© २०२३
सुर्खेत,१३ फागुन ।
कर्णालीमा ‘तरल नाइट्रोजन प्लान्ट’ निर्माणको काम सुरु गरिएको छ ।
पशुको नश्ल सुधार योजना अन्तर्गत प्रदेश सरकारले तरल नाइट्रोजन प्लान्ट निर्माणको काम सुरु गरेको हो । पशुपंक्षि विकास निर्देशनालय सुर्खेतको परिसरमा प्लान्ट स्थापनाका लागि भवन निर्माणको काम सुरु भएको छ ।
यसैबीच सोमवार कर्णाली सरकारका मुख्यमन्त्री यामलाल कँडेल र भुमी व्यवस्था तथा कृषि सहकारी मन्त्री विनोद कुमार शाहले उक्त भवनको शिलन्यास समेत गरेका छन् । पशु नश्ल सुधारमार्फत उत्पादन वृद्धि गर्न कृतिम गर्भाधान वृद्धि गर्नको लागि प्लान्टको स्थापनाको काम सुरुवात गरिएको हो ।
कर्णालीलाई दुधमा आत्मनिर्भर बनाउनको लागि प्लान्टको स्थापना गर्न लागिएको भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले जनाएको छ । यसका लागि प्रयाप्त बजेट समेत विनियोजन गरिएको मन्त्रालयले जनाएको छ । चालु आर्थिक वर्ष प्लान्ट स्थापनाको लागिचार करोड ८५ लाख बजेट विनियोजन गरिएको मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले जानकारी दिए । गएको वर्ष पनि सरकारले प्लान्ट निर्माणको लागि बजेट विनियोजन गरेको थियो । उनकाअनुसार गाई भैसीको नश्ल सुधारको साथै उच्च गुणस्तरका पाडा बाच्छा उत्पादन गर्ने उद्देश्यले प्लान्टको निर्माण गर्न सुरुवात गरिएको छ । नश्ल सुधारका लागि अहिले कर्णालीमा पशुको वीर्य बाहिरबाट ल्याउनुपर्ने अवस्था रहेको कठायतले जनाए । यसको लागि महँगो र लामो समय लाग्ने हुँदा समस्या हुने गरेको छ ।
चाहेको समयमै प्राप्त नहुने र झन्झटिलो भएका कारण सरकारले प्रदेशमै प्लान्ट निर्माणको कामअघि बढाएको हो । कर्णालीमा हालसम्म बाहिरबाटै वीर्य आपूर्ति गर्दै आइरहेको पशुपंक्षि विकास निर्देशनालय सुर्खेतले जनाएको छ । निर्देशनालयका निमित्त निर्देशक कृष्णप्रसाद पंगेनीले कृतिम गर्भाधान कार्यक्रमलाई सुद्धिढ बनाउन र दूध उत्पादनमा वृद्धि गर्नको लागि प्लान्टले निर्माणको कामले सहयोग पुग्ने जनाए ।
कर्णालीमा निर्माण गर्न लागिएको प्लान्टले बाहिरबाट ल्याइने उच्च जातका राँगा र साँढेको जमेको वीर्यलाई सुरक्षित राख्न र कृतिम गर्भाधान प्रक्रियामा प्रयोग गर्न सहयोग पुग्ने जनाईको छ । विशेषगरी दूध र मासु उत्पादनका लागि कृतिम गर्भाधानमार्फत नश्ल सुधार कार्यक्रम प्रभावकारी मानिएको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी