© २०२३
काठमाडौं, ३० कात्तिक ।
नागरिक बचाउ दलले २७ सदस्यीय केन्द्रीय समितिसहित दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ ।
पार्टीका सभापतिमा झापा निवासी ५० वर्षीय माधव प्रसाद खतिवडा प्रस्तावित छन् । उपसभापतिमा ईश्वरी प्रसाद भट्टराई (काठमाडौं) र देवीप्रसाद संग्रौला प्रस्तावित छन् ।
महामन्त्रीमा प्रेम कुमार थाम्सुहाङ (झापा), सहमहामन्त्रीमा विष्णु बोहोरा क्षेत्री (नवलपरासी पूर्व), कोषाध्यक्षमा सुष्मा रेग्मी रिजाल (मोरङ) र प्रवक्तामा प्रेम थापा मगर (पाल्पा) रहने प्रस्ताव गरिएको छ ।
पार्टीले माथि सेतो, तल रातो र बीचमा तारा अंकित चारकुने झण्डा प्रस्ताव गरेको छ । चुनाव चिह्नका लागि ‘मान्छेको जोडी पाइला’ संकेत गरिएको छ ।
सभापति खतिवडाले भने, ‘हामी भुइँ मान्छेका पुजारी हौं । त्यसैले भुइँ मान्छेको समृद्धिका लागि जोडी पाइला चुनाव चिह्न रोजेका छौं ।’
नागरिक बचाउ दलका पदाधिकारी तथा केन्द्रीय समितिमा दुर्गा प्रसाईंको नाम नरहेकोबारे सोधिएको प्रश्नमा सभापति खतिवडाले भने, ‘महत्त्वपूर्ण व्यक्तिले पर्दा पछाडि बसेर नै भूमिका खेलिरहेको हुन्छ । त्यसलाई त्यसैगरी बुझ्नुहोला ।’
नागरिक बचाउ दलका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको नामावली :
