ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

डढेलो नियन्त्रणमा ‘अर्घाखाँची मोडेल’

२५ फाल्गुन २०८१, आइतबार
२५ फाल्गुन २०८१, आइतबार

दक्षिणमा तराईसङ्ग जोडिएको भावर प्रदेशदेखि लिएर उच्च महाभारत लेकसम्म रहेको अर्घाखाँची जिल्लाको ७४ हजार ३० हेक्टर भूभाग वनले ढाकेको छ, जुन जिल्लाको कूल भूभागको ६२ प्रतिशत हो । उष्ण, उपोष्ण र शितोष्ण गरि तिन किसिमको वन पाईने यस जिल्लाको अधिकांश वन दक्षिणी चुरे क्षेत्रमा रहेको छ । शितागंगा नगरपालिकामा ४७५९४.४ हेक्टर, पाणिनी गाउँपालिकामा ८०३७.५ र भुमिकास्थान नगरपालिकामा ७००२.६२ हेक्टर वन रहेको छ । पछिल्ला केहि वर्षदेखि अर्घाखाँची जिल्ला नेपालमै धेरै डढेलो लाग्ने वन क्षेत्रको रूपमा रेकर्ड हुँदै आएको छ । दशक अघिसम्म तराइसङ्ग जोडिएको चुरे क्षेत्रमा मात्र डढेलो देखिने गरेकोमा अहिले जिल्लाको उच्च महाभारत क्षेत्रमा समेत डढेलो देखिन थालेको छ । डिभिजन वन कार्यालय अर्घाखाँचीका अनुसार विगत २४ वर्ष ( सन् २०००–२०२४ ) को अवधिमा यस जिल्लामा ३२९७ वटा डढेलोका घटना भएका थिए र यसमा यहाँको ७५४९०.३२ हेक्टर वन जलेको थियो । डढेलोले सबैभन्दा बढी क्षति शितगङ्गा नगरपालिकामा रहेको वनमा पुगेको छ । २४ वर्षमा डढेलोले यहाको ७२४५३ हेक्टर वनमा क्षति पु¥याएको देखिन्छ । यो वर्ष हिउदे वर्षा न्यून भएकोले गर्दा अर्घाखाँचीको चुरेमा मात्र नभई उचाईमा रहेका अन्य वनमा पनि डढेलोको असर धेरै हुने अनुमान गरिएको छ ।
नेपालमा धेरै ठाउँमा डढेलोले वन खाएर सक्ने बेलामा मात्र डढेलो रोकथाम सम्बन्धि कार्यक्रमहरू हुने गरेका छन् । आगो लागेपछि कुवा खन्ने तरखर गर्ने प्रवृतिले गर्दा डढेलो व्यवस्थापनको नाममा राज्यले ठुलो खर्च गर्दापनि वन जंगललाई खरानी हुनबाट जोगाउन नसकिएको तितो यथार्थ धेरैले देख्नु परेको छ । डढेलो नियन्त्रण गर्ने ठोस योजना नल्याएको भएर वन कार्यालयहरूप्रति गुनासो बढिरहेको अवस्थामा डिभिजन वन कार्यालय अर्घाखाँचीले डढेलो व्यवस्थापन तथा नियन्त्रण कार्ययोजना ल्याएर काम शुरु गरिसकेको छ । यस कार्ययोजनाले निम्न ५ वटा रणनीति निर्धारण गरेको छ ।
१. समन्वय
स्थानीय प्रशासन, सुरक्षा निकाय, स्थानीय तह तथा समुदायबीच समन्वय गर्ने,
२. चेतना
एफएम रेडियो, मोबाइल माइकिङ, स्कूल सचेतना तथा बस्तीमा गन्धर्व गायन मार्फत सचेतनामूलक कार्यक्रम
३. कानुनी सजाय
वन ऐन अनुसार डढेलो लगाउनेलाई दण्ड तथा जरिवाना,
४. प्रज्वलनशील पदार्थको व्यवस्थापन
बस्ती तथा शहर नजिकका वनक्षेत्रमा रहेको प्रज्वलनशिल पदार्थहरू आर्मी, प्रशासन तथा नेपाल प्रहरीको सहयोग र समन्वयमा हटाउन हप्ताब्यापी अभियानको घोषणा गर्ने, समुदाय तथा कर्मचारीहरूमार्फत अन्य क्षेत्रमा व्यवस्थापन कार्यहरू गरिने ।
५. रिपोर्टिङ तथा रेस्पोन्स
डढेलो लाग्ना साथ नियन्त्रणका लागि संयन्त्र खटाइने छ । बन डढेलोको रेकर्ड संकलन गरि जिल्लास्थित वन डढेलो फोकल पर्सन समक्ष पेश गरिने छ ।
उल्लेखित रणनीति अन्तर्गत रहेर डिभिजन वन कार्यालयले डढेलो लाग्न नदिनका लागि रोकथामका उपायहरू र डढेलो लागेमा क्षति कम गर्नका लागि नियन्त्रणका उपायहरूको कार्यसुची समेत तय गरिसकेको छ । रोकथाममा आपसी समन्वय अत्यावस्यक र प्रभावकारी हुने भएकोले स्थानीय सरकार, सुरक्षा निकाय, जिल्ला प्रशासन, स्थानीय नागरिक समुहहरूसंग वन कार्यालयले गर्मि शुरु नहुदै सम्बाद र सहकार्य शुरु गरिसकेको छ । जील्ला विपद व्यवस्थापन समितिका संयोजक रहेका प्रमुख जिल्ला अधिकारीले डढेलोलाई अन्य विपद सरह मानेर रोकथाम, नियन्त्रणमा जुट्न निर्देशन दिइसकेका छन् र डढेलो लगाउनेलाई पहिचान गरि कानूनी कारवाही गर्ने बताईसकेका छन् । डढेलो लगाउनेको पहिचान गर्न मद्दत गर्ने व्यक्ति वा समुहलाई प्रोत्साहन पुरस्कार दिने गरि डिवका अर्घाखाँचीले बजेटको व्यवस्था समेत गरेको छ । कार्यालयका यस्ता प्रयासहरूले जिल्लामा सामुदायिक वन समुहहरू, सुरक्षा निकायहरू, प्रशासन, स्थानीय सरकार र नागरिक समूहहरूलाई डढेलो नियन्त्रणमा खट्नुपर्छ भन्ने उत्प्रेरणा मिलेको छ ।

डिभिजन वन कार्यालय अर्घाखाँचीले वन डढेलो रोकथाम र व्यवस्थापन गर्नको लागि अघि सारेको कार्ययोजनाले सरोकारवालालाई बढी जिम्मेवार बनाउन खोजेको छ । वनसँग नजिक रहेका उपभोक्ता र वासिन्दाहरू, वातावरण संरक्षणका खटिएका अभियन्ताहरू, स्थानीय सरकार, संचार क्षेत्र, स्थानीय प्रशासन र सुरक्षा निकायसंग समन्वय गरेर मात्र वन डढेलोको दिगो व्यवस्थापन गर्न सकिन्छ भन्ने सन्देश अर्घाखाँचीले दिन चाहेको छ । अधिकांश डढेलोहरू मानवीय स्वार्थ र लापरवाहीले लाग्ने गरेका छन् । ग्लोबल फायर मनिटरिंग सेन्टरका अनुसार नेपालमा लाग्ने डढेलोेहरू ५८ प्रतिशत जानाजानी वा स्वार्थवश, २२ प्रतिशत लापरवाही र २० प्रतिशत दुर्घटना वा प्राकृतिक कारणले हुने गरेका छन् । नेपालमा वन प्रतिको सचेतनाको कमि र अज्ञानताको कारणले गर्दा डढेलो लाग्ने गरेको छ । वन्यजन्तुको शिकार गर्दा आगोको छेकवार लगाउने, दाउराको लागी आगो लगाएर रूख सुकाउने र वन फँडानीका प्रमाणहरू नष्ट गर्न डढेलो लगाएको पाईन्छ । यस्तो किसिमको डढेलो रोक्नको लागि डढेलो लगाउनेको पहिचान गरि कानूनी कारवाही गर्नुपर्छ । वन ऐन २०७६ को दफा ४९(घ)ले वनमा आगो लगाउने वा आगलागी हुने कुनै कार्य गर्नुलाई कसुर मानेर यस्तो कसुर गर्नेलाई दफा ५० को उपदफा ४ ले क्षति भएको बिगो असुल गरि ३ वर्ष सम्म कैद वा ६० हजार रुपियासम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरेको छ । वन कार्यालयहरूले यो व्यवस्थालाई कडाईका साथ पालना गराउने हो भने वनमा आगो लगाउनेहरू पक्कैपनि निरुत्साहित हुनेछन् ।

धेरै मानिसहरूलाई वन डढेलोको असरको बारेमा कम जानकारी छ । यस्ता मानिसले वन डढेलोलाई अवसरको रूपमा लिइरहेका हुन्छन् । डढेलो लागेको ठाउँमा नयाँ घाँस राम्ररी उम्रने र च्याउ तथा जडिबुटि उत्पादन राम्रो हुने विस्वासमा मानिसहरूले जानीजानी जंगलमा डढेलो लगाउने गर्दछन् । कतिपय मानिसहरूले खेतवारिका झारपात हटाऊन्, खरवारी सफा गर्न र वन अतिक्रमण गर्न लगाएको आगो अनियन्त्रित भएर ठुलो डढेलोको रूप लिने गरेको पाईन्छ । घुम्रपानकर्ताले चुरोट बिँडीको ठूटो ननिभाई खरवारी वा वनमा फाल्दा र वनभोज खाएको आगो ननिभाई छोड्दा त्यो आगो घाँस दाउरामा सल्किएर डढेलोको रूप लिने गरेको छ । डढेलो सम्बन्धि जनचेतना जगाउन सकेमा यस्ता गतिविधिमा कमि ल्याउन सकिन्छ । अर्घाखाँची डिवकाको कार्ययोजनाले जस्तै स्थानीय संचार माध्यमसंग प्रचार प्रसारमा समन्वय गर्ने, टोल विकास समिति, आमा समुह, स्थानीय क्लब, विद्यालयमा पुगेर डढेलो सम्बन्धि जनचेतनामुलक कार्यक्रम संचालन गर्न सकेमा डढेलो लाग्ने दर घटाउन त सकिने छ नै, डढेलो लागेमा समयमै त्यसलाई निभाउन, समयमै गाउँवस्तिमा क्षति हुनबाट जोगाउन र कसुरदारको पहिचान गरि सजाय दिन समेत सहयोग पुग्नेछ ।

अहिले नेपालका नगर र नगरोन्मुख वस्ती छेउछाउका जंगलहरू अघोषित डम्पिंग साइट बनिरहेका छन् । जंगलमा फ्याँकिएका फोहरमैलामा प्लास्टिकजन्य पदार्थहरू, कागज, कपडा जस्ता बस्तुहरू लगायत उच्च प्रज्वलनशील पदार्थहरू समेत हुन्छन् । यस्ता पदार्थहरूमा आगोको झिल्का पर्नासाथ बल्ने र स्वप्रज्वलित समेत हुन्छन् । जंगलमा जति बढी फोहरमैला फैलिएको हुन्छ त्यति नै डढेलो बढ्दै जान्छ र फोहरमैलामा सल्किएको आगो लामो समयसम्म ननिभ्ने भएकोले वन डढेलो दोहोरिने खतरा धेरै हुन्छ । नगर क्षेत्र, राजमार्ग क्षेत्र र वनमा बनाईएका पार्क/मनोरञ्जन स्थल नजिकका यस्ता वनमा यस्ता समस्याहरू धेरै देखिन्छन् । वनमा फ्याकिएका यस्ता प्रज्वलनशील वस्तुहरूलाई हटाउन नसके डढेलोको फैलावट कम गर्न सकिदैन । तराईका वनमा भन्दा कम प्रज्ज्वालान्शील वस्तुहरू पाईने अर्घाखाँचीले डढेलो नियन्त्रण गर्ने कार्ययोजनामा प्रज्वलनशील वस्तुको व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ । यो वास्तवमा महत्वपूर्ण तर जटिल काम हो । स्थानीय सरकार, सुरक्षा निकाय र समुदायको सहयोगमा अभियान चलाएर वन क्षेत्र सफईका कामहरू गर्न सकेमा वनमा फ्याँकिएका फोहरमैला हटाउन नसकिने भन्ने हुदैन । फोहर गर्नेले नै सफा गर्नुपर्छ भन्ने चेतना जगाउने र कानूनी कारवाही गरेर वनमा फोहर फाल्नेलाई जिम्मेवार गराउन सक्ने हो भने वनमा डढेलो फैलाउने प्रज्वलनशील पदार्थलाई पक्कैपनि कम गर्न सकिनेछ ।

वन डढेलो लाग्नु र धेरै क्षति हुनुमा सुचना र समन्वयको कमि हो । कुन क्षेत्रमा बढी जोखिम छ? तयारि के कस्तो छ? डढेलो नियन्त्रण गर्ने साधन श्रोत के कस्तो छ भन्ने कुराको जानकारी वन कार्यालय र सिडियोलाई हुनुपर्छ । डढेलो लागेमा कसलाई खबर गर्ने? डढेलो नियन्त्रणमा कसले समन्वय गर्ने भन्ने कुराको जानकारी नागरिक र सुरक्षा निकायलाई हुनुपर्छ । यसले डढेलो लागेमा छिटो नियन्त्रण गर्न र भौतिक सम्पत्ति र मानवीय क्षति कम गर्न मद्दत पुग्छ । सबै डिभिजन÷सबडिभिजन वन कार्यालयहरूले वन डढेलो सम्बन्धि सुचना प्राप्त गर्ने, समयमै समुदाय र माथिल्ला निकायहरूमा जानकारी दिने, समन्वयको लागि तत्परता देखाउने जस्ता काम भएमा डढेलो नियन्त्रण गर्न खोज्नेहरूलाई हौसला प्राप्त हुन्छ र डढेलो नियन्त्रण कार्य प्रभावकारी हुन्छ ।

नेपालमा हरेक वर्ष डढेलोमा परेर हजारौ हेक्टर जङ्गल स्वाहा भएपछि वन संरक्षण सम्बन्धि सरकारी र गैह्रसरकारी निकायहरू डढेलो नियन्त्रणका लागि सलबलाएको भेटिन्छ । जङ्गलमा आगो सल्किएपछि डढेलो रोकथामको लागि जनचेतनामुलक कार्यक्रमहरू गर्ने, गोष्ठि र प्रवचनहरू गर्ने, ¥याली निकाल्ने जस्ता कामहरू गरेको पाईन्छ । जंगल सल्किएपछि शुरु गरिने यस्ता कार्यक्रमहरू रकम सक्ने खेल बाहेक अरू केहि हुन सकेको छैन । अहिले अर्घाखाँची डिभिजन वन कार्यालयले डढेलोको मौसम शुरु हुनु अघि नै कार्यान्वयन गर्न सकिने योजना सहित डढेलो नियन्त्रण र व्यवस्थापनमा लागेको छ । यस्ता कामको सिको अन्य क्षेत्रमा समेत हुनुपर्छ । डढेलो वन कार्यालयको मात्र नभएर सम्पूर्ण मानव समुदायको साझा समस्या हो, त्यसैले यसको विरुद्धमा सबै मानिसहरू आपसमा सम्बाद, समन्वय र सहकारी गरेर अघि बढ्नुपर्छ. डढेलो नियन्त्रण सम्बन्धि नयाँ र परम्परागत अभ्यासहरूको प्रचारप्रसार गर्ने र त्यसलाई व्यवहारमा उतार्ने हो भने मात्र डढेलोको प्रवृति र क्षति कम गर्न सकिनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?