© २०२३
नवलपरासी,(पश्चिम्), २१ असोज ।
जेनजी आन्दोलनका क्रममा कारागारका सुरक्षाकर्मीलाई नियन्त्रणमा लिएर भागेका कैदीबन्दी मध्ये २३० जना कैदीबन्दी अझै नफर्किएको कारागार प्रशासनले जनाएको छ ।
आन्दोलनका क्रममा भागेका ३०३ जना कैदीहरू कारागार फर्किएका छन् भने बाकी कैदीबन्दी अझै फर्किएका छैनन् ।
नवलपरासी कारागारमा रहेका १३ जना कैदिहरु अन्य कारागारमा पुगेको सूचना आएको कारागार प्रमुख बिकल श्रेष्ठले जानकारी दिए।’रेकर्डमा हाम्रो २४३ जना कैदिबन्दी आउन बाकि छ तर १२-१३ जना कैदीबन्दीहरु अन्य कारागारमा गएको खबर छ तर आधिकारिक पत्र चाहिँ हामीलाई आएको छैन’ प्रमुख श्रेष्ठले भने ।
कारागार प्रशासनले हिजोको मिति सम्म कैदी बन्दिलाई कारागार फर्कन सूचना जारी गरेको भएपनी उक्त कैदी बन्दिहरु फर्किएका छैनन् ‘हामीले सूचना जारी गरेका थियौ,अब अदालतमै गएर आत्मसमर्पण गरेर फर्किने पनि हुन्छन्,अहिलेलाई बाकी कैदीहरूले कुनै सम्पर्क गर्नु भएको छैन’ कारागार प्रमुख श्रेष्ठले भने।
कारागारमा ५७६ जना कैदीबन्दिहरु रहेका थिए । उनीहरूले कारागारमा आगजनी र सुरक्षार्थ खटिएकामध्ये ४ सशस्त्र र २ जना नेपाल प्रहरीका सुरक्षाकर्मीलाई नियन्त्रणमा लिई कारागार कब्जामा लिएर बाहिर निस्केका थिए ।