलाई भव्य र व्यवस्थित बनाउन सातदोबाटोदेखि गोदावरीसम्मका विभिन्न स्थानहरूमा स्वागतद्वार निर्माण गरिने निर्णय गरिएको छ । बागमती प्रदेश,ललितपुर जिल्ला,स्थानीय कमिटी र जनसंगठनहरुका तर्फबाट स्वागतद्वार राखिने छ ।

कार्यक्रमस्थलमा कम्तीमा ३०० जना स्वयंसेवक खटाइने तयारी गरिएको छ । स्वयंसेवकहरूको व्यवस्थापन युवा संघ, खेलकुद महासंघ लगायतका जनसंगठनहरूले गर्नेछन् । महाधिवेशनमा सहभागी हुने प्रतिनिधिलाई कुनै शुल्क नलिने र आवासको प्रबन्ध प्रतिनिधि आफैंले गर्नुपर्ने निर्णय छ ।

यातायातको सुविधा उपलब्ध गराउन पार्टीका विभिन्न कमिटीहरूले सातदोबाटोदेखि गोदावरीसम्म सार्वजनिक यातायातको व्यवस्था मिलाउने भएका छन् । साथै, महाधिवेशनस्थलमा तीन सिफ्टमा चिकित्सकसहितको स्वास्थ्य जाँच कक्ष स्थापना गरिने छ ।

विधान संशोधनका सन्दर्भमा एमालेले मातहतका सबै कमिटीहरूलाई भदौ १० गतेसम्म सुझाव दिन समय दिएको छ । प्राप्त सुझावलाई समेटेर राजनीतिक प्रतिवेदन तयार पारिनेछ । महाधिवेशनमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष तथा उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव, र महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

महासचिव पोखरेलले व्यवस्थापन समितिको बैठकलाई सम्बोधन गर्दै महाधिवेशनलाई एकताको उत्सवका रूपमा लिँदै सबै जिम्मेवारीप्रति गम्भीर बन्न नेताहरूलाई आह्वान गरे । उनले व्यवस्थापनमा खटिएका सबै समितिहरूलाई तीव्र गतिमा काम गर्न निर्देशनसमेत दिएका छन् ।

नेकपा एमालेले महाधिवेशनलाई सफल बनाउन विभिन्न उपसमितिहरू गठन गरी नेताहरूलाई स्पष्ट जिम्मेवारी तोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?