© २०२३
रोल्पा, २९ फागुन ।
रोल्पामा व्यवसायिक तरकारी खेती गर्ने किसानको संख्या बढेसँगै यसबाट हुने आम्दानी पनि बढ्न थालेको छ । जिल्लाको एउटै वडावाट एक वर्षमा करिब १५ करोड भन्दा बढीको तरकारी बिक्री भएको तथ्यांक छ ।रोल्पाको त्रिवेणी गाउँपालिका वडा नं. २ बाट एक वर्षमा त्यति १६ लाख ५५ हजार ९६० किलोग्राम तरकारी बिक्रीबाट १५ करोड ९० लाख ५९ हजार ५७४ रूपैयाँको तरकारी बिक्री भएको हो । त्रिवेणी गाउँपालिका वडा नं. २ मा रहेका दर्ता गरि संचालनमा रहेका प्रमुख तरकारी सङ्कलन केन्द्रहरूबाट सो परिणामको तरकारी कारोबार भएको हो ।
जस अनुसार गाउँले साना किसान उपज तथा संकलन केन्द्र नुवागाउँबाट जम्मा ३ लाख ३ हजार ६१६ किलोग्राम तरकारी कारोवार भएको थियो । सो तरकारीबाट किसानहरूले २ करोड २७ लाख ७१ हजार २०० रूपैयाँ आम्दानी गरेका छन् । यसैगरी जनउत्थान कृषि संकलन केन्द्र भलाजुङवाट १ लाख १० हजार ५५० किलोग्राम तरकारी कारोबार भएको थियो । सो संकलन केन्द्रबाट किसानहरूले ८८ लाख ४४ हजार आम्दानी गरेका थिए । यसैगरी साना किसान मिलनडाँडा कृषि हाट बजार केन्द्र वाघखोरमा १ लाख ५० हजार ७६२ किलोग्राम तरकारी कारोबार भएको थियो । जसबाट किसानहरूले ६ करोड ४८ लाख ८८ हजार रूपैयाँको आम्दानी गरेका थिए ।
यसैगरी नमूना दहवन कृषी उपज कंललन केन्द्र दहवनमा १० लाख ११ हजार १० किलोग्राम तरकारी कारोवार भएको थियो । सो करोवारवाट त्यहाँका किसानहरूले ५ करोड ९४ लाख ७३ हजार ५३८ रूपैयाँ आम्दानी गरेका थिए । हलंगा हाटवजार समूहमा ८० हजार २२ किलोग्राम तरकारी कारोवार भएको थियो । सो संकलन केन्द्रवाट किसानहरूले तीस लाख वयास हजार ७५० रूपैयाँ आम्दानी गरेका थिए ।
आलु, लसुन तथा फलफूल बाहेकका किसानले उत्पादन गरी संकलन केन्द्र सम्म ल्याउने तरकारीको मात्रै हिसाब गरिएको वडा कार्यालयको भनाइ छ । विवरणमा आलु, लसुन, फलफूलको कारोबार समावेश गरिएको छैन । मुख्य रूपमा टमाटर, बन्दा, फूलगोभी, घिउसिमी, करेला, तिते करेला, खुर्सानी, भेडे खुर्सानी, हरियो साग, धनिया आदी तरकारीहरूको मात्रै विवरण समावेश गरिएको वडा कार्यालयको भनाइ छ ।
आफूले उत्पादन गरेका तरकारीहरू कृषि हाटबजारसम्म किसानहरूले ल्याउने गरेका छन् भने कृषि हाटबजार केन्द्रबाट देशका विभिन्न स्थानमा पु¥याइने गरेको बताइन्छ । देशका विभिन्न स्थानबाट तरकारी व्यापारीहरू कृषि हाटबजारसम्म आएर किसानको तरकारी खरिद गरेर लैजान्छन । विगतमा विचौलियोका विगविगिका कारण किसानले वास्तविक मूल्य नपाउने अवस्था थियो अहिले भने ठूला व्यापारी आफै आएर तरकारीको मोलमोलाई गर्ने भएकाले किसानहरू ठगिन पाएका छैनन गाउँपालिका अध्यक्ष कर्णवहादुर वाँठाले भने । रोल्पामा उत्पादिन तरकारीको थोक खरिद गर्न दाङ, नेपालगञ्ज, धनगढी, भैरवा, बुटवल लगायत देशका विभिन्न स्थानबाट व्यापारीहरू आउने गरेको गाउँपालिका अध्यक्ष वाँठामगरको भनाइ छ ।
कम परिणाममा उत्पादन गर्ने किसानहरूले हाटबजारसम्म तरकारी नल्याई घरबाट समेत बिक्री गर्ने भएकाले त्यस्तो तरकारीको अभिलेख राख्ने गरिएको छैन । यसरी बिक्री हुने तरकारी समेत जोड्दा अझै ठूलो परिणामको तरकारी बिक्री हुने गरेको वडा कार्यालयको भनाइ छ ।
वडा कार्यालयका अनुसार वडाभर रहेका साना हाटबजारहरूको बिस्तृत विवरण संकलन हुन सकेको छैन । दर्ता नभएका बजारहरूमा पनि ठूलो परिमाणमा तरकारी किनबेच हुने भए तापनि हालसम्म आधिकारिक तथ्याङ्क उपलब्ध हुन नसकेको वडा कार्यालयको भनाइ छ । वडा कार्यालयका अनुसार दर्ता नभएका र साना हाटबजारहरूको विवरण संकलन नगरी ठूलो हाट बजारको मात्रै विवरण राखिएको छ । दर्ता नभएका र साना हाटबजारहरूमा अभिलेख व्यवस्थापनको परिपाटी नहुँदा तथ्यांक उपलब्ध हुन नसकेको वडा कार्यालयको भनाइ छ ।
त्रिवेणी गाउँपालिका वडा नं. २ ले कृषि क्षेत्रको बिकासलाई मुख्य प्राथमिकताको क्षेत्रमा राखी काम गर्दै आईरहेको वताईन्छ । उसले चालु आर्थिक वर्षका लागि कृषि क्षेत्रमा विनियोजन गर्ने बजेटका अतिरिक्त हाट वजार व्यवस्थापमा समेत बजेट विनियोजन गरेको थियो ।
जस अनुसार साना किसान मिलनडाँडा कृषि हाटबजार केन्द्र, बाघखोरमा फिल्ड निर्माणको लागी २ लाख बजेट विनियोजन गरेको छ । सो हाट बजारका लागि हाल फिल्ड निर्माणको काम भइरहेको गाउँपालिकाको भनाइ छ । यसैगरी जन उत्थान कृषी सङ्कलन केन्द्र, भलाजुङलाई १ लाख बजेट विनियोजन गरिएको छ । नमुना दहवन कृषि उपज सङ्कलन केन्द्र, दहवनको टहरा निर्माणका लागि ५ लाख बजेट विनियोजन गरिएको वडा कार्यालयले जानकारी दिएको छ । यसका साथै कृषि विकासको निम्ति कृषि उपकरणहरू खरिद गर्नका लागि रु.३ लाख बजेट विनियोजन गरिएको जनाइएको छ ।
किसानहरूलाई थप हौसला दिनको लागि आगामी दिनहरूमा गाउँपालिका र प्रदेशमा पनि थप बजेट माग गर्ने २ नम्बर वडा कार्यालयको भनाइ छ । किसानहरूकै हक हितमा लाग्ने र उत्कृष्ट किसानलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको वडाध्यक्ष कविराज वुढामगरले भने ।
यता रोल्पाकै रुन्टीगढी गाउँपालिकावाट एक वर्षमा ५० करोडको तरकारी बिक्री भएको बताईन्छ । तीन वटा मुख्य हाटवजार रहेको सो गाउँपालिकामा किसानहरू आफैले तरकारीको मूल्य निर्धारण गरी बिक्री वितरण गर्ने गर्दछन । यहाँका दुई हजार ५०० घरधुरी किसानहरू व्यवसायिक तरकारी खेतीमा आवद्ध छन गाउँपालिका अध्यक्ष जनक पुनले भने । गाउँपालिकाले प्रत्येक वडामा कृषि प्राविधिकहरू समेत खटाएको छ, प्राविधिकहरू किसानको खेतवारीमा पुगेर प्राविधिक सहयोग गर्छन अध्यक्ष पुनले भने । गाउँपालिकाले अघिल्लो वर्षदेखि खसी बजार समेत संचालन गर्दै आइरहेको छ । अघिल्लो वर्ष खसी बजारमा यहाँका किसानले ५ करोड आम्दानी गरेका थिए अध्यक्ष पुनले भने । तरकारी खेतीबाट किसानहरूले राम्रो आम्दानी गर्न थालेसँगै गाउँमा रोजगारीको अवसर नभएको भन्दै विदेशीएका युवाहरू समेत स्वदेश फर्कन थालेका छन् गाउँपालिका अध्यक्ष पुनले भने ।
गाउँमै तरकारी खेतीको राम्रो सम्भावना भएपछि ११ वर्षको विदेश वसाई विट मारी स्वेदश फर्किएको रुन्टीगढी गाउँपालिका ९ का चन्द्रप्रकाश महराले भने । अहिले ३० रोपनी जग्गामा तरकारी खेती गरेका छु महराले भने । वन्दा, गोभी, सीमि, टमाटर, खुर्सानी जस्ता तरकारी बेच्न उनी हरेक हप्ताको मंगलवार र शनिबार हाटबजार जाने गरेको वताउछन । तरकारी बिक्री गरेर उनले एक सिजनमा २० लाख सम्म आमदानी गरेको वताए ।
२०५४ सालमा देखि नै होलेरीमा हाटबजार संचालन गर्ने भनियो, केही सुरुआत पनि भयो तर त्यसले सफलता पाउन सकेन । दश वर्ष लामो सशस्त्र द्वन्द्वले मानिसहरू भेला जम्मा हुने र आवतजावत गर्ने अवस्था खुम्चदै गएपछि यसले सार्थकता पाउन सकेन । २०६३ सालको शान्ति प्रकृयापछि अवस्था असज भएसँगै तत्कालिन गाउँविकास समितिहरूले हाटबजार संचालन गर्ने योजना अघि सारेपनि जनप्रतिनिधि विहिन गाउँविकास समितिले जनतासँग जोडिएको काम गर्न सक्ने अवस्था थिएन । २०७४ सालमा निर्वाचित पहिलो स्थानीय सरकारले पनि हाटबजार संचालन गर्न केही पहल गरे पनि सार्थक परिणाम भने हासिल भएन । पछिल्लो पटक २०७९ सालमा निर्वाचित स्थानीय सरकारले आफ्नो कार्यकालको दोश्रो वर्षमा हाटबजार संचालनमा ल्याएको हो । विगतका गाउँविकास समितिहरूले हाटबजार लगाउने भन्दै केही संरचना पनि बनाएर २,४ दिन हाट वजार संचालन गरे पनि यसले निरन्तरता पाउन सकेको थिएन, अहिले भने दीगो ढंगले अघि वढिरहेको छ रुन्टीगढी गाउँपालिका अध्यक्ष पुनले भने ।