© २०२३
बुटवल, २८ फागुन ।
पाल्पाको वौघागुम्हाकी कान्तीसरा रानाले लामो समयदेखि बाख्रापालन गरिरहेकी छिन् । मुख्य पेशा नै बनाएर बाख्रा पालेकी उनलाई अहिले दुईचार हजारका लागि कसैसँग हात फैलाउन पदैन् ।आफ्नै मेहनतले घरमा पैसाको खाँचो टरेको छ । तरकारी र बाख्राहरू पाल्दै आएकी रानालाई उनलाई पहिले भने आर्थिक अभाव थियो । जब उनी मिलनसार सामाजिक उद्यमी महिला सहकारी संस्थाको सदस्य भइन्, उनलाई उनकै कामलाई व्यवसायिक बनाउन सहयोग पुग्यो ।
उनी भन्छिन्–‘पहिले स्थानीय जातका बाख्राहरू थिए । उनीहरूलाई लामो समयसम्म पाल्नु पथ्र्याे, थोरै पैसा कमाउन पनि लामो समय कुर्नुपर्ने अवस्था थियो । उब्जाएको तरकारी घरमा खान समेत पुग्दैनथ्यो । तर जब सहकारीसँग जोडिएपछि उद्यमी बन्नुपर्छ आर्थिक जोहो गर्नुपर्छ, जस्ले जे जानको छ त्यसैलाई नै व्यवसायिक बनाउनुपर्छ भनेर लागियो । अनि सफल पनि भइयो रानाले सुनाइन ।
उनको परिवारको मुख्य व्यवसाय नै बाख्रा पालन हो । अहिले पनि माउ पाठा गरेर ११ वटा बाख्रा छन् । यो वर्ष अलि कम छ, पाठा छन् । मैले पुरना माउहरू हटाएर नयाँ माउ थपेको छु । त्यसैले कम भएको हो । अहिले कोही ब्याउने र कोहीले भर्खरै बच्चा जन्माएका छन् । यो नयाँ जातका बाख्राहरूले एकै पटकमा दुई वा तीनवटासम्म बच्चा जन्माउछ । जन्मिएको पाँच महिनामा नै ३५ किलोसम्म हुन्छ यसैले पनि पाल्न सजिलो छ । बारी भरी उन्नत जातको घाँसहरू रोपेका छौ । गत वर्ष मात्रै मैले ३ लाख रुपियाँको बाख्रा बेचेको हो, अब यो वर्ष कति हुन्छ ।
राना भन्छिन्–‘हामीले बाख्रासँगै तरकारी पनि फलाउने र बेच्ने गरेका छौ । सिजन र बेसिर्जन दुबै समयमा तरकारी लगाउँछौ । सहकारी आफैले मूल्य निर्धारण गरेर लैजान्छ आन्नद छ । तरकारी कसरी बेच्ने भन्ने चिन्ता छैन । पैसा हँुदा सहकारीमा जम्मा गर्ने नहुँदा ऋण लिने सहकारी साथी जस्तै छ हाम्रा लागि । यसले गर्दा पैसाका लागि भौतारिनु परेको छैन । श्रीमानले देश छाड्नु परेको छैन् । हामी सबै परिवारका सदस्य सासु, म, श्रीमान र छोरा पनि यो व्यवसायमा लागि परेका छौ । गाउँ घरमै रहेर कमाउन र रमाउन सकेका छौ यसैमा खुशी छ हामीलाई ।
पाल्पाको २०६८ सालमा महिलाहरूले पनि आफुले गरेको कामलाई व्यवसायीक बनाउन सक्छन् भन्ने सोचलाई व्यवहारमा ल्याउनका लागि जन्मिएको सहकारी संस्था हो । मिलनसार सामाजिक उद्यमी महिला सहकारी संस्था जस्ले जन्मिने बेलामा नै सबै महिला दिदी बहिनीहरू जसरी पनि आफुसँग जे जस्तो क्षमता छ त्यसकै आधारमा उद्यमी बनेर आर्थिक जोहो गर्ने भन्ने सपना बोकेर ८१ जना महिलाहरू सहकारीमा जोडिएर सहकारी संस्थाको जन्म भएको हो ।सहकारी शुरु गर्दा उनीहरूले बचत र ऋण भन्दा पनि आफुहरूलाई उद्यमसँग जोड्न बाचा गरे । त्यसबेला देखि नै सबै सदस्यहरूले आफुले जानेको गरेको कामलाई व्यवसायिक बनाउन लागि परे । तरकारी लगाउने दिदी बहिनीहरूले अलि धेरै त्यस माथि तरकारीको अलि राम्रो बिउको खोजी गर्न थाले । गाईभैसी पालन गर्न महिला दिदी बहिनीहरूले गाई भैसीबाट बढी दुध कसरी उत्पादन गर्न सकिन्छ ? भन्ने छलफल चलाए । त्यस लागि कस्ता गाईभैसी किन्ने र कस्तो खानेकुरा कसरी खुवाउने ? भन्ने जानकारीको खोजी गर्न थाले यसमा । प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहकारी संस्थाले सदस्यहरूलाई सहयोग गरिरह्यो ।
सहकारी संस्थाका अध्यक्ष कमला भण्डारीले महिलाले कसरी हुन्छ उपाय निकाल्दै काम गरिरहेका हन्छन् । हामीले सहकारी मार्फत दिदी बहिनीहरूले गर्दे आएको कामलाई केहि परिमार्जन मात्रै गरेका हौ । जो दिदी बहिनीहरूले जे काम गरिरहनु भएको थियो । उनलाई विषय विज्ञको सहायताले सीपयुक्त बनाएर व्यवासयीक बनाएका हौं । त्यति मात्रै हाईन हामीले सहकारी मार्फत दिदीबहिनीहरूले उत्पादन गरेका तरकारी, दुध लगायतका साम्रगीहरुलाई उचित मूल्यमा खरिद गरेर बजारीकरणमा समेत सहयोग गरिरहेका छौ ।
सहकारी संस्था स्थापनादेखि नै हामीले थौरै तरकारी भए पनि स्थानिय बजारमा बिक्री गर्ने र किसान उपभोक्तालाई सिधै सम्पर्क गराएर बिचौलियाले खाने नाफा किसानकै हातमा पार्ने रणनीति ल्याएका हौं । अहिले त ६ सय ५५ जना महिला सदस्यहरू छन् । जस्ले कुनै न कुनै प्रकारको काम गरेर आय आर्जनमा जोडिनु भएको छ । यहि सहकारी संस्थामा बचत गर्नुहुन्छ । न्यूनतमा ब्याजमा ऋण लगेर व्यवसाय गर्नुहुन्छ । सहकारी अहिले पनि नाफा भन्दा पनि सदस्य महिलाहरूलाई अझै व्यवसायिक बनाउनका लागि विभिन्न योजनाहरू बनाईरहेका छौ । उनीहरूले उत्पादन गरेका बस्तुहरूलाई कसरी ब्रान्डिङ्ग गर्न सकिन्छ भन्ने तर्फ सोंच छ ।
तरकारी, दुध, स्थानयि र जमुनावारी जातका क्रसबाट उत्पादन भएका बाख्रा उत्पादन भईरहेका छन् । हाम्रा सदस्यहरूले उत्पादन गरेका बाख्राका पाठापाठीहरू पाँच महिनामा २८ देखि ३२ किलो सम्मका हुन्छ् । हामीले गत वर्ष पाठापाठी र खसी बोका गरी २ करोड ९ लाखको बिक्री गरेका थियौं । त्यसबाट सहकारीमा ५ लाख रुपिया नाफा भएको थियो । यो वर्ष त्यो भन्दा पनि बढीको बिक्रि गर्ने सोच छ, अध्यक्ष भण्डारीले बताईन । दुध अहिले तानसेन बजारमा दैनिक २ सय लिटर बिक्री भईरहेको छ सहकारी मार्फत । हामीले दुधमा नाफा नराखीकन किसानलाइए प्रति लिटर ९८ रुपिया दिएर बेचिरहेका छौं । यसलाई पनि अझै धेरै किसानलाई गाई भैसी पाल्न प्रोत्साहन गरिरहेका छौं , तानसेन बजारमा मात्रै पनि हामीले दुध पु¥याउन सकिरहेका छैनौं । त्यस कारण पनि हामी अझै लाग्नुपर्नेछ ।
तरकारी र सिर्जन र बेसर्जिन दुबै समयमा उत्पादन हुन्छ । समय र बजारलाई हेरेर बिक्रि गरेका छौ । यहाँ हामीले अरूको भन्दा कम मुल्यमा उपभोक्तालाई दिएका छौं । तरकारी त बुटवल पाल्पा सहित पोखरासम्म पुगेको छ । माग बढिरहेको छ, हामीले कसरी धेरै उत्पादन त्यो पनि अर्गानिक उत्पादन गर्ने भन्नेमा जोड दिएका छौं । आज पनि हामीले काउली, बन्दा, टमाटर सिजनको तरकारी दुई देखि तीन गाडी संकलन हुन्छ । हाम्रा सबै सदस्यहरूले गरेका त्यो बाहेक अरू १७ सय किसानले हामीलाई दैनिक तरकारी दिइरहनु भएको छ । साथै हामीले अदुवा बेसार जस्ता खाद्यान्नहरू पनि उत्पादन र बिक्री शुरु गरेका छौं । समुदाय विकास कृषक समुदायको आर्थिक र सामाजिक विकासमा योगदान पु¥याउने लक्ष्य छ । त्यसैगरी ताजा, जैविक तरकारीहरू–सिधै गाउँका किसानहरू माझबाट घरसम्म पु¥याउने । हाम्रो सहकारी मार्फत सहरवासीलाई गाउँलेहरूको मिहिनेत र प्राकृतिक तरकारीको स्वादमा जोड्नें हाम्रो उद्देश्य रहेको छ ।
सहकारीकी अध्यक्ष भण्डारीले भनिन् गाउँका यी खुशी किसानहरूसँग मिलेर, हामी ताजा र जैविक तरकारी सिधै तपाईंको घरको भान्सासम्म पु¥याउँछौं । स्वस्थ रहनुहोस्, स्वस्थ खानुहोस् भन्ने हाम्रो सहकारीसँग उद्देश्य रहेको छ । हामीले भखर्रे किसानले उत्पादन गरेको बेसारलाई काटेर सुकाएका चाना खरिद गर्ने र सहकारी आफैले शुद्धतालाई ख्यामा राखेर पिसेर बजारमा ल्याएको छ । यसलाई पनि ब्रान्डिङ्ग गर्न बाँकी छ । त्यसतर्फ पनि हामीले योजना बनाइरहेका छौं । यी सबै काम गर्नका लागि अहिले व्यवस्थापन समिति सहित १५ जना कर्मचारीहरुले काम गरिरहेका छन् ।