© २०२३
काठमान्डौ, १ असोज ।
प्रतिनिधि सभा विघटनसँगै संघीय संसद्मा विचाराधीन रहेका ३० वटा विधेयक निष्क्रिय भएका छन् ।
संविधानको धारा १११ अनुसार प्रतिनिधि सभामा विचाराधीन वा पारित भएर राष्ट्रिय सभामा पुगेका विधेयक प्रतिनिधि सभा विघटन भएमा निष्क्रिय हुने व्यवस्था छ । यस अनुसार प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा पुगेका सातवटा विधेयक निष्क्रिय भएका छन् भने राष्ट्रिय सभामा उत्पन्न र राष्ट्रिय सभामै रहेका पाँचवटा विधेयक भने कार्यरत छन् ।
विधायन व्यवस्थापन समितिका सचिव मनोजकुमार गिरीका अनुसार, राष्ट्रिय सभामा बाँकी रहेका विधेयकमा भौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, चलचित्र विधेयक, पर्यटन विधेयक, सामाजिक सञ्जाल विधेयक र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक समावेश छन् ।