ट्रेंडिंग:

>> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने

यसकारण कर्णाली सरकारले ल्यायो ‘घर बिमा’ कार्यक्रम

१८ फाल्गुन २०८१, आइतबार
१८ फाल्गुन २०८१, आइतबार

सुर्खेत, १८ फागुन ।

कर्णाली सरकारले ‘घर विमा’ कार्यक्रम ल्याएको छ । विपद्बाट क्षति भएका घरहरुलाई राहत दिन सरकारले उक्त कार्यक्रम अघि सारेको हो । यसको लागि प्रदेश सरकारले कार्यविधि समेत ल्याएको छ । जसमा २० लाख रुपियाँसम्मको आवासीय घरको विमा गर्न यो कार्यक्रम लागु गरिएको छ । एक साताअघि बसेको मन्त्रीपरिषद्को बैठले ‘घर विमा’ सम्बन्धी कार्यविधि स्वीकृत गरेको छ ।

कर्णालीमा विपद्का घटनाहरु बढी घट्ने र यसबाट नागरिकहरु असुरक्षित हुने भएकाले यस कार्यक्रम अघि बढाएको कर्णाली सरकारका प्रवक्ता विनोदकुमार शाहले बताए । ‘विशेष गरी घरको सुरक्षालाई यसले हेर्दछ’, शाहले भने, ‘यस कार्यक्रमबाट विपद्बाट घरवारविहीन भएका घरको निर्माण गरिदिने हो ।’

कर्णाली प्रदेश विपद्को उच्च जोखिमयुक्त क्षेत्र भएकाले यस कार्यक्रम अगाडि बढाइएको शाहले बताए । वर्सेनि बाढी पहिरो तथा आगलागीमा परी हजारौ नागरिकहरु घरवारविही नभएको अवस्था छ । गएको वर्ष मात्र जाजरकोटको भुकम्पमा परी एक हजार बढी नागरिकहरु घरवारविहीन भएपछि पालमुनि बस्न बाध्य भएका छन् । पुनर्निर्माणको काममा ढिलाई हुँदा नागरिकले सास्ती भोग्न बाध्य छन् । प्रदेशको यही अवस्थालाई मध्यनजर गरी सरकारले ‘घर विमा’ कार्यविधि स्वीकृत गरेको हो । जसमा कर्णालीभित्र स्थायी बसोबास गर्ने नागरिकहरुको निजी आवासीय घरको प्राकृतिक विपद्बाट क्षति तथा नोक्सानीको आर्थिक सुरक्षाको प्रत्याभूति गर्ने उद्देश्यले कार्यक्रम ल्याइएको छ । कार्यविधिमा बिमा सम्बन्धी व्यवस्था गर्न नेपाल बीमा प्राधिकरणबाट जारी सम्पत्ति बीमा निर्देशन अनुसार हुने उल्लेख छ । स्थानीय तहले खटाएका प्राविधिक जनशक्तिबाट निजी आवासीय घरको मूल्यांकन गराई हुने गरी बीमाङ्क कायम गर्नुपर्ने उल्लेख छ । बीमायोग्य घरको वर्तमान मूल्य हुने गरी बिमाङ्क कायम गर्नुपर्ने उल्लेख छ । विमा गरिने घरको विवरण सम्बन्धित स्थानीय तहले प्रदेश सरकारले कार्यविधिमा बनाएको ढाँचा अनुसार सिफारिस गर्नुपर्नेछ । ‘स्थानीय तहमा पहिल्यै काम गरिरहेका बीमा कम्पनीबाहेक नयाँ छनोट भएका स्थानीय तहमा बीमा प्राधिकरणले तोकेका बीमा कम्पनीबाट बीमा गरिनेछ’, कार्यविधिमा भनिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार नौ प्रकारका विपद्बाट क्षतिग्रस्त घरहरु बीमामा समेटिने छन् ।

भूकम्प, आगलागी, बाढी तथा डुबान, जमिन धसिने वा भासिने, हावाहुरीका, असिनापानी र चट्यांङका कारण क्षतिग्रस्त घरहरुलाई बीमामा समेटिने कार्यविधिमा उल्लेख छ । त्यसैगरी हवाई दुर्घटना तथा अन्य प्राकृतिक विपद्का कारण क्षतिग्रस्त घर पनि बिमामा समेटिएका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?