© २०२३
काठमान्डौ, १ मंसिर ।
राष्ट्रिय परिचयपत्रमार्फत २ लाख २५ हजार ५७५ जनाले नयाँ मतदाता नामावलीमा दर्ता भएका छन् । निर्वाचन आयोगका अनुसार बायोमेट्रिक्स प्रक्रियामार्फत थप ३ लाख २ हजार ६२ जनाले नाम दर्ता गराएका छन् ।
आयोगले सार्वजनिक गरेको तथ्यांकअनुसार नयाँ मतदाता नामावली संकलन खुला गरिएको दिनदेखि कात्तिक ३० गतेसम्मको अवधिमा कुल दर्ता संख्या यति पुगेको हो ।
आयोगका अनुसार मतदाता नामावली दर्ता मंसिर ५ गतेसम्म खुला रहनेछ । राष्ट्रिय परिचयपत्र नम्बर भएका नागरिकका लागि अनलाइनमार्फतै नाम दर्ता गर्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।